DGM Nepal

DGM Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from DGM Nepal, Non-Governmental Organization (NGO), 288 Gairidhara Marg, Kathmandu.

Climate Change | REDD+| SFM | Indigenous Peoples| Local Communities| NTFP Forestry Enterprise| Livelihood | Grant-Based | World Bank | Climate Investment Fund (CIF)

डिजिएम नेपाल परियोजना अन्तर्गत तेस्रो चरणका अनुदानग्राहीहरूका लागि दुईदिने वित्तीय अभिमुखीकरण, सिकाइ तथा कार्यान्वयन कार...
11/09/2026

डिजिएम नेपाल परियोजना अन्तर्गत तेस्रो चरणका अनुदानग्राहीहरूका लागि दुईदिने वित्तीय अभिमुखीकरण, सिकाइ तथा कार्यान्वयन कार्यशाला गोष्ठी सम्पन्न।
Rural Reconstruction Nepal (RRN) Pralhad Karki Manoj K. Singh

09/09/2026
Rural Reconstruction Nepal (RRN) as the National Executing agency of DGM Nepal project is on the ground, proactively sup...
07/09/2026

Rural Reconstruction Nepal (RRN) as the National Executing agency of DGM Nepal project is on the ground, proactively supporting the Flood affected families in Rasuwa, and Nuwakot.

डीजीएम नेपाल परियोजनाको राष्ट्रिय कार्यान्वयन संस्था- नेपाल ग्रामीण पुनर्निर्माण (RRN)-संस्थाले रसुवा, नुवाकोटका बाढी प्रभावित परिवारहरूलाई सक्रिय रूपमा सहयोग गरिरहेको

𝐒𝐓𝐀𝐓𝐄𝐌𝐄𝐍𝐓 𝐎𝐍 𝐓𝐇𝐄 𝐑𝐀𝐒𝐔𝐖𝐀         𝐁𝐇𝐎𝐓𝐄𝐊𝐎𝐒𝐇𝐈 𝐅𝐋𝐎𝐎𝐃 𝐃𝐈𝐒𝐀𝐒𝐓𝐄𝐑𝐃𝐞𝐝𝐢𝐜𝐚𝐭𝐞𝐝 𝐆𝐫𝐚𝐧𝐭 𝐌𝐞𝐜𝐡𝐚𝐧𝐢𝐬𝐦 (𝐃𝐆𝐌) 𝐍𝐞𝐩𝐚𝐥 𝐏𝐫𝐨𝐣𝐞𝐜𝐭रसुवा भोटेकोशी बाढ...
31/08/2026

𝐒𝐓𝐀𝐓𝐄𝐌𝐄𝐍𝐓 𝐎𝐍 𝐓𝐇𝐄 𝐑𝐀𝐒𝐔𝐖𝐀 𝐁𝐇𝐎𝐓𝐄𝐊𝐎𝐒𝐇𝐈 𝐅𝐋𝐎𝐎𝐃 𝐃𝐈𝐒𝐀𝐒𝐓𝐄𝐑
𝐃𝐞𝐝𝐢𝐜𝐚𝐭𝐞𝐝 𝐆𝐫𝐚𝐧𝐭 𝐌𝐞𝐜𝐡𝐚𝐧𝐢𝐬𝐦 (𝐃𝐆𝐌) 𝐍𝐞𝐩𝐚𝐥 𝐏𝐫𝐨𝐣𝐞𝐜𝐭
रसुवा भोटेकोशी बाढीसम्बन्धी शोक तथा ऐक्यबद्धता वक्तव्य

DGM नेपाल परियोजना रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको अपूरणीय मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछ।

यस विपद्मा ज्यान गुमाउनु भएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै, घाइते, विस्थापित, बेपत्ता तथा आफ्नो घर, सम्पत्ति र जीविकोपार्जन गुमाएका सम्पूर्ण प्रभावित व्यक्ति तथा समुदायप्रति हाम्रो ऐक्यबद्धता व्यक्त गर्दछौँ।

बाढीबाट घरबस्ती, सडक, पुल, पूर्वाधार तथा जीविकोपार्जनमा पुगेको क्षतिले प्रभावित समुदायमा गम्भीर संकट सिर्जना गरेको छ। विशेषगरी आदिवासी जनजाति तथा स्थानीय समुदाय, वनमा निर्भर परिवार, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अन्य जोखिममा रहेका समुदायका आवश्यकता र आवाजलाई राहत, पुनर्स्थापना र पुनर्निर्माणका सबै चरणमा प्राथमिकता दिन आवश्यक छ।

यस दुःखद् घडीमा सम्पूर्ण प्रभावित परिवार तथा समुदायप्रति DGM नेपाल गहिरो ऐक्यबद्धता व्यक्त गर्दछ।

दिवंगत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली।
शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना।

डेडिकेटेड ग्रान्ट मेकानिजम (DGM) नेपाल परियोजना
नेपाल ग्रामीण पुनर्निर्माण संस्था (RRN)

The Dedicated Grant Mechanism (DGM) Nepal Project expresses its deep sorrow over the devastating floods and destruction caused .

