ITWAN Bagmati province

ITWAN Bagmati province ITWAN Bagmati

सुचना!                  सुचना!!                     सुचना!!!नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बागमती प्रदेश कमिटीको दो...
18/08/2026

सुचना! सुचना!! सुचना!!!
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बागमती प्रदेश कमिटीको दोश्रो पुर्ण बैठक तपसिल बमोजिम हुने भयकोले बागमती प्रदेशमा उपलब्ध केन्द्रीय नेतृत्व बागमती प्रदेश कमिटिका सम्पुर्ण कार्यसमिति तथा सल्लाहकार कमरेडहरुमा अनिवार्य उपस्थितिको लागि जानकारी गराउदछु।
मिति : २०८३/०५/०४ गते बिहिवार
समय: बिहान ७:०० बजे
स्थान : संगठन कार्यलय कोटेश्वर
सचिब
शिव कुमार श्रेष्ठ
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन
बागमती प्रदेश कमिटि

08/08/2026

प्रविधिमैत्री सेवा, मर्यादित श्रम: यातायात मजदुरको १२औँ महाधिवेशानको उद्घोष
यातायात मजदुरको नयाँ संकल्प: प्रविधिमैत्री सेवा, मर्यादित श्रम र सुनिश्चित सामाजिक सुरक्षा
२३ साउन २०८३
काठमाण्डौं । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको १२ औँ राष्ट्रिय महाधिवेशनको नारा र लोगो सार्वजनिक गरिएको छ । शनिबार जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले “सार्वजनिक यातायातमा प्रविधिमैत्री सेवा: मर्यादित श्रम र सुनिश्चित सामाजिक सुरक्षा” भन्ने मूल नारासहित महाधिवेशनको लोगो सार्वजनिक गर्नुभएको हो ।

“प्रविधिको तीव्र विकास भएसंगै यातायात क्षेत्रलाई पनि प्रविधिमा रूपान्तरणको दायीत्व बढेको छ । अब श्रमिक आन्दोलन पनि समयको परिवर्तनसँगै अगाडि बढ्नुपर्छ । श्रमिकको रोजगारी, सीप, मर्यादा र सामाजिक सुरक्षालाई केन्द्रमा राखेर सार्वजनिक यातायातको भविष्य निर्माण गर्नुपर्छ,” जिफन्ट अध्यक्ष श्रेष्ठले लोगो सार्वजनिक गर्दै भन्नुभयो । अध्यक्ष श्रेष्ठले सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाउँदै यातायात श्रमिकको श्रमलाई मर्यादित र सामाजिक सुरक्षालाई सुनिश्चित गर्ने उद्घोषसहित यातयात श्रमिकहरु महाधिवेशनमा होमिएको बताउनुभयो ।
आगामी ३ र ४ असोज २०८३ गते काठमाडौंमा आयोजना हुने महाधिवेशनलाई संगठनले यातायात श्रमिकको अधिकार र सामाजिक सुरक्षासँगै सार्वजनिक यातायात क्षेत्रको रूपान्तरणका लागि नयाँ कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ संगठनका अध्यक्ष भीमज्वाला राईले बताउनुभयो ।

४५० प्रतिनिधि सहभागी हुने
महाधिवेशनको तयारीका क्रममा शनिबार काठमाडौंमा सम्पन्न राष्ट्रिय कार्यशालाले सातवटै प्रदेशका अध्यक्ष, सचिव, कोषाध्यक्षलगायत पदाधिकारी तथा प्रतिनिधिहरुको सहभागितामा महाधिवेशनलाई भव्यता बनाउने निर्णय गरेको छ ।
महाधिवेशनमा सय जना सदस्यबाट १ जना प्रतिनिधि छानिएर देशभरबाट ४ सय ५० जना प्रतिनिधि सहभागी हुने अध्यक्ष राईले बताउनु भएको छ । महाधिवेशनमा सांगठनिक, आर्थिक तथा भावी कार्यदिशासम्बन्धी प्रतिवेदनमाथि छलफल हुनुका साथै संगठनको आगामी नेतृत्व समेत चयन हुने छ ।

