SEJON - Society of Economic Journalists- Nepal

SEJON - Society of Economic Journalists- Nepal SEJON is the umbrella organization of professional economic and business journalists in Nepal having about 300 members.

Established in 1998, SEJON is one of the most influential journalist association in the country.

नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले आइतबार आयोजना गरेको आगामी आर्थिक बर्ष २०८२/८३ को मौद्रिक नीति सम्बन्धि छलफल कार्यक्रमम...
06/07/2025

नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले आइतबार आयोजना गरेको आगामी आर्थिक बर्ष २०८२/८३ को मौद्रिक नीति सम्बन्धि छलफल कार्यक्रममा नेपाल रास्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलसहित सहभागीहरु । कार्यक्रममा वित्तीय स्थायित्वका लागि खराब कर्जाको व्यवस्थापन विषयक छलफल सत्र पनि आयोजना गरिएको थियो ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २०८२ असार १७ गते बसेको कार्यसमिति बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी आ...
01/07/2025

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २०८२ असार १७ गते बसेको कार्यसमिति बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक विकास कार्यक्रमको बजेट उपशीर्षक नम्बर २१ मा सेजनलाई विनियोजन गरेको १ करोड रुपैयाँ सञ्चालन अनुदान अस्वीकार गर्ने निर्णय गरेको छ ।

नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले २०८२ जेठ ११ र जेठ १३ गते आयोजना गरेको 'बजेट तथा कर रिपोर्टिङ' सम्बन्धी नलेज सिरिज कार्...
28/05/2025

नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले २०८२ जेठ ११ र जेठ १३ गते आयोजना गरेको 'बजेट तथा कर रिपोर्टिङ' सम्बन्धी नलेज सिरिज कार्यक्रममा सहभागी आर्थिक पत्रकारहरु ।

नेपाल आर्थिक पत्रकार समाज(सेजन) र नेपाल चार्टर्ड एकाउन्टेट्स संस्था (आइक्यान)सङ्गको सहकार्यमा २०८२ वैशाख ३० गते राजधानीम...
13/05/2025

नेपाल आर्थिक पत्रकार समाज(सेजन) र नेपाल चार्टर्ड एकाउन्टेट्स संस्था (आइक्यान)सङ्गको सहकार्यमा २०८२ वैशाख ३० गते राजधानीमा आयोजित लेखामान र लेखापरीक्षण सम्बन्धी तालिम कार्यक्रममा सहभागी सेजन आबद्ध आर्थिक पत्रकारहरु ।

नेपाल आर्थिक पत्रकार समाज(सेजन) ले २०८२ वैशाख २७ गते शनिबार आयोजना गरेको 'विनियोजन कुशलता र वास्तविक बजेट' विषयक पूर्व ब...
10/05/2025

नेपाल आर्थिक पत्रकार समाज(सेजन) ले २०८२ वैशाख २७ गते शनिबार आयोजना गरेको 'विनियोजन कुशलता र वास्तविक बजेट' विषयक पूर्व बजेट छलफल कार्यक्रममा उपस्थित माननीय उपप्रधान एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलसहित अतिथिज्यूहरु ।

24/04/2025

।। हार्दिक श्रद्धाञ्जली ।।

नेपाल आर्थिक पत्रकार समाज(सेजन)का सदस्य तेजराज भट्टको पूजनीय पिता तिलाराम भट्टको २०८२ वैशाख १० गते ८५ वर्षको उमेरमा भएको निधनबाट हामी मर्माहत छौं । दिवङ्गत आत्माको चीर शान्तिको कामनासहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना ।
सुजन ओली
अध्यक्ष तथा
समस्त नेपाल आर्थिक पत्रकार समाज(सेजन)

नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले २०८१ वैशाख ८ गतेदेखि बुटवलमा आयोजना गरेको सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धि तालिम का...
21/04/2025

नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले २०८१ वैशाख ८ गतेदेखि बुटवलमा आयोजना गरेको सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धि तालिम कार्यक्रमको पहिलो दिनमा सहभागी प्रदेश र स्थानीय तहका पत्रकारज्यूहरु । कार्यक्रममा सहभागीहरुले सार्वजनिक वित्त व्यवस्थापनको अवधारणा, बजेट निर्माण चक्रमध्येको रिपोर्टिङ, अडिटिङ र मुल्यांकनबारे जानकारी हासिल गर्नुभयो ।

नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले २०८१ चैत २३ गतेदेखि धनुषामा आयोजना गरेको सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धि तालिम कार...
06/04/2025

नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले २०८१ चैत २३ गतेदेखि धनुषामा आयोजना गरेको सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धि तालिम कार्यक्रमको पहिलो दिनमा सहभागी सङ्घ, प्रदेश र स्थानीय तहका पत्रकारज्यूहरु । कार्यक्रममा सहभागीहरुले सार्वजनिक वित्त व्यवस्थापनको अवधारणा, बजेट निर्माण चक्रमध्येको रिपोर्टिङ, अडिटिङ र मुल्यांकनबारे जानकारी हासिल गर्नुभएको थियो

नेपाल आर्थिक पत्रकार समाज(सेजन) र नेपाल पर्यटन बोर्डको सहकार्यमा शुक्रबार राजधानीमा आयोजित Changing Trends: Rethinking N...
28/02/2025

नेपाल आर्थिक पत्रकार समाज(सेजन) र नेपाल पर्यटन बोर्डको सहकार्यमा शुक्रबार राजधानीमा आयोजित Changing Trends: Rethinking Nepal's Tourism विषयक कार्यक्रममा सहभागी पर्यटन क्षेत्रका प्रतिनिधिज्यूहरु।
कार्यक्रममा हङ्कङ पोलिटेक्निकल विश्वविद्यालयका स्कुल अफ टुरिजम एन्ड होटल म्यानेजमेन्टका डिन प्राध्यापक के चोन Keynote Speaker का रुपमा हुनुहुन्थ्यो । आफ्नो प्रस्तुतीका क्रममा उहाँले पर्यटन क्षेत्र नविनतम प्रविधिसङ्ग अभ्यस्त हुनुपर्ने र नवप्रवर्तनमा निरन्तर लाग्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा सहभागी सबैलाई सेजन हार्दिक धन्यवाद व्यक्त गर्दछ ।

19/02/2025

हार्दिक श्रद्धाञ्जली ।।

नेपाल आर्थिक पत्रकार समाज(सेजन)का सदस्य हदिस खुदारको ममतामयी माता सोमनी खातुनको २०८१ फागुन ६ गते ७४ वर्षको उमेरमा भएको निधनबाट हामी मर्माहत छौं । दिवङ्गत आत्माको चीर शान्तिको कामनासहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना ।

सुजन ओली
अध्यक्ष तथा
समस्त नेपाल आर्थिक पत्रकार समाज(सेजन)

Address

Anamnagar
Kathmandu

Alerts

Be the first to know and let us send you an email when SEJON - Society of Economic Journalists- Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share