29/06/2026
टोखा नगरपालिका वडा नम्बर १० को आर्थिक सहयोगमा ड्रीमप्वाइन्ट एजुकेशनल एन्ड ट्रेनिङ इन्स्टिच्युटले सन्चालनमा ल्याएको १० दिवशीय उद्धमशिलता, योजना निर्माण सहित उत्प्रेरणा तालिम कार्यक्रम सम्पन्न भएको छ । टोनपा १० का वडाध्यक्ष मचाकाजी महर्जनज्यु, कार्यपालिका सदस्य लिलादेवी अधिकारीज्यु र वडा सदस्य जगतलाल शाहीज्युको उपस्थितिमा सहभागीहरुलाइ प्रमाणपत्र वितरण गरि तालिम सम्पन्न भयो । समापन सत्रमा अनुभवीय मन्तव्य राख्ने क्रममा सहभागीहरुले तालिम लिएपछि कुनै न कुनै उद्दम तर्फ अग्रसर हुने जोश र जाङ्गर बढेको बताए । उद्दम सुरु कसरी गर्ने, उद्दम गर्ने क्रममा आउने चुनौतीहरु, सफल उद्दमीमा हुनुपर्ने गुणहरु, व्यवसायिक योजना निर्माण, बजारिकरण, वस्तु तथा सेवाको मुल्य निर्धारण, ग्राहक सङ्गको कुराकानीको सन्दर्भमा महत्त्वपुर्ण शिक्षा प्राप्त गर्ने अवसर मिल्यो भन्ने धारणा व्यक्त गरे र यसप्रकार कार्यक्रमहरु भावी दिनहरुमा समेत निरन्तर हुनुपर्ने बताउनुभयो । प्रमुख अतिथि मचाकाजी महर्जनज्युले तालिम पश्चात कुनै न कुनै उद्दम व्यवसायमा क्रीयाशिल भएको खण्डमा वडाले थप सहयोग र सहकार्य गर्ने धारणा व्यक्त गर्नुभयो । उद्दममा लाग्ने सके आफ्नो जीवनमा मात्र होइन सम्पुर्ण समाजलाइ नै प्रभाव पार्न सक्ने बताउनुभयो । ड्रीमप्वाइन्ट इन्स्टिच्युटका अध्यक्ष शङ्कर प्रधानको अध्यक्षताम सन्चालित तालिम कार्यक्रममा कार्यपालिका सदस्य लिलादेवी अधिकारीज्युले दिदीबहिनिहरु आर्थिक रुपमा सबल बन्न सके नै समाजले गति समात्न सक्छ भन्ने विचार व्यक्त गर्नुभयो । हामीले जानेका कुराहरु व्यवहारमा उतार्दै जान सक्ने बन्नुपर्छ भन्ने धारणा समेत राख्नुभयो । प्रशिक्षणको दौरानमा सहजकर्ताको रुपमा शङ्कर कुमार प्रधान, सिए जनक थापा, राजकुमार आचार्य, शरद श्रेष्ठ, किशोरी पण्डित, अन्जु मानन्धर शाही हुनुहुन्थ्यो ।