७५ सदस्यीय मूल व्यवस्थापन समिति, १२ समिति गठन
महाधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउन संगठनका अध्यक्ष भीमज्वाला राईको संयोजकत्वमा ७५ सदस्यीय महाधिवेशन मूल व्यवस्थापन तथा परिचालन समिति गठन गरिएको छ । समितिमा केन्द्रीय कमिटी, केन्द्रीय निकाय र प्रदेश कमिटीका अध्यक्षहरु समेत रहेको छ ।
त्यसैगरी महाधिवेशनको तयारी तथा व्यवस्थापनका लागि विभिन्न जिम्मेवारीसहित १२ वटा विषयगत समिति गठन गरिएको छ । ती समितिहरुले विधान संशोधन, प्रतिनिधि व्यवस्थापन, आर्थिक व्यवस्थापन, प्रचारप्रसार, आवास तथा खाद्य, यातायात व्यवस्थापन, हल तथा मञ्च, सांस्कृतिक झाँकी, प्रविधि तथा आइटी व्यवस्थापन लगायतका काम सम्हाल्नेछन् ।

अध्यक्ष राईका अनुसार महाधिवेशनलाई परम्परागत अधिवेशनभन्दा फरक ढंगले प्रविधिमैत्री, व्यवस्थित र सहभागितामूलक बनाउने तयारी भइरहेको बताउनु भएको छ ।
“हामीले महाधिवेशनमा प्रविधिको प्रयोग मात्र गर्ने होइन, प्रविधिले यातायात श्रमिकको पेशा र रोजगारीमा पार्ने प्रभावमाथि पनि गम्भीर बहस गर्नेछ । नयाँ प्रविधिसँग प्रतिस्पर्धा गर्न सक्ने दक्ष श्रमशक्ति निर्माण गर्नु आजको आवश्यकता हो,” राईले भन्नुभयो ।

प्रविधिसँगै श्रमिकको अधिकारको बहस
सार्वजनिक यातायात क्षेत्रमा विद्युतीय सवारीसाधन, डिजिटल टिकटिङ, जीपीएस तथा ट्र्याकिङ प्रणाली, स्मार्ट ट्राफिक व्यवस्थापन, अनलाइन सेवा र कृत्रिम बुद्धिमत्ता (एआई) लगायत प्रविधिको प्रयोग बढ्दै गएको छ ।
यस्तो परिवर्तनसँगै यातायात श्रमिकको पेशा, रोजगारी र कार्यप्रकृतिमा समेत परिवर्तन आउन सक्ने भएकाले श्रमिकलाई नयाँ प्रविधिअनुकूल सीप तथा तालिम उपलब्ध गराउनुपर्ने संगठनको धारणा छ ।
महाधिवेशनले दक्ष तथा प्रविधिमैत्री श्रमशक्ति निर्माण, श्रमिकको पेशागत सुरक्षा, सामाजिक सुरक्षा, सडक सुरक्षा, उचित कार्यसमय, दुर्घटना जोखिम न्यूनीकरण र श्रमको मर्यादाका विषयलाई प्राथमिकतामा राख्ने तयारी गरेको छ ।
संगठनले यातायात श्रमिकलाई केवल सवारीसाधन सञ्चालन गर्ने जनशक्तिका रूपमा नभई सार्वजनिक यातायात प्रणालीको अभिन्न र दक्ष पेशागत श्रमशक्तिका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिँदै आएको छ।

विष्णु रिमाल र राजीव घिमिरेलाई सम्मान

महाधिवेशन उद्घाटन समारोहमा जिफन्टका संस्थापक महासचिव हुँदै अध्यक्ष तथा हाल संरक्षक रहनुभएका विष्णु रिमाललाई “श्रम हक र अन्तर्राष्ट्रिय ऐक्यबद्धता गौरव” सम्मान प्रदान गर्ने निर्णय गरिएको छ । संगठन निर्माणमा भूमिगत समयदेखि योगदान गर्नु भएका रिमाललाई नेपाली ट्रेड युनियन आन्दोलनलाई अन्तराष्ट्रिय मञ्चमा पुर्याउन योगदान गर्नुभएको अवसरमा विशेष सम्मान गर्न लागिएको हो ।
त्यसैगरी संगठनका पूर्व अध्यक्ष राजीव घिमिरेलाई “इटवान स्टार सम्मान” प्रदान गरिने भएको छ । संगठन निर्माण, यातायात श्रमिकको अधिकार स्थापित गर्न तथा श्रमिक आन्दोलनमा पुर्‍याएको योगदानको कदरस्वरूप दुवैलाई सम्मान गर्न लागिएको संगठनले जनाएको छ ।

