10/04/2026
सहिद लखन गाउपालीका वडा न ६ द्वारा आयोजित ३ दिवसिय महिलाहरुको क्षमता विकास तालिमको समापान आज मिति २०८२/१२/१७ गतेको दिन भएको छ। कार्यक्रमको सभाध्यक्षता सहिद लखन गाउपालिका वडा न ६ का वडाध्यक्ष दिलिप नारायण थापाज्यूले गर्नुभएको थियो भने प्रमुख अतिथिमा सहिद लखन गाउपालिकाको प्रमुख रमेश बाबु थापा मगर , विशिष्ट अतिथिमा गाउपालिकाको प्रमुख प्रशासकीय अधिकृत बाबुराम थापा मगर हुनुहुन्थ्यो। प्रशिक्षार्थी सरिता रोकाज्युले कार्यक्रम संचालिकाको भूमिका निर्वाह गर्नुभएको यो कार्यक्रमको स्वागत मन्तव्य,अनुभविय मन्तव्य तालिममा सहभागी प्रशिक्षार्थीहरुले नै दिनुभएको थियो। तालिममा प्रशिक्षकको भूमिका युवा प्रशिक्षक शरद श्रेष्ठज्युले निर्वाह गर्नुभएको थियो।
तालिम लिनुहुने सम्पूर्ण प्रशिक्षार्थीहरुलाई धेरै धेरै बधाई साथै शुभकामना🙏🙏