14/05/2026
सांस्कृतिक युवा समूह र सोमा माइम थिएटर कलकत्ताको संयुक्त आयोजनामा सम्पन्न पाँच दिने माइम कार्यशालापछि सहभागी प्रशिक्षार्थीहरूले आफ्नो अनुभव, सिकाइ तथा कार्यशालाबाट प्राप्त ज्ञानबारे धारणा व्यक्त गरेका छन्। सहभागीहरूले यस्ता सिर्जनात्मक तथा व्यवहारिक प्रशिक्षणले कला क्षेत्रमा आत्मविश्वास, अभिव्यक्ति क्षमता र नयाँ अनुभव हासिल गर्न ठूलो सहयोग पुगेको बताएका छन्। साथै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन हुनुपर्नेमा जोड दिएका छन्।