विनोद श्रेष्ठ प्रमुख अतिथि
१२ औँ राष्ट्रिय महाधिवेशनको उद्घााटन समारोहमा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठलाई प्रमुख अतिथि बनाउने निर्णयसमेत राष्ट्रिय कार्यशालाले गरेको छ । महाधिवेशनमार्फत संगठनले यातायात श्रमिकको वर्तमान समस्या सम्बोधन गर्नुका साथै बदलिँदो यातायात प्रणाली र श्रम बजारलाई ध्यानमा राखेर आगामी चार वर्षका लागि स्पष्ट कार्यदिशा तय गर्ने तयारी गरेको छ ।
सांगठनिक विस्तारदेखि सामाजिक सुरक्षासम्म
राष्ट्रिय कार्यशालामा सातवटै प्रदेशबाट सहभागी संगठनका नेतृत्वले प्रदेश तथा जिल्लाको सांगठनिक अवस्था, सदस्यता विस्तार, यातायात क्षेत्रमा देखिएका श्रमिकका समस्या तथा महाधिवेशनको तयारीबारे जानकारी तथा सुझाव प्रस्तुत गरेका थिए।
संगठनले आगामी दिनमा यातायात श्रमिकको संगठनात्मक एकतालाई थप बलियो बनाउँदै सामाजिक सुरक्षा योजनामा श्रमिकको पहुँच विस्तार, पेशागत सीप विकास, सडक सुरक्षा, श्रमिकको स्वास्थ्य तथा सुरक्षा र सार्वजनिक यातायात सुधारका विषयलाई प्राथमिकतामा राख्ने जनाएको छ।
कार्यशालामा जिफन्टका उपाध्यक्ष विदुर कार्की र महासचिव लक्ष्मण शर्माले समसामयिक श्रम, संगठन तथा सामाजिक–आर्थिक विषयमा सम्बोधन गर्नुभएको थियो।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको १२औँ महाधिवेशनले नेतृत्व चयनसँगै सार्वजनिक यातायात क्षेत्रमा श्रमिकको भूमिका र अधिकारलाई नयाँ प्रविधि तथा बदलिँदो श्रम बजारसँग जोडेर अघि बढाउने अपेक्षा गरिएको छ ।
संगठनले महाधिवेशनको मूल भावका रूपमा अघि सारेको “सार्वजनिक यातायातमा प्रविधिमैत्री सेवा ः मर्यादित श्रम र सुनिश्चित सामाजिक सुरक्षा” नाराले यातायात क्षेत्रको भविष्यलाई प्रविधि, दक्ष श्रमशक्ति, श्रमिकको सम्मान र सामाजिक सुरक्षासँग जोड्ने सन्देश दिएको छ ।

४ साउन २०८३जिल्ला प्रशासन कार्यलय मानभबन,ललितपुर जिल्ला प्रशासन कार्यलय बबरमहल,काठमाडौ                      नेपाल याताया...
20/07/2026

४ साउन २०८३
जिल्ला प्रशासन कार्यलय मानभबन,ललितपुर
जिल्ला प्रशासन कार्यलय बबरमहल,काठमाडौ
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय कमिटीको निर्णयअनुसार यातायात कानुन निर्माण गर्ने क्रममा बन्दै गरेको विधेयक मा मजदुर विरोधी बुँदाहरू समावेश भएको हुँदा सो बुँदाहरू हटाउन संशोधन गर्न आवश्यक देखिएकोले संगठनले संशोधनको लागि ७७ वटा जिल्ला प्रशासन कार्यालय मार्फत यातायात मन्त्रालयलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम अन्तर्गत आज ललितपुरको जिल्ला प्रशासन कार्यालय मानभवन र काठमाडौँको जिल्ला प्रशासन कार्यालय बबरमहलमा संगठनका केन्द्रीय उपाध्यक्ष नवराज घिमिरेको नेतृत्वमा केन्द्रीय सदस्य मंगल कुमार ब्लोन र बागमती प्रदेश अध्यक्ष वेद प्रसाद घिमिरे डाक बहादुर राउत विनोद बुढाथोकी गणेशबहादुर श्रेष्ठ सहबहादुर बिक शान्ति क्षेत्री राजु नापित राधेश्याम श्रेष्ठ गोकर्ण बहादुर ढुंगाना आकाश तामाङ सहितको उपस्थितिमा ज्ञापनपत्र बुझाइयो।

Address

Kathmandu
44600

Telephone

+9779841184369

Website

Alerts

Be the first to know and let us send you an email when ITWAN Bagmati province posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to ITWAN Bagmati province:

Shortcuts

Share

Category