Nepal Tamu Student Kathmandu

Nepal Tamu Student Kathmandu Group of Tamu Students from Kathmandu, Nepal who are working on the growth of Tamu Students and Tamu Culture.

08/09/2026

राष्ट्रको काँचुली फेर्न आफ्नो अमूल्य प्राणको बलिदान दिनुहुने सम्पूर्ण जेन्जी शहीदहरूप्रति
सम्मान, सम्झना एवं हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ। 🕊️

यो बलिदान केवल भदौ २३ गतेको घटना मात्र होइन,
यो नेपालको इतिहासमा भावी नेपालको चित्रण गर्ने ऐतिहासिक नजिर र ऐना हो।

देश र जनताको उज्ज्वल भविष्यका लागि
उहाँहरूले गर्नुभएको त्याग, साहस र समर्पण
सधैँ नेपाली इतिहासमा अमर रहनेछ।

यस महान् समर्पणप्रति नेपाल र नेपाली सदैव ऋणी रहनेछन्।

🕯️ भावपूर्ण श्रद्धाञ्जली 🕯️

सम्पूर्ण जेन्जी शहीदहरूप्रति हार्दिक नमन।🌼
The Council House of Tamu Student Nepal

तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद (THCDGRP) र काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसन( KUSOED) विचको सहकार्यमा  श...
07/09/2026

तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद (THCDGRP) र काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसन( KUSOED) विचको सहकार्यमा शिक्षा शास्त्रमा उत्तर - स्नातक डिप्लोमा तहमा गुरुङ भाषा शिक्षण (PGDE-GLT) को निमित्त सरोकारवाला गुरुङ समुदाय सँगको परामर्श बैठक कार्यक्रमको झलकहरु । 🌼

आयोजक: भाषा शिक्षा शिक्षण विभाग
The Council House of Tamu Student Nepal

हार्दिक धन्यवाद 🌼              २०८३ साल भाद्र १० गते बिहान अकल्पनीय रुपमा तिब्बतबाट आएको अप्रत्याशित बाढिबाट प्रभावित भो...
04/09/2026

हार्दिक धन्यवाद 🌼
२०८३ साल भाद्र १० गते बिहान अकल्पनीय रुपमा तिब्बतबाट आएको अप्रत्याशित बाढिबाट प्रभावित भोटेकोशी र त्रिशूली नदि किनाराका बस्तीहरूमा बसोबास गर्दै आएका बाढिपिडित नागरिकहरुको निमित्त राहत संकलनको अभियानमा हातेमालो गर्दै स्थायि ठेगाना सुनवल ~८ निवासि समाजसेवी श्रि पार्वति तमुस्यो ज्युले सहयोग स्वरुप रु १५०० (अक्षरुपि पन्ध्र सय रुपैयाँ ) प्रदान गर्नुभएकोमा यहाँको सहयोगी मनप्रती नमन गर्दै हाम्रो नेपाल तमु (गुरुङ )विधार्थि काठमाडौं जिल्ला कार्यसमितिको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौंThe Council House of Tamu Student Nepal

The Council House of Tamu Student Nepal
26/08/2026

The Council House of Tamu Student Nepal

प्रेस बिज्ञप्ति

समग्र तमु समुदायको निमित्त महत्त्वपूर्ण योगदान पुर्याउनुभएको एक ईतिहास साथै अमुल्य रत्नको प्रतिक ।🌼 तत्कालीन गुरुङ राष्ट...
17/08/2026

समग्र तमु समुदायको निमित्त महत्त्वपूर्ण योगदान पुर्याउनुभएको एक ईतिहास साथै अमुल्य रत्नको प्रतिक ।🌼
तत्कालीन गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष स्वा. प्रा. सन्त बहादुर गुरुङको १७औं स्मृति सभाको केही मिठाे 🥰 क्षणहरू

जिल्ला कार्यसमिति काठमाडौं
नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं
Nepal Tamu Student Kathmandu The Council House of Tamu Student Nepalal