We extend our deepest condolences to all those who have lost their lives and heartfelt solidarity to the families who are grieving, as well as to the many individuals and communities who have been displaced, injured, separated from their families, or otherwise affected by this tragic disaster.

Our thoughts and solidarity remain with the affected families and communities.

🙏

डीजीएम नेपालअन्तर्गत मोरिङ्गासम्बन्धी अनुदान प्राप्त गरी छनोट भएका मधेश प्रदेशका अनुदानग्राही संस्थाहरूका लागि आयोजना गर...
24/08/2026

डीजीएम नेपालअन्तर्गत मोरिङ्गासम्बन्धी अनुदान प्राप्त गरी छनोट भएका मधेश प्रदेशका अनुदानग्राही संस्थाहरूका लागि आयोजना गरिएको दुईदिने “मोरिङ्गा उत्पादन तथा प्रशोधनसम्बन्धी तालिम” कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। Rural Reconstruction Nepal (RRN) Bhanu Parajuli Manoj K. Singh Susmita Katwal

🌿 कर्णाली | पारिवारिक वन र REDD+ सम्बन्धी प्रादेशिक कार्यशालापारिवारिक वनलाई REDD+, कार्बन वित्त र न्यायोचित लाभ बाँडफाँ...
15/08/2026

🌿 कर्णाली | पारिवारिक वन र REDD+ सम्बन्धी प्रादेशिक कार्यशाला

पारिवारिक वनलाई REDD+, कार्बन वित्त र न्यायोचित लाभ बाँडफाँडसँग कसरी जोड्ने?

कर्णालीमा वन केवल प्राकृतिक स्रोत होइन—यो परिवारको जीविकोपार्जन, स्थानीय अर्थतन्त्र, परम्परागत ज्ञान, संस्कृति र समुदायको भविष्यसँग जोडिएको आधार हो। वन संरक्षण तथा व्यवस्थापनमा पारिवारिक वनका धनी र स्थानीय समुदायको योगदान महत्वपूर्ण हुँदाहुँदै पनि REDD+ तथा कार्बन वित्तका प्रक्रियामा उनीहरूको भूमिका र पहुँचलाई अझ सुदृढ गर्न आवश्यक छ।

यसै सन्दर्भमा DGM Nepal ले कर्णालीमा पारिवारिक वन तथा वनमा आधारित समुदायको REDD+, कार्बन वित्त र लाभ बाँडफाँडसम्बन्धी ज्ञान, क्षमता र अर्थपूर्ण सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले प्रादेशिक कार्यशाला आयोजना गरेको हो।

कार्यशालामा सहभागीहरूले विशेषगरी:

🌱 पारिवारिक वन र REDD+ बीचको सम्बन्ध तथा वन संरक्षणमा परिवारको योगदानबारे छलफल गरे।
🌱 कार्बन, कार्बन वित्त र सम्भावित लाभ स्थानीय समुदायले बुझ्ने सरल भाषामा जानकारी आदानप्रदान गरे।
🌱 न्यायोचित, पारदर्शी र समावेशी लाभ बाँडफाँड कसरी सुनिश्चित गर्ने भन्ने विषयमा संवाद गरे।
🌱 कर्णालीका वनमा निर्भर परिवार तथा समुदायका स्थानीय अनुभव, ज्ञान, चुनौती र प्राथमिकता पहिचान गरे।
🌱 महिला, आदिवासी जनजाति, युवा तथा अन्य वनमा निर्भर समुदायको अर्थपूर्ण सहभागिता कसरी सुदृढ गर्ने भन्नेबारे छलफल गरे।
🌱 REDD+ तथा जलवायु शासनमा स्थानीय समुदायको आवाज र सहभागिता संस्थागत गर्ने सम्भावना पहिचान गरे।

DGM Nepal को मूल उद्देश्य नै आदिवासी जनजाति तथा स्थानीय समुदायको क्षमता र आवाजलाई सुदृढ गर्दै वन, जलवायु र REDD+ सम्बन्धी प्रक्रियामा उनीहरूको अर्थपूर्ण सहभागिता, अधिकार र लाभमा पहुँच बढाउनु हो।

कर्णालीको सन्दर्भमा आजको संवादले एउटा महत्वपूर्ण सन्देश दिएको छ:

“वन संरक्षणमा समुदायको योगदान पहिचान मात्र होइन—त्यो योगदानबाट सिर्जित अवसर र लाभमा समुदायको न्यायोचित पहुँच पनि सुनिश्चित हुनुपर्छ।”

📍 सुर्खेत, कर्णाली प्रदेश
📅 १५ अगस्ट २०२६

आयोजक: ग्रामीण पुनर्निर्माण नेपाल (RRN) — DGM Nepal को राष्ट्रिय कार्यान्वयन निकाय

📍 नेपालगञ्ज | REDD सेल समिति – लाभ बाँडफाँड योजना (BSP) सम्बन्धी अभिमुखीकरण तथा समन्वयनेपालको REDD+ लाभ बाँडफाँड योजना (...
12/08/2026

