01/08/2026
भावपूर्ण श्रद्धान्जली 💐🕯️
पाकिस्तानको ब्रोड पिक (Broad Peak) हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी आफ्नो ज्यान गुमाउनुभएका साहसी नेपाली पर्वतारोहीहरूप्रति Youth For Good - Nepal परिवार गहिरो दुख व्यक्त गर्दछ।
आफ्नो साहस, अदम्य हिम्मत र समर्पणले नेपालको नाम विश्वभर उच्च राख्ने ती वीर पर्वतारोहीहरूको असामयिक र अपूरणीय क्षतिले सिङ्गो देश र विश्व पर्वतारोहण क्षेत्रलाई नै स्तब्ध बनाएको छ। देशको शान र साहसका प्रतीक उहाँहरूप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै मृत आत्माको चिर शान्तिको कामना गर्दछौँ।
साथै, यस कठिन घडीमा शोकसन्तप्त परिवारजन, आफन्त र सम्पूर्ण देशवासीप्रति Youth For Good - Nepal हार्दिक समवेदना प्रकट गर्दछ।
साहसका प्रतीक, देशका वीर पर्वतारोहीहरूमा हार्दिक नमन! 🙏✨