Nepal Yadav Community - नेपाल यादव समाज

Nepal Yadav Community - नेपाल यादव समाज Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Yadav Community - नेपाल यादव समाज, Community Organization, Kathmandu l, Kathmandu.

खुखुरी के धार - "यादव सरकार" 🔥सञ्जीव यादव, ओम प्रकाश यादव, वीरेन्द्र यादव, विजय यादव, जटाशंकर यादव, मनोज यादव जस्ता वीर ...
26/10/2025

खुखुरी के धार - "यादव सरकार" 🔥
सञ्जीव यादव, ओम प्रकाश यादव, वीरेन्द्र यादव, विजय यादव, जटाशंकर यादव, मनोज यादव जस्ता वीर युवाहरुले देखाइरहेका साहस र एकताको उदाहरण! यादव समाजको गौरव! ❤️🔥

डा. महेश यादव KUSMS विद्यार्थी कल्याण परिषद्का अध्यक्ष निर्वाचित धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय चिकित्सा विज्ञान अध...
23/10/2025

डा. महेश यादव KUSMS विद्यार्थी कल्याण परिषद्का अध्यक्ष निर्वाचित

धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय चिकित्सा विज्ञान अध्ययन संस्थान (KUSMS) मा सम्पन्न विद्यार्थी कल्याण परिषद् (Student Welfare Council) को हालैको निर्वाचनमा डा. महेश यादव अध्यक्ष पदमा निर्वाचित भएका छन्।

सिरहा नगरपालिका–१८ लक्ष्मिनियाका स्थायी बासिन्दा डा. यादवले शैक्षिक, सामाजिक, स्वास्थ्य, खेलकुद, सांस्कृतिक र वातावरणीय क्षेत्रमा सन्तुलित विकासका कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।

उनको नेतृत्वमा “Clean KUSMS, Green KUSMS” अभियानदेखि लिएर निःशुल्क स्वास्थ्य शिविर, मानसिक स्वास्थ्य सचेतना, खेलकुद प्रतियोगिता र सांस्कृतिक कार्यक्रमसम्मका विविध योजनाहरू अघि बढाइनेछन्।

डा. यादवले भने
“विद्यार्थी हितका प्रत्येक कदममा पारदर्शिता, सहभागिता र सहकार्यको भावना राख्दै अघि बढ्नेछौं। KUSMS लाई शैक्षिक उत्कृष्टता र मानवीय संवेदनशीलताको आदर्श बनाउने हाम्रो प्रतिबद्धता हो।”

उनीहरूको नेतृत्वमा KUSMS विद्यार्थी कल्याण परिषद्ले विद्यार्थी जीवनमा नयाँ ऊर्जा र सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

01/10/2025

Yadav Sarkar ❤️

विभिन्न जातजाति र तिनीहरूको कोड। यादवको कोड ९ रहेको छ!
23/09/2025

विभिन्न जातजाति र तिनीहरूको कोड। यादवको कोड ९ रहेको छ!

A Huge congratulations to Nikita Yadav from Shanker Dev Campus for being TU Topper scoring 3.96 GPA in BBA-F 3rd semeste...
22/09/2025

A Huge congratulations to Nikita Yadav from Shanker Dev Campus for being TU Topper scoring 3.96 GPA in BBA-F 3rd semester Result . ❤️
Best wishes for your future endeavors.

22/09/2025

भ्रष्टाचार न हटे सम्म देश बन्दैन । संघीयता संग कुनै सम्झौता हुदैन ।

- डा.शरद सिंह यादव

सजाइँदै दशैंका लागि जनकपुरधामस्थित राजदेवी मन्दिरको गेटतस्बिर: अमरेन्द्रकुमार यादव
22/09/2025

सजाइँदै दशैंका लागि जनकपुरधामस्थित राजदेवी मन्दिरको गेट
तस्बिर: अमरेन्द्रकुमार यादव

जिल्ला प्रहरी कार्यालय धनुषाद्वारा महिनाको उत्कृष्ट प्रहरी घोषणा हुनु भएका इन्स्पेक्टर जटाशंकर यादवज्यूलाई हार्दिक बधाई ...
22/09/2025

जिल्ला प्रहरी कार्यालय धनुषाद्वारा महिनाको उत्कृष्ट प्रहरी घोषणा हुनु भएका इन्स्पेक्टर जटाशंकर यादवज्यूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।

धनुषा, ढल्केवरमा कार्यरत रहँदा उहाँले अपराध नियन्त्रण, Gen Z आन्दोलनका बेला कार्यालय सुरक्षित राख्ने कार्यदेखि लिएर भागेका ५ कैदीलाई पक्राउ गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।

नेपाल प्रहरीमा आफ्नो कर्तव्य, इमानदारी र साहसिकताद्वारा उदाहरण प्रस्तुत गर्नुभएका जटाशंकर यादवज्यूलाई सलाम छ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (NAST) मा प्रशासकीय अधिकृत पदमा सिफारिस हुन सफल सिरहा लहान निवासी श्रीमती र...
22/09/2025

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (NAST) मा प्रशासकीय अधिकृत पदमा सिफारिस हुन सफल सिरहा लहान निवासी श्रीमती रेनु यादवलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।

22/09/2025

हालै जनमत पार्टी त्याग गरेपछि डा. सरद सिंह यादवज्यूले भन्नुभयो अबको नेतृत्व युवाहरूको हुनुपर्छ, हामी युवा पुस्ताको पछाडि बसेर सहयोग गर्न तयार छौं।

उहाँको विचारले स्पष्ट देखाउँछ, पार्टी भन्दा माथि उठेर पनि उहाँको ध्यान नयाँ पुस्ताको भविष्य र नेतृत्वमा नै केन्द्रित छ।

अष्ट्रेलियाको राजदूतमा नियुक्त चित्रलेखा यादव आज त्यसतर्फ प्रस्थान गरेकी छिन् ।फोटो : दिलिप सिंहको वालवाट ।
16/01/2025

अष्ट्रेलियाको राजदूतमा नियुक्त चित्रलेखा यादव आज त्यसतर्फ प्रस्थान गरेकी छिन् ।
फोटो : दिलिप सिंहको वालवाट ।

Address

Kathmandu L
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Yadav Community - नेपाल यादव समाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share