Buddha Shanti Nepal

Buddha Shanti Nepal Buddha Shanti Nepal is a women-led non-profit promoting humanity, social justice, cultural harmony, women’s empowerment, and community development.

We believe Nepal’s diversity is its strength, and progress comes through unity, dignity, and compassion.

स्वर्गीय ईश्वरी भुजेलको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभाका झलकहरू , उहाँको आत्माले चिरशान्ति प्राप्त गरोस्। 🕊️🕯️
22/06/2026

स्वर्गीय ईश्वरी भुजेलको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभाका झलकहरू , उहाँको आत्माले चिरशान्ति प्राप्त गरोस्। 🕊️🕯️

🙏🕯️ हार्दिक धन्यवाद 🕯️🙏स्वर्गीय ईश्वरी भुजेलज्यूको १३औँ पुण्यतिथिको अवसरमा बौद्ध मामथान क्षेत्रमा आयोजित दीप प्रज्वलन तथ...
17/06/2026

🙏🕯️ हार्दिक धन्यवाद 🕯️🙏

स्वर्गीय ईश्वरी भुजेलज्यूको १३औँ पुण्यतिथिको अवसरमा बौद्ध मामथान क्षेत्रमा आयोजित दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रममा सहभागी भई उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुहुने सम्पूर्ण महानुभावहरूमा बुद्ध शान्ति नेपाल परिवार हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ।

न्याय, शान्ति र मानवताको पक्षमा यहाँहरूले देखाउनुभएको ऐक्यबद्धता, सहभागिता र साथले हामी सबैलाई थप हौसला प्रदान गरेको छ। आजको उपस्थितिले एउटा सशक्त सन्देश दिएको छ—अन्यायका विरुद्ध समाज मौन छैन, न्यायको पक्षमा नागरिकहरू एकजुट छन्।

कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण नागरिक, युवा, समाजसेवी, पत्रकार, सुरक्षाकर्मी, स्थानीय बासिन्दा तथा विभिन्न संघसंस्थाप्रति विशेष कृतज्ञता व्यक्त गर्दछौं।

स्वर्गीय ईश्वरी भुजेलज्यूप्रति हार्दिक श्रद्धाञ्जली।
उहाँको आत्माले चिरशान्ति प्राप्त गरोस्।

🕯️ एउटा दीप, हजारौं नागरिकको आवाज।
🕯️ हामी बिर्सने छैनौं।
🕯️ न्याय, शान्ति र मानवताको पक्षमा सदैव एकजुट रहनेछौं।

धन्यवाद।

— बुद्ध शान्ति नेपाल 🙏

  भोलि दीप ज्योति ब्याङ्क्वेटमा भेटौँ है। भोलि हाम्रो अचार तालिमको चौथो दिन पनि हो र समापन कार्यक्रम पनि छ। अनि हाम्रो अ...
02/02/2026


भोलि दीप ज्योति ब्याङ्क्वेटमा भेटौँ है। भोलि हाम्रो अचार तालिमको चौथो दिन पनि हो र समापन कार्यक्रम पनि छ। अनि हाम्रो अचार कस्तो भएछ, प्रतिक्रिया पनि दिनु होला। 🙏🏼

02/02/2026

४ दिने अचार प्रशिक्षणको दोस्रो दिन-टिकेश्वरी हमाल

अस्ती छुटेको कार्यक्रमको हाइलाइट: मौलिक तामाङ सेलोको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदानका लागि उहाँलाई सम्मान गरिँ...
01/02/2026

अस्ती छुटेको कार्यक्रमको हाइलाइट: मौलिक तामाङ सेलोको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदानका लागि उहाँलाई सम्मान गरिँदा देखिएको यो हृदयस्पर्शी, भावुक क्षण। हाम्रो मौलिक संस्कृति जोगाउन समर्पित सबैलाई हार्दिक सम्मान। 🙏

#अस्तीकोहाइलाइट #तामाङसेलो #असलीतामाङसेलो #तामाङसंस्कृति #मौलिकसंस्कृति #लोकसंगीत #नेपालीसंस्कृति #संस्कृतिकोसंरक्षण #सांस्कृतिकधरोहर #सम्मान #समर्पण #धन्यवाद

गोकर्णेश्वर–६ मा बुद्ध शान्ति नेपाल र गोकर्णेश्वर नगरपालिकाको ४ दिने अचार तालिम सुरु(महिला सशक्तीकरण र उद्यमशीलतामा केन्...
01/02/2026

