Youth Association Of Nepal - YAN

Youth Association Of Nepal - YAN Youth Organization
“we raise our voice not so that we can shout, but so that those without a voice can be heard.”

युथ एसोसिएसन अफ नेपालको आजको केही विषेश निर्णयहरु!
19/04/2026

युथ एसोसिएसन अफ नेपालको आजको केही विषेश निर्णयहरु!

Madheshvani❣️🙏
18/04/2026

Madheshvani❣️🙏

काठमाडौं । नेपाल सरकारले हाल लागू गरेको रु. १०० भन्दा बढी मूल्यका सामान भारतबाट ल्याउँदा भन्सार अनिवार्य गर्ने व.....

 #प्रेस_विज्ञप्ति- नीति बनाउँदा काठमाडौंको दृष्टिकोण मात्र होइन, मधेसको यथार्थ पनि गहिराइमा बुझ्नुपर्छ भन्ने हाम्रो स्पष...
17/04/2026

#प्रेस_विज्ञप्ति

- नीति बनाउँदा काठमाडौंको दृष्टिकोण मात्र होइन, मधेसको यथार्थ पनि गहिराइमा बुझ्नुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ।

- राज्यले विकल्प नदिई केवल करको भार थप्नु कुनै पनि हालतमा न्याय संगत मान्न सकिँदैन।

- जनताको जीवन सहज बनाउने नीति नै असल राज्य नीति हो भन्ने कुरा पनि हामी स्पष्ट पार्न चाहन्छौँ।

जुड शीतल पर्वको पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना!जुड शीतल मधेशको मौलिक संस्कृति, परम्परा र पहिचानसँग गहिरो रूपमा ...
15/04/2026

जुड शीतल पर्वको पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना!

जुड शीतल मधेशको मौलिक संस्कृति, परम्परा र पहिचानसँग गहिरो रूपमा जोडिएको एक महत्वपूर्ण पर्व हो। यस पर्वले गर्मी मौसमको सुरुवातसँगै शीतलता, संयमता र सहिष्णुताको सन्देश बोकेको छ। परम्परा अनुसार ज्येष्ठ व्यक्तिबाट टाउकोमा चिसो पानी हालेर आशीर्वाद लिने चलनले परिवार भित्रको माया र सम्मानलाई अझ मजबुत बनाउँछ।

यस दिन रुखबिरुवामा पानी हाल्ने तथा प्रकृतिलाई सम्मान गर्ने परम्पराले हामीलाई वातावरण संरक्षण र प्रकृतिसँग सन्तुलित जीवनयापनको शिक्षा दिन्छ। आजको आधुनिक समाजमा यी मूल्यहरू अझ बढी सान्दर्भिक र आवश्यक देखिन्छन्।

युथ एसोसिएसन अफ नेपाल - यान सधैं हाम्रो मौलिक संस्कृति, भाषा, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा प्रतिबद्ध रहँदै आएको छ। यस्तो पर्वहरूले हाम्रो समाजमा आपसी एकता, सद्भाव र भाइचाराको भावना अझ प्रगाढ बनाउने विश्वास लिएकाछौँ।

यस पावन अवसरमा सम्पूर्ण देशवासीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक कामना व्यक्त गर्दछौँ।

युथ एसोसिएसन अफ नेपाल - यान

नव वर्ष २०८३ को पावन अवसरमा सम्पूर्ण देशवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार...
14/04/2026

नव वर्ष २०८३ को पावन अवसरमा सम्पूर्ण देशवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। यो नयाँ वर्षले हामी सबैमा नयाँ ऊर्जा, आशा र सकारात्मक सोचको संचार गरोस् भन्ने कामना गर्दछु।

देश विकास, युवा सशक्तीकरण र समाज परिवर्तनका लागि हामी सबै एकजुट भएर अघि बढ्न सकौं। नयाँ वर्षले सबैको जीवनमा खुशी, सफलता र उज्यालो भविष्य ल्याओस्।

नयाँ वर्ष २०८३ को पुनः हार्दिक मंगलमय शुभकामना!

