Association of Nabil Bank Staff -ANBS

Association of Nabil Bank Staff -ANBS ANBS is a trade union of Nabil Bank ltd, which was registered at the Labour Office on Dec 6th, 1994.

सप्तरी जिल्लामा ज्योति विकास बैंकका कर्मचारीमाथि निष्क्रिय कर्जा संकलनका क्रममा ज्यान मार्ने नियतसहित गरिएको निर्घात कुट...
15/12/2025

सप्तरी जिल्लामा ज्योति विकास बैंकका कर्मचारीमाथि निष्क्रिय कर्जा संकलनका क्रममा ज्यान मार्ने नियतसहित गरिएको निर्घात कुटपिट तथा कालो मोसो दल्ने बर्बर र अमानवीय घटनाको हामी घोर भर्त्सना गर्दछौं।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि बारम्बार भइरहने यस्ता घटनाप्रति नियामक निकायको मौनता, बैंक व्यवस्थापनको गैरजिम्मेवारी, प्रहरी प्रशासनको निष्क्रियता तथा कर्जा नतिर्ने असफलतालाई राजनीतिकरण गर्दै अपराधीलाई संरक्षण गर्ने सरकारी नीति पूर्णतः अस्वीकार्य छ।

कानून हातमा लिने अपराधीहरूलाई तुरुन्त पहिचान गरी कडा कानुनी कारबाहीका साथ राज्यले बैंक कर्मचारीको ज्यान, मर्यादा तथा पेशागत सुरक्षाको पूर्ण प्रत्याभूति तत्काल सुनिश्चित गर्न हामी अपिल गर्दछौं तथा पीडित कर्मचारीलाई न्यायको माग गर्दै, बैंक तथा वित्तीय क्षेत्रका सम्पूर्ण कर्मचारीमाथि हुने हिंसाविरुद्ध एकजुट भई सशक्त रूपमा आवाज उठाउन हामी आह्वान गर्दछौं।




09/09/2025

नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थामा क्रियाशील ट्रेड यूनियनहरूको संयुक्त वक्तव्य


हिजो मिति २०८२ भाद्र २३ गते GEN-Z पुस्ता का साथीहरुले आह्वान गरेकोशान्ति पुर्ण प्रदर्शनमा भएको सरकारको चरम दमन प्रती हामी बैक तथा बित्तीयसंस्थामा कृयाशिल युनियनहरु गम्भीर खेद प्रकट गर्दछौ ।

राष्ट्र निर्माणका लक्ष्यका साथ शान्ति पुर्ण प्रर्दशन मा भएको दमनको सिकार भईसहादत प्राप्त गर्नेमहान GEN-Z पुस्ताका योध्दाहरु प्रति भावपुर्ण श्रध्दाञ्जलिप्रकट गर्दै देशका युवामाथि भइरहेको निरन्तर दमन, गोलीप्रयोग र हत्या जस्ताक्रूर तथा अमानवीय कार्यप्रति हामी घोर आपत्ति प्रकट गर्दछौं। निहत्था युवा, विद्यार्थी र नागरिकमाथि आक्रमण गर्ने, रगत बगाउने र जीवन खोस्ने प्रशासनआपराधिक कार्य कुनै हालतमा स्वीकार्य छैन।

२०६२/६३ को परिवर्तनकारी आन्दोलनमा समेत नदेखिएको स्तरमा हाल राज्यशक्तिले गरेको बल प्रयोग चरम गैरजिम्मेवारी र अपराधको स्पष्ट उदाहरण हो।हामी स्पष्ट शब्दमा भन्छौं, कुनै पनि व्यवस्थाको नाममा गरिने नागरिक विरोधीदमन अब सह्य हुने छैन।

