03/04/2026
Citizenship Affected People’s Network (CAPN), in collaboration with Nationality For All (NFA) and the Global Campaign for Equal Nationality Rights (GCENR), successfully organized a discussion program titled “Discussion on Gender Equal Citizenship Rights in Nepal & Launch of the Global Atlas on Gendered Nationality Laws” on 31 March 2026 in Kathmandu.
The event brought together civil society representatives, researchers, media professionals, and affected individuals to engage in meaningful dialogue on gender unequal citizenship laws in Nepal, the social and economic implications, and the need for continued legal and constitutional reforms.
The program also marked the national launch of the Global Atlas on Gendered Nationality Laws, an interactive global resource aimed at strengthening evidence-based advocacy and promoting informed policy dialogue toward equal nationality rights worldwide.
——————————————
सिटिजनशिप अफेक्टेड पिपल्स नेटवर्क, नेशनलिटी फर अल, तथा ग्लोबल क्याम्पेन फर इक्वल नेशनलिटी राइट्स सँगको सहकार्यमा “डिस्कसन अन जेन्डर इक्वल सिटिजनशिप राइट्स इन नेपाल तथा लन्च अफ द ग्लोबल एटलस अन जेन्डर्ड नेशनलिटी लज” शीर्षकमा ३१ मार्च २०२६ मा काठमाडौंमा एक छलफल कार्यक्रम सफलतापूर्वक आयोजना गरेको थियो।
उक्त कार्यक्रममा नागरिक समाजका प्रतिनिधिहरू, अनुसन्धानकर्ता, सञ्चारकर्मी तथा नागरिकता समस्याबाट प्रभावित व्यक्तिहरूको सहभागितामा नेपालको लैङ्गिक असमान नागरिकता कानून, त्यसका सामाजिक तथा आर्थिक प्रभावहरू, तथा आवश्यक कानूनी र संवैधानिक सुधारको आवश्यकता सम्बन्धी विषयमा अर्थपूर्ण संवाद सम्पन्न भएको थियो।
कार्यक्रमका अवसरमा ग्लोबल एटलस अन जेन्डर्ड नेशनलिटी लज को राष्ट्रिय विमोचन समेत गरिएको थियो। यो एक अन्तरक्रियात्मक विश्वव्यापी स्रोत हो, जसले तथ्यमा आधारित पैरवीलाई सुदृढ बनाउन तथा समान नागरिकता अधिकारतर्फ सूचित नीतिगत संवाद प्रवर्द्धन गर्न सहयोग पुर्याउने उद्देश्य राखेको छ।