युथ एसोसिएसन अफ नेपाल - यान

युथ एसोसिएसन अफ नेपाल - यानको केन्द्रीय अध्यक्ष राहुलाराज यादव ज्युलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ!...
24/02/2026

युथ एसोसिएसन अफ नेपाल - यानको केन्द्रीय अध्यक्ष राहुलाराज यादव ज्युलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ!🎂🎊
Rahulraaz Yadav

युथ एसोसिएसन अफ नेपाल - यानको केन्द्रीय उपाध्यक्ष मनिषा साह ज्युलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ!🎂🎂❣...
22/02/2026

युथ एसोसिएसन अफ नेपाल - यानको केन्द्रीय उपाध्यक्ष मनिषा साह ज्युलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ!🎂🎂❣️❣️

युथ एसोसिएसन अफ नेपाल - यानको केन्द्रीय सदस्य सुजित यादव ज्युलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ!🎂🎂❣️❣️
05/02/2026

युथ एसोसिएसन अफ नेपाल - यानको केन्द्रीय सदस्य सुजित यादव ज्युलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ!🎂🎂❣️❣️

वलिदानी दिवस
20/01/2026

वलिदानी दिवस

न्यूज ब्यूरो, जनकपुरधाम ।  प्रथम मधेश आन्दोलनको १९ वर्ष पूरा भएको छ। ५ माघ २०६३ मा मधेश आन्दोलनको क्रममा...

✊✊✊
20/01/2026

✊✊✊

प्रथम मधेश आन्दोलनको आज १९ वर्ष पूरा भएको छ। आजकै दिन ५ माघ २०६३ मा मधेश आन्दोलनको क्रममा सिराहाको लहानमा रमेश महतो शहीद...
19/01/2026

प्रथम मधेश आन्दोलनको आज १९ वर्ष पूरा भएको छ। आजकै दिन ५ माघ २०६३ मा मधेश आन्दोलनको क्रममा सिराहाको लहानमा रमेश महतो शहीद भएका थिए।

प्रथम बलिदानीको सम्झनामा युथ एसोसिएसन अफ नेपाल माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउँदै आएको छ ।

२०६२/०६३ सालको जनआन्दोलनको सफलता पछि माघ १ गते जारी गरिएको अन्तरिम संविधानमा संघीयता र समावेशिता समावेश नगरेको जनाउँदै तत्कालीन मधेशी जनअधिकार फोरमको नेतृत्वमा आन्दोलन गरिएको थियो।

माघ २ गते सुरु भएको आन्दोलनका क्रममा माघ ५ गते सिरहाको लहान स्थित लिटिल स्टार बोर्डिङ स्कुलमा अध्यनरत सिरहा मझौराका विद्यार्थी रमेशको ज्यान गएको थियो। त्यसपछि मधेशभर आन्दोलन चर्किएको थियो।

सोही दिनलाई सम्झिदै यानले यस वर्ष पनि सहिदहरुको सम्झनामा काठमाडौंको माइतीघरमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेका छन।

यान केन्द्रिय सदस्य राहुल मण्डलको नेतृत्वमा भएको कार्यक्रममा यान कार्यवाहक अध्यक्ष मनिषा साह, राजनीतिक विश्लेक राकेश मिश्र, टिएमएनसी संयोजक सि.एन थारु, राष्ट्र मुक्ती क्रान्ति पार्टीका महासचिव अनिल महासेठ, जसपा नेपालका युवा नेता जयनरायण यादव, मधेस लाइब्रेरीका संरक्षक आभाष गुरु, नेपाल ल क्याम्पस स्ववियु उपसभापति बिकास यादव लगायत पचासौं युवाहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न वक्ताले आ-आफ्नो मन्तव्य राखेका थिए। कार्यक्रम संचालन सुजित पंडित र कार्यक्रम समापन यान केन्द्रीय उपाध्यक्ष गौतम शर्माले गरेका थिए।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Youth Association Of Nepal - YAN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Youth Association Of Nepal - YAN:

Share