GEN-Z आन्दोलनले उठाएका माग वैधानिक र न्यायोचित मागलाई सम्बोधनगर्नु साटो युवामाथि दमन गर्ने सरकारको क्रुरतम व्यवहार तत्काल बन्द हुनुपर्छ।हामी सरकारलाई कडा चेतावनी दिन्छौं, यदि GEN-Z को मागहरु तत्कालैसम्बोधन भएन भने, हामी नेपाल भरिका सम्पूर्ण बैंक तथा वित्तीय संस्थामाकार्यरत कर्मचारीहरू बाध्य भै अनिश्चितकाल सम्म कलमबन्द कार्यक्रम प्रारम्भगरी प्रत्यक्षरूपमा सडकमा उत्रेर युवासँगै निर्णायक संघर्षमा होमिनेछौं।

हामी विभिन्न बैंकका ट्रेड यूनियनहरूको तर्फबाट यस वक्तव्यमार्फत घोषणागर्दछौं;
१. हामी GEN-Z का माग तथा आन्दोलनसँग पूर्ण ऐक्यवद्धता प्रकटगर्दछौं।
२. युवामाथिको गोलीप्रयोग, हत्या र दमन तुरुन्त बन्द गरि दोषीलाई कडाकारबाही र पीडितलाई न्याय दिनुपर्छ।

हामी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका क्रियाशिल युनियनहरु GEN-Z पुस्ताले उठाएको भ्रस्टाचार बिरोधी अभियान, न्याय, अधिकार र युवाको भविष्यका लागि सामुहिक ऐक्यवद्धता व्यक्त गर्दछौं |

• “हत्यारा प्रशासन मुर्दावाद!”
• “नागरिक अधिकार खोस्ने अपराधीलाई कडा सजाय होस्!”

जय श्रमिक एकता !
संघर्षरत युवालाई सलाम !

बैंक तथा वित्तीय क्षेत्रका सम्पुर्ण कर्मचारी तथा ट्रेड यूनियनहरू, नेपाल

मिति २०८१ साल पुष २४ गते यस नबिल बैंक कर्मचारी संघले बैंक व्यवस्थापन समक्ष पेश गरेका सामूहिक मागहरूसँग सम्बन्धमा विभिन्न...
08/07/2025

मिति २०८१ साल पुष २४ गते यस नबिल बैंक कर्मचारी संघले बैंक व्यवस्थापन समक्ष पेश गरेका सामूहिक मागहरूसँग सम्बन्धमा विभिन्न मितिहरूमा सम्पन्न भएका बैठकहरूको सारसङ्क्षेप स्वरूप, आज मिति २०८२ साल असार २४ गते यस कर्मचारी संघ र नबिल बैंक व्यवस्थापन पक्षबीच आपसी सहमतिमा सामूहिक सम्झौतामा हस्ताक्षर भएको जानकारी गराउँदछौं |

नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति हुनुभएकोमा आदरणिय श्रीमान मनोज कुमार ज्ञवालीज्यु लाई हार्दिक बधाई...
05/06/2025

नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति हुनुभएकोमा आदरणिय श्रीमान मनोज कुमार ज्ञवालीज्यु लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!

सफल कार्यकाल, संस्थागत परिवर्तन र समुन्नत सहकार्यको दिशामा तपाईँलाई प्रेरणादायी नेतृत्वको शुभकामना।।

सहकर्मी साथीहरु श्री धिरज ठकुल्ला तथा हेमराज ठकुल्ला ज्युका पुजनीय पिता धन बहादुर ठकुल्लाको स्वर्गारोहण भएको १३ औं दिनको...
01/06/2025

सहकर्मी साथीहरु श्री धिरज ठकुल्ला तथा हेमराज ठकुल्ला ज्युका पुजनीय पिता धन बहादुर ठकुल्लाको स्वर्गारोहण भएको १३ औं दिनको तिथिमा दिवंगत आत्माको चिरशान्तीको कामना गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।।

