NCD and Mental Health Campaign

NCD and Mental Health Campaign Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NCD and Mental Health Campaign, Community Service, Sarswatinagar/6, Kathmandu.

मिति २०८२/१२/२८ गते शनिबार, काठमाडौँ महानगरपालिका वडा नं. ६ अन्तर्गत सरस्वतीनगर सुधार संघको भवनमा समुदायको स्वास्थ्य सचे...
12/04/2026

मिति २०८२/१२/२८ गते शनिबार, काठमाडौँ महानगरपालिका वडा नं. ६ अन्तर्गत सरस्वतीनगर सुधार संघको भवनमा समुदायको स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले मधुमेह तथा उच्च रक्तचाप सम्बन्धी screening कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।
कार्यक्रममा ३४ जना स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो। जाँचका क्रममा ४ जनामा पूर्व मधुमेह, ८ जनामा पूर्व उच्च रक्तचाप तथा २१ जनामा उच्च रक्तचाप देखिएको थियो।
यो कार्यक्रम प्रत्येक महिनाको दोस्रो र चौथो शनिबार नियमित रूपमा सञ्चालन हुँदै आएको छ। समयमै स्वास्थ्य जाँच गराएर सम्भावित जोखिम घटाउन तथा स्वस्थ जीवनशैली अपनाउन सम्पूर्ण सरस्वतीनगरवासीहरूमा हार्दिक अनुरोध गर्दछौँ।

मिति २०८२/१२/०७ गते शनिबार काठमाडौँ महानगरपालिका वडा नं. ६ स्थित सरस्वतीनगर सुधार संघको भवनमा समुदायको स्वास्थ्य प्रवर्द...
22/03/2026

मिति २०८२/१२/०७ गते शनिबार काठमाडौँ महानगरपालिका वडा नं. ६ स्थित सरस्वतीनगर सुधार संघको भवनमा समुदायको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले मधुमेह तथा उच्च रक्तचापको screening कार्यक्रम सम्पन्न भयो।
आजको कार्यक्रममा १० जना स्थानीय बासिन्दाहरु सहभागि हुनुभएको थियो। Screening को क्रममा ४ जानामा पूर्व उच्च रक्तचाप तथा ६ जानामा उच्च रक्तचाप देखिएको थियो।
सबै सरस्वतीनगर टोलबासीहरुमा नियमित सहभागिता जनाउनुहुन हार्दिक अनुरोध गर्दछौ।

हामीले Image Award मा प्रस्तुत गरेको तस्बिर Finalist का रूपमा छनोट भएको खबर सुनाउन पाउँदा हामी अत्यन्तै खुसी महसुस गरेका...
17/03/2026

हामीले Image Award मा प्रस्तुत गरेको तस्बिर Finalist का रूपमा छनोट भएको खबर सुनाउन पाउँदा हामी अत्यन्तै खुसी महसुस गरेका छौँ। उक्त तस्बिर अप्रिल ७ मा बोस्टनस्थित Joseph B. Martin Conference Center मा आयोजना हुने Celebration of Science कार्यक्रममा rotating slideshow gallery मा प्रदर्शन गरिनेछ।
हाम्रो कामलाई मान्यता दिइनु र अन्य प्रेरणादायी वैज्ञानिक योगदानहरूसँगै प्रदर्शन गरिनु हाम्रो लागि गौरवको विषय हो।

मिति २०८२/११/३० गते शनिबार बिहान सरस्वतीनगर (वार्ड नं ६) मा स्थानीय सम्माननीय नेतृत्वहरुसँग समुदायमा आधारित स्वास्थ्य पह...
15/03/2026

