Helping Heart Nepal

Helping Heart Nepal NGO
(1)

महोत्तरी जिल्लास्थित Helping Heart Nepal को सामुदायिक स्वास्थ्य केन्द्रमा अल्ट्रासाउन्ड मेसिन स्थापना भएपछि अब स्थानीय ग...
11/06/2026

महोत्तरी जिल्लास्थित Helping Heart Nepal को सामुदायिक स्वास्थ्य केन्द्रमा अल्ट्रासाउन्ड मेसिन स्थापना भएपछि अब स्थानीय गरिब, विपन्न तथा आवश्यकतामा रहेका बिरामीहरूले न्यून शुल्कमा गुणस्तरीय सेवा प्राप्त गर्न थालेका छन्।

पहिले सामान्य अल्ट्रासाउन्ड जाँचका लागि टाढासम्म जानु पर्ने र महँगो शुल्क तिर्नुपर्ने बाध्यता थियो। अब यही सेवा आफ्नै समुदायमा सहज, सुलभ र किफायती रूपमा उपलब्ध भएको छ।

स्वास्थ्य सेवामा पहुँच बढाई जनताको पीडा कम गर्ने हाम्रो सानो प्रयास।

01/06/2026

हेल्पिङ हार्ट नेपालका महासचिव मेराज खान द्वारा गाउँका स्थानीय बासिन्दामाझ अनाथ बालबालिकाको संरक्षण, शिक्षा, स्वास्थ्य सेवा तथा उज्ज्वल भविष्य निर्माणमा हाम्रो संस्थाले गरिरहेको प्रयासबारे जानकारी प्रदान गर्दै।

अनाथ बालबालिकाहरूको साथ, सहयोग र संरक्षण हाम्रो साझा जिम्मेवारी हो। आउनुहोस्, उनीहरूको जीवनमा आशा र मुस्कान ल्याउन हातेमालो गरौं।

ईद–उल–अजहा मुबारक 🌙यस पवित्र अवसरमा अल्लाहले हाम्रो कुर्बानी, इबादत तथा असल कार्यहरू स्वीकार गरून्। मानवता, दया र सहयोगक...
28/05/2026

ईद–उल–अजहा मुबारक 🌙

यस पवित्र अवसरमा अल्लाहले हाम्रो कुर्बानी, इबादत तथा असल कार्यहरू स्वीकार गरून्। मानवता, दया र सहयोगको भावना फैलाउँदै आवश्यकतामा रहेका मानिसहरूको साथमा उभिन सकौं।

सबैमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिको कामना।

– हेल्पिङ हार्ट नेपाल 🤍

हेल्पिङ हार्ट नेपालका आदरणीय अध्यक्षज्यूको अध्यक्षतामा तथा कर्जन्हा नगरपालिकाका आदरणीय नगर प्रमुख र उप–प्रमुखज्यूहरूको व...
24/05/2026

हेल्पिङ हार्ट नेपालका आदरणीय अध्यक्षज्यूको अध्यक्षतामा तथा कर्जन्हा नगरपालिकाका आदरणीय नगर प्रमुख र उप–प्रमुखज्यूहरूको विशेष उपस्थितिमा दलित समुदायका विद्यार्थीहरूलाई विद्यालय झोला तथा विद्यालय पोशाक वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो।

यस कार्यक्रमले आर्थिक रूपमा विपन्न तथा पछाडि पारिएका विद्यार्थीहरूको शैक्षिक उत्साह अभिवृद्धि गर्नुका साथै शिक्षाप्रति सकारात्मक सन्देश प्रवाह गरेको छ।

21/05/2026

आर्थिक रूपमा कमजोर तथा विपन्न बिरामीहरूका लागि निःशुल्क मोतिबिन्दु शल्यक्रिया सेवा सञ्चालन गर्दै Helping Heart Nepal ले धेरै परिवारमा फेरि उज्यालो ल्याउने प्रयास गरिरहेको छ।

कसैको आँखामा फेरि प्रकाश फर्किनु केवल उपचार मात्र होइन, त्यो एउटा नयाँ आशा, नयाँ जीवन र नयाँ मुस्कान हो। ❤️

मानवताकै सेवामा समर्पित हाम्रो सानो प्रयासले धेरै आमाबुबा, वृद्धवृद्धा तथा असहाय व्यक्तिहरूको जीवनमा खुशी ल्याओस् भन्ने कामना गर्दछौं।

17/05/2026

Our Education Support & Awareness Project has been featured on National TV of Nepal 🇳🇵

We are supporting very needy and marginalized students by providing school bags, dresses, and basic educational materials. Every child deserves education, hope, and a brighter future.

This is just the beginning — we will continue reaching more deserving children in the future. 🤍📚

Not just a ride, but a new hope for life.Helping Heart Nepal is empowering poor families by providing Electric Rickshaws...
15/05/2026

Not just a ride, but a new hope for life.
Helping Heart Nepal is empowering poor families by providing Electric Rickshaws, helping them earn with dignity and build an independent future for their children. ❤️
Income Generating and Livelihood Project Nepal

📢 रिक्त पद सूचनाHelping Heart Nepal मा Assistant Accountant पदका लागि आवेदन खुला छ।📍 गोलबजार कार्यालय📞 9804710024📧 hhnsi...
28/04/2026

📢 रिक्त पद सूचना

Helping Heart Nepal मा Assistant Accountant पदका लागि आवेदन खुला छ।

📍 गोलबजार कार्यालय
📞 9804710024
📧 [email protected]

इच्छुक उम्मेदवारहरूले CV पठाउनुहोस्।

24/04/2026

📢 सूचना | नि:शुल्क स्वास्थ्य शिविर

Helping Heart Nepal को आयोजनमा मिति २०८३ बैशाख १४ गते सोमबार, गोलबजार नगरपालिका वडा नं. 4 मा रहेको कोभिड–19 अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न हुन गइरहेको जानकारी गराइन्छ।

उक्त शिविरमा विभिन्न विशेषज्ञ डाक्टरहरूको उपस्थितिमा सर्वसाधारण बिरामीहरूलाई नि:शुल्क स्वास्थ्य परीक्षण तथा शल्यक्रिया सेवा प्रदान गरिनेछ।

यस अवसरको अधिकतम लाभ लिन सम्पूर्ण स्थानीय बासिन्दा तथा सेवाग्राही महानुभावहरूलाई हार्दिक अनुरोध गरिन्छ।

📞 सम्पर्क: 9804710024


Helping Heart Nepal
सेवामा समर्पित मानवता 🙏

❄️ चिसोबाट बचाउने सानो प्रयास, ठूलो मानवता ❄️हेल्पिङ हार्ट नेपालको टिमले कठ्याङ्ग्रिँदो जाडोमा आर्थिक रूपमा कमजोर दलित प...
29/01/2026

❄️ चिसोबाट बचाउने सानो प्रयास, ठूलो मानवता ❄️
हेल्पिङ हार्ट नेपालको टिमले कठ्याङ्ग्रिँदो जाडोमा आर्थिक रूपमा कमजोर दलित परिवारहरूका घर–घरमा पुगेर खाद्यान्न (रासन) तथा ब्ल्याङ्केट वितरण गर्दै न्यानो मात्र होइन, आशा र आत्मसम्मान पनि बाँड्ने प्रयास गरेको छ।
मानवताको यही सेवामा हामी निरन्तर साथ दिनेछौं। 🤍
Helping Heart Nepal

Address

Bagbazar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Helping Heart Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Helping Heart Nepal:

Shortcuts

Share