सहकर्मी साथी बिबेक बिष्टका पुज्यनिय पिता सहदेव बिष्टको स्वर्गारोहण भएको १३ औं दिनको तिथिमा दिवंगत आत्माको चिरशान्तीको का...
21/05/2025

सहकर्मी साथी बिबेक बिष्टका पुज्यनिय पिता सहदेव बिष्टको स्वर्गारोहण भएको १३ औं दिनको तिथिमा दिवंगत आत्माको चिरशान्तीको कामना गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।।

नव वर्ष बि. सं. २०८२ को पावन अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
14/04/2025

नव वर्ष बि. सं. २०८२ को पावन अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

आज मिति २०८१ पौष २४ गते बुधबारका दिन नबिल बैंक तथा यसमा कार्यरत कर्मचारीहरुको बृहत्तर हकहित र सुबिधाको लागि बैंक ब्यबस्थ...
08/01/2025

आज मिति २०८१ पौष २४ गते बुधबारका दिन नबिल बैंक तथा यसमा कार्यरत कर्मचारीहरुको बृहत्तर हकहित र सुबिधाको लागि बैंक ब्यबस्थापन समक्ष सामुहिक मागदाबी प्रस्तुत गरेका छौं ।

शुभ दिपावली तथा छठ पर्व-२०८१ को पावन अवसरमा सम्पुर्णमा सुख, समृद्धि तथा उज्यालो जीवनको लागि हार्दिक मंगलमय शुभकामना ब्यक...
31/10/2024

शुभ दिपावली तथा छठ पर्व-२०८१ को पावन अवसरमा सम्पुर्णमा सुख, समृद्धि तथा उज्यालो जीवनको लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ !!

शुभ - दिपावली !! 🙏🙏🙏

नेपालीहरूको महान पर्व बडा दशैं -२०८१  को पावन अवसरमा सम्पुर्ण सहकर्मी साथीहरू, परिवारजन तथा देश बिदेश मा रहनु भएका सम्पु...
10/10/2024

नेपालीहरूको महान पर्व बडा दशैं -२०८१ को पावन अवसरमा सम्पुर्ण सहकर्मी साथीहरू, परिवारजन तथा देश बिदेश मा रहनु भएका सम्पुर्ण नेपालीहरुमा सुख, शान्ति ,समृद्धि , सु-स्वास्थ्य एव् प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै यस बडा दशैंले सम्पुर्ण नेपालीको मन, मुहारमा हासो ल्याईराख्न माता दुर्गा भवानीले आशीर्वाद प्रदान गरून् भन्ने कामना गर्न चाह्न्छौ !!

भावपुर्ण श्रद्धाञ्जली  !!!!भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो,इन्द्रै बिन्ति गरुन् झुकेर पदमा त्यो बिन्ति...
31/07/2024

भावपुर्ण श्रद्धाञ्जली !!!!

भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो,
इन्द्रै बिन्ति गरुन् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो,...........
राजा रङ्क सबै समान उसका वैषम्य गर्दैन त्यो,
आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो टारेर र्टर्दैन त्यो ||

नबिल बैंक लि. केन्द्रिय प्रसोधन विभाग, बिजुलिबजार शाखामा कार्यरत अग्रज सहकर्मी दिदी/साथि नम्रता शिंहको आज हृदयघातका कारण असामयिक भएको निधन प्रति गहिरो दु:ख सहित भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन प्रति समवेदना प्रकट गर्दछौं ||

पारिवारिक स्रोतका अनुसार भोलि पशुपति घाटमा अन्तिम संस्कार हुनेछ ||

सम्पूर्ण कर्मचारी साथीहरू, व्यवस्थापन, सञ्चालक मण्डल, नियामक निकाय र ग्राहकवर्ग,आज नबिल बैंकले आफ्नो स्थापनाको ४० औं वर्...
12/07/2024

सम्पूर्ण कर्मचारी साथीहरू, व्यवस्थापन, सञ्चालक मण्डल, नियामक निकाय र ग्राहकवर्ग,

आज नबिल बैंकले आफ्नो स्थापनाको ४० औं वर्ष पूरा गरेको यस सुखद अवसरमा तपाई सबैलाई हार्दिक शुभकामना तथा बधाई दिन चाहन्छौं!