गोकर्णेश्वर–६ मा बुद्ध शान्ति नेपाल र गोकर्णेश्वर नगरपालिकाको ४ दिने अचार तालिम सुरु

(महिला सशक्तीकरण र उद्यमशीलतामा केन्द्रित व्यवहारिक प्रशिक्षण)

बुद्ध शान्ति नेपाल र गोकर्णेश्वर नगरपालिकाको संयुक्त आयोजनामा ४ दिने अचार बनाउने तालिम हिजोबाट सुरु भएको छ। तालिमको उद्घाटन गोकर्णेश्वर–६ का ज्येष्ठ नागरिक तथा बुद्ध शान्ति नेपालका महत्वपूर्ण सदस्यबाट सम्पन्न भयो।

यस तालिममा २० जना महिलालाई अचार बनाउने सुरुवातदेखि प्याकेजिङसम्मका सबै चरणहरूमा व्यवहारिक प्रशिक्षण प्रदान गरिँदैछ। तालिममा खसी, कुखुरा, मुला, लप्सी र खुर्सानीका विभिन्न प्रकारका अचार तयार गर्ने सीप विकास गराइनेछ।

कार्यक्रमको मुख्य उद्देश्य महिला सशक्तीकरण, आत्मनिर्भरता र उद्यमशीलता प्रवर्द्धन हो—सीपलाई उत्पादन र आम्दानीसँग जोड्दै महिलाहरूलाई घरमै सानो व्यवसाय सुरु गर्न सक्षम बनाउने लक्ष्य राखिएको छ। बजारमैत्रीकरणका लागि तयार उत्पादनलाई २००g, ४००g र ७५०g साइजमा प्याकिङ/लेबलिङ गर्ने अभ्याससमेत गराइनेछ।

तालिमको समापन कार्यक्रम मंगलबार दीप ज्योति ब्याङ्क्वेटमा आयोजना हुनेछ।

 #धन्यवादहाम्रो “आफ्नो परम्परा र संस्कार–संस्कृति जोगाऔँ रासौँ, भेषभूषा र गरगहनाको संरक्षण गरौँ” भन्ने मूल विषयमा मिति: ...
22/01/2026

#धन्यवाद

हाम्रो “आफ्नो परम्परा र संस्कार–संस्कृति जोगाऔँ रासौँ, भेषभूषा र गरगहनाको संरक्षण गरौँ” भन्ने मूल विषयमा मिति: २०८२ साल माघ २ गते आयोजित कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति बुद्ध शान्ति नेपाल हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछ।

कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागीहरू, सञ्चारकर्मी साथीहरू, तथा बुद्ध शान्ति नेपालका समर्थक/अभियन्ताहरूको अमूल्य साथ, सहयोग र उपस्थितिका लागि विशेष आभार। विशेष रूपमा कार्यक्रममा सहभागीहरू अधिकांश महिला दिदीबहिनीहरू रहनु भएकोले, सहभागिता जनाउनुहुने विभिन्न महिला समूह, महिला संस्था/संगठनहरू, तथा महिला अभियन्ताहरू प्रति पनि बुद्ध शान्ति नेपालले उच्च सम्मानका साथ हार्दिक धन्यवाद व्यक्त गर्दछ।

यस कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्‍याउनुहुने गोकर्णेश्वर नगरपालिका तथा वडा नं. ६ का सरकारी कर्मचारीहरू र वडा नं. ६ का सम्पूर्ण स्थानीयवासीहरूप्रति हाम्रो विशेष धन्यवाद छ।

यस अवसरमा उपस्थित रहनुहुने आदरणीय नेतृत्वकर्ता तथा विशिष्ट अतिथिहरू—सन्तोष चालिसेज्यू, दीपक रिसालज्यू (प्रमुख, गोकर्णेश्वर नगरपालिका), उपप्रमुख सान्नानी लामाज्यू, तथा राष्ट्रिय महिला आयोगकी प्रवक्ता कृष्णकुमारी खतीवडाज्यू लगायत अन्य सबै प्रतिनिधि, सामाजिक अगुवा तथा शुभेच्छुकहरूलाई पनि हार्दिक धन्यवाद।

अन्त्यमा, कार्यक्रम सफल बनाउन महत्वपूर्ण सहयोग, समन्वय र योगदान पुर्‍याउनुहुने आदरणीय शान्ति श्रेष्ठज्यू प्रति विशेष धन्यवाद तथा उच्च सम्मान व्यक्त गर्दछौँ।

