23/04/2026
विपद् जोखिम वित्तीयकरण (Disaster Risk Financing)/ विपद् जोखिम बीमा (Disaster Risk Insurance) तथा स्रोत साझेदारी सम्बन्धी १.५ दिने कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ । कर्णाली, लुम्बिनी, सुदूरपश्चिम र बागमती प्रदेशका प्रदेश, नेपाल बीमा प्राधिकरण तथा ६ वटा स्थानीय तहका प्रतिनिधि, प्राविधिक विज्ञ र सरोकारवालाहरूको सक्रिय सहभागितामा कार्यक्रम सम्पन्न भयो ।
नेपालमा बहुप्रकोपजन्य विपद्का घटनाहरू बढ्दो क्रममा रहेको सन्दर्भमा, आर्थिक सुरक्षा संयन्त्र र समन्वयात्मक कार्यप्रणालीको आवश्यकता अझ स्पष्ट बन्दै गएको छ । कार्यशालाले:
- विपद् बीमा सम्बन्धी नीति, अभ्यास र सिकाइहरू आदानप्रदान गर्ने ।
- सम्बिन्धत निकाय तथा सरोकारवालाहरूको बुझाइ साझा गर्ने ।
- स्थानीय योजना तथा बजेट प्रक्रियामा समावेशीकरणलाई प्रोत्साहन गर्ने ।
- अन्तर प्रदेश सिकाइ र सहकार्य प्रवर्द्धन गर्ने ।
- आकस्मिक अवस्थामा छिटो र प्रभावकारी स्रोत परिचालनका लागि पूर्व सहमति विकास गर्ने ।
सहभागीहरूले विपद् बीमालाई प्रवर्द्धन गर्न सम्बिन्धत निकाय तथा सरोकारवालाहरूको थप क्षमता अभिवृद्धि गर्ने, साथै स्रोत साझेदारीको अभ्यासले दोहोरोपन घटाउने, समन्वय बढाउने र प्रभावकारी विपद् व्यवस्थापन प्रणाली निर्माणमा टेवा पुर्याउने कुरामा जोड दिएका छन् ।
EU Civil Protection & Humanitarian Aid/ युरोपियन युनियनको आर्थिक सहयोगमा सञ्चालित प्रतिबद्ध परियोजना अन्तर्गत आयोजना गरिएको यो पहलले समुदाय र सरकार दुवैको क्षमता अभिवृद्धि गर्दै, विपद्को समयमा छिटो, समावेशी र प्रभावकारी प्रतिकार्य सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।
European Union in Nepal, Community Self Reliance Centre (CSRC), Save the Children in Nepal, Scott Wilson Nepal, Nepal Insurance Authority, Karnali Province Office, National Disaster Risk Reduction & Management Authority, थलारा गाउँपालिका, केदारस्यूँ गाउँपालिका देउरा बझाङ, माण्डवी गाउँपालिका जस्पुर प्यूठान, सरुमारानी गाउँपालिका ,प्यूठान, नलगाड नगरपालिका, जाजरकाेट, बरेकोट गाउँपालिका Barekot Rural Municipality, नेपालगंज उपमहानगरपालिका, बाँके - Nepalgunj SubMetropolitan City Office, आन्तरिक मामिलातथा कानून मन्त्रालय, Nepal Red Cross Society