चार दशकको यो यात्रामा नबिल बैंकले अनेकौं चुनौतीहरू पार गर्दै उल्लेखनीय प्रगति हासिल गरेको छ। यस यात्रा सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा साथ, सहयोग, र परिश्रम गर्नुहुने सम्पूर्ण सरोकारवालाहरूको अतुलनीय योगदानलाई हामी हृदयदेखि स्मरण गर्दै हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौं। तपाईहरूको अथक प्रयास, निष्ठा, र समर्पणले नै आज बैंकलाई यो सम्मानजनक स्थानमा पुर्याएको छ।

#कर्मचारी साथीहरू:-
तपाईंहरूको अथक मेहनत, लगनशीलता, र निष्ठा बिना आजको यो सफलता सम्भव थिएन। अहोरात्र खटिएर काम गर्दै आएको तपाईंहरूको त्याग, तपस्या, र समर्पणलाई मध्यनजर राख्दै, तपाईंहरूको हक र हितका लागि हातेमालो गर्दै अगाडि बढ्न सकेमा संस्थाले सगरमाथाको उचाइमा पुग्ने कुरामा कुनै द्विविधा छैन भन्ने कुरामा हामी पूर्ण विश्वास व्यक्त गर्न चाहन्छौं।

#व्यवस्थापन र सञ्चालक मण्डलका सदस्यहरू:-
तपाईंहरूको नेतृत्व र दूरदर्शिताले नबिल बैंकलाई स्थिरता, विश्वसनीयता, र उत्कृष्टतामा पुर्याएको छ। तपाईंहरूको सुसंस्कृत निर्णयहरू र कुशल व्यवस्थापनले नै बैंकलाई अग्रणी स्थानमा राख्न महत्वपूर्ण भूमिका खेलेको छ। तपाईंहरूको समर्थन र मार्गदर्शन बिना यो सम्भव हुने थिएन।

#नियामक निकायहरू:-
तपाईंहरूको मार्गदर्शन र नियमहरूको पालनाले हामीलाई सधैं सही दिशा निर्देश गरेको छ। तपाईंहरूको सहयोग र समर्थनले नै हामीलाई जिम्मेवार र पारदर्शी वित्तीय सेवा प्रदान गर्न सक्षम बनाएको छ।

#प्रिय ग्राहकवर्ग:-
तपाईंहरूको विश्वास र समर्थन नै हाम्रो प्रेरणाको स्रोत हो। तपाईंहरूको सन्तुष्टि नै हाम्रो सफलता हो। तपाईंहरूको निरन्तर समर्थनले नै हामीलाई उत्कृष्ट सेवा प्रदान गर्न उत्साहित गरेको छ र भविष्यमा पनि यही विश्वास र सहयोग कायम रहिरहने आशा व्यक्त गर्दछौं।

हामी सबै मिलेर एकता र सहयोगको भावनामा अडिग रहँदै, नबिल बैंकलाई अझै उचाइमा पुर्याउन तत्पर छौं। तपाईंहरूको सहयोग, विश्वास, र समर्पणले नै हामीलाई प्रेरणा दिन्छ र भविष्यका चुनौतीहरू सामना गर्न शक्ति प्रदान गर्दछ।

नबिल बैंक लि. को ४०औं बार्षिकोत्सवको हार्दिक शुभकामना ||

धन्यवाद।

Address

Kamaladi Sadak
Kathmandu

Telephone

+97714429546

Website

Alerts

Be the first to know and let us send you an email when Association of Nabil Bank Staff -ANBS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Association of Nabil Bank Staff -ANBS:

Share