कार्यक्रम सञ्चालनका क्रममा हामीबाट कुनै त्रुटि, कमजोरी वा असहजता हुन गएको भए, त्यसप्रति क्षमायाचना गर्दछौँ। यस्ता अनुभवबाट सिक्दै आगामी दिनमा अझ व्यवस्थित, प्रभावकारी र उत्कृष्ट कार्यक्रम प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ।

19/01/2026

सोनाम ल्होछार २८६२ को पावन अवसरमा नेपाल तथा विश्वभर रहनु भएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना। यो नयाँ वर्षले सबै जातजाति, भाषा, धर्म र संस्कृतिबीचको आपसी सम्मान, सद्भाव र एकतालाई अझ मजबुत बनाओस्। शान्ति, स्वास्थ्य र समृद्धि सबैको जीवनमा रहोस्।- Buddha Shanti Nepal

माघ २, २०८२ मा मनजुश्री संवत २८६२ तथा Taa lho(घोडा) वर्ष सोनाम ल्होछार २०८२ को अवसरमा आयोजित “शुभकामना आदान–प्रदान कार्य...
18/01/2026

माघ २, २०८२ मा मनजुश्री संवत २८६२ तथा Taa lho(घोडा) वर्ष सोनाम ल्होछार २०८२ को अवसरमा आयोजित “शुभकामना आदान–प्रदान कार्यक्रम”को प्रमुख हाइलाइट

Gen-z आन्दोलन/प्रदर्शनका क्रममा बौद्ध क्षेत्रमा उत्पन्न तनावपूर्ण परिस्थितिमा प्रहरी बूथमाथि आक्रमण र आगजनीको गम्भीर जोख...
20/12/2025

Gen-z आन्दोलन/प्रदर्शनका क्रममा बौद्ध क्षेत्रमा उत्पन्न तनावपूर्ण परिस्थितिमा प्रहरी बूथमाथि आक्रमण र आगजनीको गम्भीर जोखिम देखिएको बेला बौद्ध शान्ति नेपालले स्थानीय समुदायसँग मिलेर देखाएको स्मरणीय संयमता, साहस र शान्ति–स्थापना प्रयासको उच्च मूल्याङ्कन गर्दै प्रहरी बूथ बौद्ध पुनःनिर्माण समितिले संस्थाका निर्देशक तथा टोलीलाई सम्मानपत्र (Letter of Appreciation) प्रदान गरेको छ।

उक्त घटनाका बेला प्रहरी बूथ तत्कालै जलाइने अवस्था नजिकिँदा, बौद्ध शान्ति नेपाल र स्थानीय नागरिकहरू सडकमा उभिएर केही घण्टासम्म परिस्थितिलाई नियन्त्रणमा राख्न, भीडलाई शान्त पार्न, र सम्भावित आगजनी रोक्न मानवीय ढालझैँ बनेर सक्रिय भूमिका निर्वाह गरेका थिए।
यद्यपि अत्यन्तै कठिन परिस्थितिका कारण अन्ततः प्रहरी बूथ जोगाउन सकिएन, तर अझ ठूलो क्षति, थप आगजनी र सम्भावित मानवीय दुर्घटना रोक्न गरिएको प्रयासले समुदायमा शान्तिको सशक्त सन्देश प्रवाह गरेको समितिको भनाइ छ।

सम्मान तथा कार्यक्रमका प्रमुख अतिथि प्रहरी महानिरीक्षक श्री दानबहादुर कार्की रहनु भएको थियो। उहाँले तनावपूर्ण अवस्थामासमेत नागरिक–प्रहरी सहकार्यले शान्ति कायम राख्न र सुरक्षित समाज निर्माणतर्फ योगदान पुर्‍याउने उल्लेख गर्दै बौद्ध शान्ति नेपाल र स्थानीय समुदायको जिम्मेवार भूमिकाको प्रशंसा गर्नुभयो।

कार्यक्रममा प्रहरी कार्यालयका पदाधिकारी, पुनःनिर्माण समितिका सदस्य तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

बौद्ध शान्ति नेपालले आगामी दिनहरूमा पनि समुदायमा शान्ति, संवाद र सहकार्यको संस्कृतिलाई बलियो बनाउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

Address

Boudha
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Buddha Shanti Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Buddha Shanti Nepal:

Shortcuts

Share