मिति २०८२/११/३० गते शनिबार बिहान सरस्वतीनगर (वार्ड नं ६) मा स्थानीय सम्माननीय नेतृत्वहरुसँग समुदायमा आधारित स्वास्थ्य पहललाई अगाडि बढाउने उद्देश्यले फलदायी बैठक सम्पन्न भयो। उक्त बैठकमा स्थानीय अवस्थाबारे बुझ्ने, आगामी रणनीतिहरू योजना गर्ने तथा मधुमेह भएका व्यक्तिहरूको पहिचानका लागि प्रभावकारी तथ्याङ्क संकलन समन्वय गर्ने विषयमा केन्द्रित भएर छलफल गर्‍यौं।
यस सहकार्यले समुदायसँगको सहभागिता अझ मजबुत बनाउने र राम्रो स्वास्थ्य परिणामका लागि प्रमाण–आधारित कार्यहरूलाई अघि बढाउने लक्ष्य राखेका छौँ।
यसै क्रममा “Understanding the Perceptions and Coping Mechanisms of Individuals with Type 2 Diabetes: An Interpretive Qualitative Study” शीर्षकको हाम्रो अनुसन्धान सञ्चालन गर्न काठमाडौं महानगरपालिका स्वास्थ्य विभागबाट आधिकारिक स्वीकृति प्राप्त भएको जानकारी गराउन पाउँदा हामी अत्यन्तै खुसी छौँ। साथै, उक्त अध्ययनलाई नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट पनि स्वीकृति प्राप्त भएको छ। सरस्वतीनगरमा तथ्याङ्क संकलन सुरु गर्ने क्रममा प्राप्त सहयोगप्रति हामी हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ।

मिति २०८२/११/०९ गते शनिबार काठमाडौँ महानगरपालिका वडा नं. ६ स्थित सरस्वतीनगर सुधार संघको भवनमा समुदायको स्वास्थ्य प्रवर्द...
21/02/2026

मिति २०८२/११/०९ गते शनिबार काठमाडौँ महानगरपालिका वडा नं. ६ स्थित सरस्वतीनगर सुधार संघको भवनमा समुदायको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले मधुमेह तथा उच्च रक्तचापको screening कार्यक्रम सम्पन्न भयो।
आजको कार्यक्रममा २२ जना स्थानीय बासिन्दाहरु सहभागि हुनुभएको थियो। Screening को क्रममा ४ जानामा पूर्व मधुमेह, ३ जानामा मधुमेह, ९ जानामा पूर्व उच्च रक्तचाप तथा १२ जानामा उच्च रक्तचाप देखिएको थियो। पहिचान भएका व्यक्तिहरूलाई आवश्यक स्वास्थ्य परामर्श र थप जाँच तथा उपचारका लागि सुझाव प्रदान गरियो।
यो कार्यक्रम हरेक महिनाको दोस्रो र चौथो शनिबार नियमित रूपमा सञ्चालन हुँदै आएको छ। समयमै screening गराई रोगको जोखिम कम गर्न र स्वस्थ जीवनशैली अपनाउन सम्पूर्ण सरस्वतीनगरवासीहरूलाई हार्दिक अनुरोध गर्दछौं।
आउनुहोस्, नियमित स्वास्थ्य जाँच गरौँ र स्वस्थ समाज निर्माणमा सबै मिलेर योगदान पुर्‍याऔँ।
अबको अर्को कार्यक्रम २०८२/११/२३ गते बिहान ८ बजे सरस्वतीनगर सुधार संघको भवनमा सञ्चालन हुनेछ।

मिति २०८२ /१० /२४  गते शनिवार नसर्ने र मानसिक रोगको जनचेतना अभिबृद्धि गरी आम जनसमुदायको स्वास्थ्यमा सुधार गर्ने उद्देश्य...
07/02/2026

मिति २०८२ /१० /२४ गते शनिवार नसर्ने र मानसिक रोगको जनचेतना अभिबृद्धि गरी आम जनसमुदायको स्वास्थ्यमा सुधार गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिका वडा नम्बर ६ स्थित सरस्वतीनगर सुधार संगको भवनमा मधुमेह र उच्च रक्तचाप screening कार्यक्रम सम्पन्न भयो। आजको कार्यक्रममा ३२ जना सहभागि हुनुभएको थियो। उहाँहरु मध्य ७ जनामा पूर्व मधुमेह, २ जनामा मधुमेह, ७ जनामा पूर्व उच्च रक्तचाप र १२ जनामा उच्च रक्तचाप देखिएको थियो।
यस कार्यक्रम हरेक महिनाको दोस्रो र चौथो शनिबार सञ्चालन हुदै आएको छ। सबै सरस्वतीनगर टोलबासीहरुमा नियमित सहभागिता जनाउनुहुन हार्दिक अनुरोध गर्दछौ।

