Skill Development And Rehabilitation Center For Disabled

Skill Development And Rehabilitation Center For Disabled Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Skill Development And Rehabilitation Center For Disabled, Nonprofit Organization, Kathmandu.

28/08/2026

नेपालमा हालसालै आएको विनाशकारी बाढी-पहिरोले पुर्‍याएको अपार क्षतिप्रति हामी गहिरो दुःख र वेदना व्यक्त गर्दछौं। रसुवा, नुवाकोट लगायत विभिन्न जिल्लामा आएको यस प्राकृतिक विपत्तिले सयौं ज्यान लिएको छ, हजारौं बेपत्ता र बेघरबार बनेका छन्। हामी यस क्षणमा ती सबै परिवारसँग हृदयदेखि समवेदना व्यक्त गर्दछौं। जसले आफ्ना प्रियजन गुमाए, र गुमेकाहरूको सुरक्षित फिर्ताको कामना गर्दछौं।
यो पीडा हामी सबैको साझा पीडा हो। हिमाल, नदी र माटोसँगै जोडिएको हाम्रो जीवन आज आँसुले भिजेको छ, तर नेपाली समुदायको साहस र एकता सधैंझैं अटुट छ। हामी यस कठिन घडीमा तपाईंहरूसँगै छौं — दुःखमा साथ दिन, सहयोग गर्न, र पुनर्निर्माणको यात्रामा हातेमालो गर्न हामी आवहान गर्दछौ।
गुमेका ज्यानहरूको आत्माले चिरशान्ति पाओस्, र घाइते तथा प्रभावित सबैलाई चाँडो स्वास्थ्य लाभ होस्। यस विपत्तिबाट नेपाल फेरि उठ्नेछ, किनकि हामी सँगै छौं — यही हाम्रो साझा शक्ति हो।
🙏 नेपाल सँगै छ, विश्व नेपालसँगै छ।
अपाङ्गता सीप विकास तथा प्रतिस्थापन केन्द्र परिवार।

With the financial support of the Social Development Department of Kathmandu Metropolitan City, a 45-day Basic Electroni...
26/04/2026

With the financial support of the Social Development Department of Kathmandu Metropolitan City, a 45-day Basic Electronics and Computer Hardware Repair Training for persons with disabilities was recently inaugurated under the chief guestship of Mr. Mahesh Nepali, Executive Member and Social Committee Member of Kathmandu Metropolitan City, and in the presence of special guest Ms. Maiya Maharjan, Ward No. 15 Member and Executive Member of KMC.

काठमाडौं महानगरपालिका, सामाजिक विकास विभागको आर्थिक सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुका लागि ४५ दिने आधारभूत इलेक्ट्रोनिक तथा कम्प्युटर हार्डवेयर मर्मत तालिम हालै काठमाडौ महानगरपालिकाकाे कार्यपालिका सदस्य तथा सामाजिक समिति सदस्य श्री महेश नेपालीको प्रमुख आतिथ्यमा साथै बिशेष अतिथि १५ वडा सदस्य तथा कार्यपालिका सदस्य श्री मैया महर्जनको आथित्यमा उदघाटन भयो।

काठमाडौं महनगरपालिका, सामाजिक विकास विभागको आयोजनमा Skill Development and Rehabilitation Center for Disabled काे समन्वयम...
24/04/2026

काठमाडौं महनगरपालिका, सामाजिक विकास विभागको आयोजनमा Skill Development and Rehabilitation Center for Disabled काे समन्वयमा अपाङ्गता भएका व्यक्तिहरुलाई ६० दिने आधारभूत इलेक्ट्रोनिक तथा मोबाइल मर्मत तालिम सफतापूर्वक सम्पन्न गरी प्रमाण पत्र वितरण गरियो। Under the organization of Kathmandu Metropolitan City Social Development Department, and in coordination with Skill Development and Rehabilitation Center for Disabled, the 60-day basic electronics and mobile repair training for persons with disabilities was successfully completed, and certificates were distributed.

Photos of the 2-month Basic Electronics and Mobile Repairing Repair Training conducted in collaboration with the Skill D...
23/04/2026

Photos of the 2-month Basic Electronics and Mobile Repairing Repair Training conducted in collaboration with the Skill Development and Rehabilitation Centre for Disabled, organized by the Social Development Department of Kathmandu Metropolitan City.
काठमाडौं महनगरपालिका सामाजिक विकाश विभागको आयोजनामा यस अपाङ्गता सिप विकास तथा प्रतिस्थापन केन्द्रकाे सहकार्यमा सञ्चालन भएको २ महिने आधारभूत इलेक्ट्रोनिक तथा मोबाइल मर्मत तालिमको तस्बिरहरू।

25/03/2026

प्रकाशित मिति: २०८२ साल चैत्र ११ गते
हाम्रो यस सस्थाको आयोजनामा ४‌५ दिने Basic Electronics and Computer Hardware सम्बन्धि तालिममा सहभागि हुन ईच्छुक अपाङ्गता भएका व्यक्तिहारुले यो सूचना प्रकाशित भएको ७ दिन भित्र तल दिएको link मा भएको Google फारम भारी submit गर्न हुन अनुरोध गरिन्छ।
थप जानकारीको लागि सम्पर्क नम्बर:
9841092764,9803819900
(सहभागीहरुलाई खाजा र स्थानीय यातायात खर्चको व्यवस्था गरिएको छ)
Google Form link

