Nepal Youth Council - नेपाल युवा परिषद

Nepal Youth Council - नेपाल युवा परिषद Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Youth Council - नेपाल युवा परिषद, Youth Organization, Kathmandu.

Happy 27th International Youth Day 2026! २७ औं अन्तर्राष्ट्रिय युवा दिवस २०२६ !"Young people are already leading the way...
12/08/2026

Happy 27th International Youth Day 2026!
२७ औं अन्तर्राष्ट्रिय युवा दिवस २०२६ !

"Young people are already leading the way as organizers and innovators. But to go further, they need access to the skills that will shape the future – from critical thinking and problem-solving to digital literacy." -- UN Secretary-General António Guterres

बारामा पनि निस्कियो सामाजिक सद्भाव र्‍याली, नेपाल युवा परिषदबाट राजेश कुशुवाहा (प्रतिनिधि- नेपाल युवा परिषद, मधेश प्रदेश...
01/08/2026

बारामा पनि निस्कियो सामाजिक सद्भाव र्‍याली, नेपाल युवा परिषदबाट राजेश कुशुवाहा (प्रतिनिधि- नेपाल युवा परिषद, मधेश प्रदेश) लगायतका अन्य साथीहरुको उपस्थीति रहेको थियो !

अन्य स्थानहरुमा पनि सामाजिक सद्भाव र्‍यालीको लागि युवा साथीहरुलाई हार्दिक आह्वान गर्दछौ !

नेपालगञ्जमा निस्कियो सामाजिक सद्भाव र्‍याली, नेपाल युवा परिषदबाट सोम गुरुगं (प्रदेश संयोजक, नेपाल युवा परिषद, लुम्विनी प...
01/08/2026

नेपालगञ्जमा निस्कियो सामाजिक सद्भाव र्‍याली, नेपाल युवा परिषदबाट सोम गुरुगं (प्रदेश संयोजक, नेपाल युवा परिषद, लुम्विनी प्रदेश) लगायतको उपस्थीति रहेको थियो ! अन्य स्थानहरुमा पनि सामाजिक सद्भाव र्‍यालीको लागि युवा साथीहरुलाई हार्दिक आह्वान गर्दछौ !

सामाजिक सद्भाव, सहिष्णुता र शान्ति कायम राख्न सार्वजनिक अपिलविगत केही समयदेखि तराई–मधेसका विभिन्न स्थानहरूमा धार्मिक आस्...
31/07/2026

सामाजिक सद्भाव, सहिष्णुता र शान्ति कायम राख्न सार्वजनिक अपिल

विगत केही समयदेखि तराई–मधेसका विभिन्न स्थानहरूमा धार्मिक आस्था तथा सामाजिक संवेदनशीलतासँग जोडिएका विषयलाई लिएर उत्पन्न तनाव, अविश्वास र हिंसात्मक घटनाहरूप्रति नेपाल युवा परिषद् गहिरो दुःख र चिन्ता व्यक्त गर्दछ। विशेष गरी सुनसरी, सिराहा, र जनकपुर लगायतका क्षेत्रमा भएका दुःखद् घटनामा ज्यान गुमाउनु भएका सम्पूर्ण मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ। साथै, घटनामा घाइते हुनुभएका नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।

नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषताले युक्त सुन्दर राष्ट्र हो। विविधता बीचको एकता, आपसी भाइचारा र धार्मिक सहिष्णुता नै हाम्रो मुख्य पहिचान र शक्ति हो। नेपालको संविधानले सुनिश्चित गरेका धार्मिक स्वतन्त्रता, समानता, समावेशिता र मानव अधिकारको संरक्षण गर्नु हामी सबै नागरिकको साझा दायित्व हो। कुनै पनि विवाद वा मतभेदको समाधान हिंसाबाट सम्भव छैन यसको एकमात्र विकल्प संवाद, सहिष्णुता र पारस्परिक सम्मान नै हो भन्नेमा नेपाल युवा परिषद् दृढ विश्वास राख्दछ।

यस संवेदनशील परिस्थितिमा नेपाल युवा परिषद् सम्पूर्ण सरोकारवाला निकायहरूसँग निम्नअनुसार अपिल गर्दछौः
✅ बालबालिका तथा युवा सुरक्षाः धार्मिक वा सामाजिक अशान्तिका कारण बालबालिकाको शिक्षा, सुरक्षा, मानसिक स्वास्थ्य र समग्र विकासमा गम्भीर असर पर्ने भएकाले राज्यका नियमनकारी निकाय तथा स्थानीय प्रशासनलाई विशेष संवेदनशीलता अपनाउन आग्रह गर्दछौँ।

✅ नागरिक समाज र समुदायको भूमिकाः शान्ति, सामाजिक सद्भाव र विविधताको सम्मानका लागि विद्यालय, शिक्षक, अभिभावक, सञ्चारमाध्यम, धार्मिक तथा सामुदायिक नेतृत्व र नागरिक समाजलाई जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न अनुरोध गर्दछौँ।

✅ युवा शक्तिको सकारात्मक परिचालनः सामाजिक अशान्ति र भ्रम फैलाउने तत्वहरूबाट सचेत रहँदै युवाहरूलाई सद्भाव कायम राख्ने, युवा नेतृत्व प्रवद्र्धन गर्ने र उद्यमशीलता मार्फत समृद्धिको बाटोमा अघि बढ्न प्रोत्साहन गर्न आग्रह गर्दछौँ।