आजका साना जीवनशैली परिवर्तनहरू, भोलिको बलियो शरीर र स्वस्थ मन।
06/02/2026

आजका साना जीवनशैली परिवर्तनहरू, भोलिको बलियो शरीर र स्वस्थ मन।

मधुमेह र उच्च रक्तचाप: समयमै सचेत बनौँ, स्वस्थ रहौँ।आजकल धेरै मानिसहरूलाई असर गरिरहेका दुई प्रमुख दीर्घ रोगहरू हुन् मधुम...
26/01/2026

मधुमेह र उच्च रक्तचाप: समयमै सचेत बनौँ, स्वस्थ रहौँ।
आजकल धेरै मानिसहरूलाई असर गरिरहेका दुई प्रमुख दीर्घ रोगहरू हुन् मधुमेह (डायबिटिज) र उच्च रक्तचाप (हाइपरटेन्सन)। यी रोगहरूको सुरुमा स्पष्ट लक्षण नदेखिन पनि सक्छन तर समयमै नियन्त्रण नगरिएमा मुटु, मिर्गौला, आँखालगायत शरीरका महत्वपूर्ण अंगहरूमा गम्भीर असर पुर्‍याउन सक्छन्। त्यसैले नियमित स्वास्थ्य जाँच र सचेत जीवनशैली अत्यन्त आवश्यक छ।
यही उद्देश्यले हामी सरस्वती नगर मन्दिर, सरस्वती नगर, बौद्धमा हरेक दो्स्रो र चौथो शनिबार रक्तचाप (ब्लड प्रेसर) र सुगर (ब्लड ग्लुकोज)स्क्रिनिङ कार्यक्रम सञ्चालन गर्दै आएका छौँ। समुदायमा मधुमेह र उच्च रक्तचापजस्ता दीर्घ रोगबारे जनचेतना फैलाउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा सबै दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफ्नो स्वास्थ्य परीक्षणका लागि सहभागी हुन हार्दिक अनुरोध गर्दछौँ।
गत शनिबार सम्पन्न भएको कार्यक्रमको क्रममा १५ जनामा गरिएको जाँचअनुसार १० जनामा उच्च रक्तचाप, ५ जनामा पूर्व–उच्च रक्तचाप, ३ जनामा मधुमेह र ३ जनामा पूर्व–मधुमेहको अवस्था देखिएको पाइयो। यसले हाम्रो समुदायमा धेरै व्यक्तिहरू स्वास्थ्य जोखिमको अवस्थामा रहेको स्पष्ट संकेत गर्दछ र नियमित स्वास्थ्य जाँच तथा समयमै सचेत हुनुपर्ने आवश्यकता झनै उजागर गरेको छ।
मधुमेह र उच्च रक्तचापबाट बच्न तथा नियन्त्रण गर्न:
✅ सन्तुलित र स्वस्थ आहार खानु
✅ नुन, चिनी र बोसो कम प्रयोग गर्नु
✅ नियमित व्यायाम गर्नु
✅ धूम्रपान र मदिरा त्याग्नु
✅ नियमित रूपमा स्वास्थ्य जाँच गराउनु
📢 सन्देश:
लक्षण नदेखिँदै पनि रोग हुन सक्छ।
त्यसैले आजैदेखि आफ्नो स्वास्थ्यप्रति सचेत बनौँ, समयमै जाँच गरौँ र स्वस्थ जीवनशैली अपनाऔँ।
स्वस्थ जीवन हाम्रो आफ्नै जिम्मेवारी हो।

16/06/2025
2082/02/24 Saraswati Temple, Saraswati nagar NCD AND MENTAL HEALTH CAMPAIGN
07/06/2025

2082/02/24
Saraswati Temple, Saraswati nagar
NCD AND MENTAL HEALTH CAMPAIGN

WORLD NO TO***CO DAY May 31 2025 Exposing lies, protecting lives:Unmask the appeal of to***co and ni****neसुर्तीजन्य उद्...
31/05/2025

WORLD NO TO***CO DAY
May 31 2025

Exposing lies, protecting lives:
Unmask the appeal of to***co and ni****ne

सुर्तीजन्य उद्योग आकर्षक चाल, प्राणघातक असर —चिरौं यो मोहजाल।”


***COAWARENESS

Address

Sarswatinagar/6
Kathmandu
12345

Telephone

+9779813865905

Website

Alerts

Be the first to know and let us send you an email when NCD and Mental Health Campaign posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share