12/02/2026

काठमाडौं महानगरपालिकाको आयोजनामा ६० दिने आधारभूत इलेक्ट्रोनिक तथा मोबाइल मर्मत तालिममा सहभागी हुन इच्छुक अपाङ्गता भएका युवाहरुले तल दिएको google form भर्न हुन अनुरोध गर्दछु।
तालिम यथासिघ्र संचालन हुने भएको हुँदा छिटो मौकाको फाइदा लिनुहुन जानकारी गर्दछु।
साथै तालिम अवधिभर यातायात खर्च र खाजाको पनि व्यवस्था गरिएको छ।
Google Form link:
https://forms.gle/YFr1pQ6HRF1iZJaG8

महासचिव
लक्ष्मी दास मघैया
सम्पर्क नम्बर
९८४१०९२७६४
९८०३८१९९००

अपाङ्गता भएका व्यक्तिहरूका लागि दुई दिने व्यवसायिक योजना निर्माण तालिमको दोस्रो दिनको झलक दोस्रो दिनको सत्रमा श्री रिजु ...
11/02/2026

अपाङ्गता भएका व्यक्तिहरूका लागि दुई दिने व्यवसायिक योजना निर्माण तालिमको दोस्रो दिनको झलक
दोस्रो दिनको सत्रमा श्री रिजु बुढाथोकीज्यू प्रशिक्षकको रूपमा उपस्थित भई सहभागीहरूलाई सैद्धान्तिक ओज्ञान, आत्मविश्वास र आत्मनिर्भर बन्ने प्रेरणा दिनुभयो। उहाँको मार्गदर्शनले सहभागीहरूमा नयाँ सोच र नयाँ आशा जगायो।
तालिमको समापनसँगै प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भयो।
प्रमाणपत्र संयुक्त रूपमा काठमाडौं महानगरपालिकाकी कार्यपालिका सदस्य श्री माया लक्ष्मी महर्जनज्यू
र राष्ट्रिय अपाङ्ग महासंघका संघीय महासचिव श्री सुगम भट्टराईज्यू द्वारा वितरण गरियो।

10/02/2026

अपाङ्गता भएका व्यक्तिहरूका लागि २ दिने व्यवसायिक योजना निर्माण सम्बन्धि तालिमको पहिलो दिन सफलतापूर्वक सम्पन्न भयो।
काठमाडौं महानगरपालिकाकी अधिकृत श्री भवानी कपालीज्यूको प्रशिक्षणले सहभागीहरूमा आत्मविश्वास र नयाँ ऊर्जाले सहभागीहरु अझ बढी उत्साही भएको पाइयो।
साथै, कार्यपालिका सदस्य श्री महेश नेपालीज्यूबाट प्राप्त शुभकामनाले कार्यक्रमलाई अझ प्रेरणादायी बनाएको थियो।

08/02/2026

अपाङ्गता भएका व्यक्तिहरुका लागि ५ दिने आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम हालै सफलतापूर्वक सम्पन्न भएको छ।
यो तालिम केवल प्रविधि सिक्ने कार्यक्रम मात्र होइन, आत्मनिर्भर बन्ने, रोजगारीका अवसर खोज्ने र आफ्नो क्षमता पहिचान गर्ने महत्वपूर्ण अवसर पनि हो।

यस कार्यक्रममा सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरूलाई सामाजिक विकास कार्यालय प्रमुख श्री नवराज नेपालज्यूको उपस्थितिमा प्रमाणपत्र वितरण गरियो, जसले सहभागीहरूलाई अझै हौसला र प्रेरणा प्राप्त भएकोछ।

क्षमता विकास कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूका लागि ५ दिने स्क्रिन प्रिन्ट तालिम हालै सफलतापूर्वक सम्पन्न भए...
05/02/2026

क्षमता विकास कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूका लागि ५ दिने स्क्रिन प्रिन्ट तालिम हालै सफलतापूर्वक सम्पन्न भएको छ।
यस तालिमको मुख्य उद्देश्य अपाङ्गता भएका व्यक्तिहरूलाई व्यवहारिक र रोजगारीमूलक सीप प्रदान गरी उनीहरूलाई आत्मनिर्भर बनाउनु थियो। तालिमको अवधिभर सहभागीहरूले स्क्रिन प्रिन्ट सम्बन्धी आधारभूत ज्ञानदेखि लिएर व्यवहारिक अभ्याससम्म सिक्ने अवसर पाए। यसले उनीहरूको सीप मात्र होइन, आत्मविश्वास, सिर्जनशीलता र आफ्नै खुट्टामा उभिन सक्ने भावना समेत विकास गर्‍यो।
तालिममा सहभागीहरू अत्यन्त उत्साही र सक्रिय देखिनु भयो। नयाँ कुरा सिक्ने, अभ्यास गर्ने र भविष्यमा यस सीपलाई आयआर्जनको माध्यम बनाउने दृढ इच्छा सहभागीहरूको अनुहारमा स्पष्ट देखिन्थ्यो। यसले अपाङ्गता कुनै कमजोरी होइन, अवसर पाए क्षमता देखाउन सकिन्छ भन्ने सन्देश समाजमा फैलाएको छ।
यस महत्वपूर्ण तालिम कार्यक्रम सफल बनाउन आर्थिक सहयोग प्रदान गर्नु हुने बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, सामाजिक विकास कार्यालय ललितपुर, साथै प्रशिक्षक, स्वयंसेवक र सम्पूर्ण सहयोगी हातहरूको योगदान प्रशंसनीय छ।
आगामी दिनमा पनि यस्ता सीपमूलक तालिममार्फत अपाङ्गता भएका व्यक्तिहरूलाई सशक्त, आत्मनिर्भर र सम्मानित जीवनतर्फ अघि बढाउने हाम्रो प्रतिबद्धता रहनेछ।
सीप विकास नै सशक्तिकरणको आधार हो।

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Skill Development And Rehabilitation Center For Disabled posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share