27/07/2026
आकाशा ट्रेनीशिप पाँचौँ ब्याच: पहिलो महिनाको यात्रा🌿👩🎓
संशोधित तथा अझ व्यवहारिक बनाई ५ महिने पाठ्यक्रमको साथमा सञ्चालनमा आएको आकाशा ट्रेनीशिपको पाँचौँ ब्याचमा सहभागी नेपाली दिदी बहिनीहरूले सफलतापूर्वक ट्रेनीशिपको पहिलो महिना पूरा गर्नुभएको छ। यस अवधिमा उहाँहरूले अङ्ग्रेजी भाषा, स्वास्थ्य, वातावरण र सरसफाइ, आत्मरक्षा, एक्रोबेटिक्स, आधारभूत कम्प्युटर लगायतका विषयमा सिप विकास गर्दै, विभिन्न सामुदायिक गतिविधिहरूमा पनि सक्रिय सहभागिता जनाउनुभएको छ। 💪
केवल एक महिनामै प्रशिक्षार्थी दिदी बहिनीहरूले हरेक विषयप्रति उत्सुकता र जिज्ञासा देखाउँदै, हरेक सत्रमा सक्रिय रूपमा सहभागी हुँदै, व्यवहारिक सिप सिक्न सफल हुनुका साथै उहाँहरूमा आत्मविश्वासको पनि विकास भएको देखिन्छ।
आउँदो महिनाहरूमा उहाँहरूले आफ्नो सिकाइको यात्रालाई करियर अभिमुखीकरण, शैक्षिक भ्रमण, सामुदायिक सर्वेक्षण, प्रतिवेदन लेखन तथा अन्य विविध व्यवहारिक सिकाइका अनुभवहरू हासिल गर्दै अघि बढाउनुहुने छ।
हामी उहाँहरूको अहिलेसम्मको प्रगतिप्रति गर्व गर्छौँ र आगामी दिनहरूमा उहाँहरूको व्यक्तिगत तथा व्यावसायिक विकासको कामनासँगै, उहाँहरूले आ–आफ्नो समुदायमा सकारात्मक योगदान पुर्याउनुहुने छ भन्ने विश्वासका साथ हामी आउँदो दिनहरूका लागि उत्साहित छौँ।✨
First month of the Akasha Traineeship 5th Batch🌿👩🎓
With a renewed, more practical curriculum and a shorter 5-month program, this group of motivated young Nepali women have been building their skills in English, health, environment & hygiene, self-defense, acrobatics, basic computer skills, and community engagement 💪
In just one month, the trainees have shown great enthusiasm, actively participated in every session, gained practical skills, and grown in confidence.
Over the coming months, they will continue their journey through career orientation, field visits, community surveys, report writing, and many more hands-on learning experiences.
We are proud of their progress so far and look forward to seeing their continued personal and professional growth, as well as the positive impact they will make in their communities✨