📣 सूचना! सूचना! सूचना! -  नवनिर्वाचित कार्यसमितिको प्रमाण-पत्र वितरण तथा अभिमुखीकरण कार्यक्रमहाम्रो संस्था नेपाल तमू(गुर...
15/08/2026

📣 सूचना! सूचना! सूचना! - नवनिर्वाचित कार्यसमितिको प्रमाण-पत्र वितरण तथा अभिमुखीकरण कार्यक्रम

हाम्रो संस्था नेपाल तमू(गुरुङ) विद्यार्थी छोंज धीं जिल्ला कार्यसमिति काठमाडौंको ७औं जिल्ला अधिवेशन बाट नवनिर्वाचित कार्यसमितिको प्रमाण-पत्र वितरण तथा अभिमुखीकरण कार्यक्रम यही मिति २०८३ भदौ १ गते, सोमबार को दिन हुन गई रहेको जानकारी दिन चाहन्छु।

साथै सम्पूर्ण सदस्यहरुलाई अनिवार्य रूपमा उपस्थित भई यस कार्यक्रमलाई सफल पार्न सहयोगको लागि अनुरोध गर्दछु।

मिति: २०८३ भदौ १ गते (सोमबार)
समय: बेलुका ४ बजे देखि
स्थान: नेपाल तमू(गुरुङ) विद्यार्थी छोंज धीं केन्द्रीय कार्यालय

जिल्ला कार्यसमिति काठमाडौँ
नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं
The Council House of Tamu Student Nepal

📣 ३२औँ विश्व आदिवासी दिवसको अवसरमा "खुल्ला मञ्च काठमाडौं" मा आयोजित कार्यक्रममा जिल्ला कार्यसमिति काठमाडौंको स्वयंसेवकको...
09/08/2026

📣 ३२औँ विश्व आदिवासी दिवसको अवसरमा "खुल्ला मञ्च काठमाडौं" मा आयोजित कार्यक्रममा जिल्ला कार्यसमिति काठमाडौंको स्वयंसेवकको भूमिका लगायत कार्यक्रमको मिठाे 🥰 क्षणहरू 🤟🎉

आदिवासीहरूको पहिचान, भाषा, संस्कृति र अधिकारको संरक्षण गर्दै समतामूलक र न्यायपूर्ण समाज निर्माणमा सबै एकजुट बनौ।

३२औँ विश्व आदिवासी दिवसको सवैमा हार्दिक शुभकामना। 😍🙏🏻

"Honouring Indigenous Midwives: Safeguarding Life and Well-being"

"प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता !"

हाम्रो पहिचान, भाषा, संस्कृति र अधिकारको रक्षा गर्दै ‘समावेशी, सम्मान र न्यायपूर्ण समाज निर्माणका लागि हामी सबै एकजुट भई अघि बढौं ।

जिल्ला कार्यसमिति काठमाडौं
नेपाल तमू (गुरुङ) विद्यार्थी छोँज धीं
The Council House of Tamu Student Nepal

मिति २०८३ श्रावण २२ (७ अगष्ट,२०२६) गते शुक्रबारको दिन ३२औं विश्व आदिवासी दिवसको उपलक्ष्यमा हाम्रो मातृ संस्था तमु हयुल छ...
07/08/2026

मिति २०८३ श्रावण २२ (७ अगष्ट,२०२६) गते शुक्रबारको दिन ३२औं विश्व आदिवासी दिवसको उपलक्ष्यमा हाम्रो मातृ संस्था तमु हयुल छोँज धिँ गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय कार्यसमितिद्वारा आयोजित "आदिवासी जनजाति थातथलोको मौलिक नाम पुर्नस्थापनामा जातिय संस्थाको भूमिका" बिषयक एक दिने अन्तरक्रिया सहित शुभकामना आदान प्रदान कार्यक्रमको केही झलकहरु🌼

जिल्ला कार्यसमिति काठमाडौं
नेपाल तमू(गुरुङ) विद्यार्थी छोंज धीं
The Council House of Tamu Student Nepal

24/12/2025

शुभकामना सुनिता गुरूङ

Address

Mitranagar Buspark, Gangabu Kathmandu
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Tamu Student Kathmandu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share