✅ शान्ति र नागरिक शिक्षाः वर्तमान परिस्थितिले विद्यालय, समुदाय र सार्वजनिक जीवनमा शान्ति शिक्षा, मानव अधिकार शिक्षा, नागरिक कर्तव्य तथा अन्तरधार्मिक समझदारीलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता उजागर गरेको छ।

अन्ततः, एउटा सुरक्षित, समावेशी, विभेदरहित र शान्तिपूर्ण समाज निर्माणका लागि सम्पूर्ण युवाहरू, धार्मिक गुरुहरू, राजनीतिक नेतृत्व तथा आम नागरिकहरूलाई एकताबद्ध भई अन्तरधार्मिक सद्भाव र सामाजिक एकता कायम राख्न नेपाल युवा परिषद् हार्दिक अपिल गर्दछ।

सरोज बानियाँ
संस्थापक एवं केन्द्रीय अध्यक्ष

मितिः २०८३। ०४। १५ गते

#सरोजबानियाँ

नेपालमा ‘एक युवा, एक सीप’ अभियानसँगै सचेतना पनि आवश्यकRead more: https://kathmandupress.com/detail/130262 #बिदुरनगरपालिक...
15/07/2026

नेपालमा ‘एक युवा, एक सीप’ अभियानसँगै सचेतना पनि आवश्यक

Read more: https://kathmandupress.com/detail/130262

#बिदुरनगरपालिका #सरोजबानियाँ

‘हामीसँग ठूलो युवा जनशक्ति छ तर धेरै जना आवश्यक सीपबिना वैदेशिक रोजगारीमा जान बाध्य छन् । राज्यले बजारको मागअनुस...

राष्ट्रिय युवा वर्ष २०२७ ले बदल्न सक्छ नेपालको भविष्यRead More: https://sunaulonepal.com/content/413898 #बिदुरनगरपालिका ...
13/07/2026

राष्ट्रिय युवा वर्ष २०२७ ले बदल्न सक्छ नेपालको भविष्य

Read More: https://sunaulonepal.com/content/413898

#बिदुरनगरपालिका #सरोजबानियाँ

काठमाडौं । नेपाल अहिले इतिहासकै महत्वपूर्ण मोडमा उभिएको छ । विश्वका धेरै देशहरूले चाहेर पनि प्राप्त गर्न नसक्ने ...

How do we equip young people with the skills to thrive in a rapidly changing world? 🛠️Join us, along with International ...
29/06/2026

How do we equip young people with the skills to thrive in a rapidly changing world? 🛠️

Join us, along with International Labour Organization, UNESCO, Missão de Portugal nas Nações Unidas and Permanent Mission of Sri Lanka to the United Nations New York , on 15 July for World Youth Skills Day 2026, bringing together young people and partners to advance education, training, and pathways to decent work.

📅 15 July 2026
🕣 8:30–10:00 AM
📍 In person (New York) + livestream on UN Web TV

👉 Register to attend in-person here: https://tinyurl.com/3jwyscjv

धान दिवस तथा दही–चिउरा खाने दिनको हार्दिक शुभकामना! 🌾🥣किसानको परिश्रमको सम्मान गरौं, कृषि समृद्धिको अभियानमा साथ दिऔं। स...
29/06/2026

धान दिवस तथा दही–चिउरा खाने दिनको हार्दिक शुभकामना! 🌾🥣

किसानको परिश्रमको सम्मान गरौं, कृषि समृद्धिको अभियानमा साथ दिऔं। सबैमा सुख, शान्ति र समृद्धिको शुभकामना।

विश्व वातावरणा दिवसको शुभकामना ! 🌍🌱On  , let’s be “Inspired by Nature. For Climate. For Our Future.” It’s time to turn e...
05/06/2026

विश्व वातावरणा दिवसको शुभकामना ! 🌍🌱

On , let’s be “Inspired by Nature. For Climate. For Our Future.” It’s time to turn environmental awareness into everyday action. 💚

Calling all young innovators, changemakers, and climate leaders!ICLEI South Asia is back with the second edition of the ...
28/05/2026

Calling all young innovators, changemakers, and climate leaders!

ICLEI South Asia is back with the second edition of the Youth for Climate Hackathon.

This year’s theme: Action-Oriented Transitions: Translating Resilient, Scalable and Inclusive Solutions for Circular Cities

Inviting passionate youth within the age group of 18–30 years from across Asia Pacific to develop practical, implementable, scalable, and with potential to be locally-led solutions focused on .

We are proud to announce our 16 Knowledge and Outreach Partners spanning across 8 counties, who bring their expertise and networks to strengthen the platforms and foster deeper engagements.

Register NOW: https://lnkd.in/gZ3xqTXM

Last date to Register: 14 June 2026 | 11:59 pm IST

Know details here: https://lnkd.in/gQbiHhBp

For queries, write to us at [email protected]

Address

Kathmandu
00977

Opening Hours

Monday 06:00 - 23:00
Tuesday 06:00 - 23:00
Wednesday 06:00 - 23:00
Thursday 09:00 - 23:00
Friday 06:00 - 23:00
Saturday 06:00 - 23:00
Sunday 06:00 - 23:00

Telephone

+9779851152843

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Youth Council - नेपाल युवा परिषद posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share