📍 नेपालगञ्ज | REDD सेल समिति – लाभ बाँडफाँड योजना (BSP) सम्बन्धी अभिमुखीकरण तथा समन्वय

नेपालको REDD+ लाभ बाँडफाँड योजना (Benefit Sharing Plan – BSP) सम्बन्धी एकदिने अभिमुखीकरण तथा समन्वय कार्यक्रम नेपालगञ्जमा सम्पन्न भएको छ। कार्यक्रममा REDD फोकल पर्सन, वन निर्देशनालय, डिभिजन वन कार्यालय बाँके , राष्ट्रिय निकुञ्ज/संरक्षित क्षेत्र कार्यालय का प्रतिनिधिहरूका साथै सामुदायिक वन उपभोक्ता समूह (CFUGs), महिला तथा आदिवासी जनजाति समूहका प्रतिनिधिहरू को सहभागिता रहेको थियो।

कार्यक्रममा REDD+ लाभ बाँडफाँडका संयन्त्र, वातावरणीय तथा सामाजिक सुरक्षा मापदण्ड, लगानी योजना तथा प्रभावकारी कार्यान्वयनका लागि सरोकारवालाबीच समन्वय र सहकार्य का विषयमा अभिमुखीकरण तथा छलफल गरिएको थियो।

यस कार्यक्रमले आदिवासी जनजाति, महिला तथा वनमा निर्भर स्थानीय समुदायको अर्थपूर्ण सहभागिता, पारदर्शिता र REDD+ बाट प्राप्त हुने लाभमा समतामूलक पहुँच सुनिश्चित गर्न महत्वपूर्ण आधार प्रदान गरेको छ। 🌳🤝

📍 Nepalgunj | REDD Cell Committee – Benefit Sharing Plan (BSP) Orientation & Coordination

A one-day orientation and coordination session on Nepal’s REDD+ Benefit Sharing Plan (BSP) was held in Nepalgunj, bringing together representatives from the REDD Focal Person, Forest Directorate, Division Forest Offices of Banke, and National Parks/Protected Area offices, alongside representatives of Community Forest User Groups (CFUGs), women and Indigenous Peoples’ groups.

The session focused on REDD+ benefit-sharing mechanisms, environmental and social safeguards, investment planning, and strengthening coordination among key stakeholders for effective implementation of the BSP.

The discussion provided an important platform to strengthen inclusive participation, transparency and equitable access to REDD+ benefits, particularly for Indigenous Peoples, women and forest-dependent local communities. 🌳🤝

📣३२औँ विश्व आदिवासी जनजाति दिवस | राष्ट्रियस्तरीय प्यानल छलफलआज DGM Nepal द्वारा ३२औँ विश्व आदिवासी जनजाति दिवसको अवसरमा...
09/08/2026

📣३२औँ विश्व आदिवासी जनजाति दिवस | राष्ट्रियस्तरीय प्यानल छलफल

आज DGM Nepal द्वारा ३२औँ विश्व आदिवासी जनजाति दिवसको अवसरमा राष्ट्रियस्तरीय प्यानल छलफल कार्यक्रम आयोजना हुँदैछ।

📍 स्थान: खुलामञ्च, टुँडिखेल, काठमाडौं
🕛 र्‍याली प्रारम्भ: दिउँसो १२:१५ बजे
🎤 औपचारिक कार्यक्रम: दिउँसो १:०० बजेबाट

आदिवासी जनजातिका अधिकार, ज्ञान, नेतृत्व र समावेशी जलवायु तथा वन शासनका महत्वपूर्ण सवालमा संवाद र विचार आदानप्रदानका लागि यहाँहरूसँग भेट्ने अपेक्षा गर्दछौँ।

See you all at Khulla Manch! 🌿

🗓️ ३२औँ विश्व आदिवासी जनजाति दिवसको हार्दिक शुभकामना!🌿 Happy 32nd International Day of the World’s Indigenous Peoples! 🌿...
09/08/2026

🗓️ ३२औँ विश्व आदिवासी जनजाति दिवसको हार्दिक शुभकामना!

🌿 Happy 32nd International Day of the World’s Indigenous Peoples! 🌿

९ अगस्ट २०२६ | 9 August 2026 | International Indigenous Peoples’ Day

यस वर्षको संयुक्त राष्ट्रसंघको नारा:
“आदिवासी जनजाति धाईहरूको सम्मान: जीवन र कल्याणको संरक्षण”
“Honouring Indigenous Midwives: Safeguarding Life and Well-being”

आदिवासी जनजाति धाईहरू पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको परम्परागत ज्ञान, सीप र समुदायमा आधारित हेरचाहका महत्वपूर्ण संरक्षक हुन्। उनीहरूको योगदानले आमा र शिशुको स्वास्थ्य, समुदायको कल्याण तथा सांस्कृतिक ज्ञानको निरन्तरतामा महत्वपूर्ण भूमिका खेल्दछ।

यस दिवसमा DGM Nepal आदिवासी जनजाति महिला, धाई तथा ज्ञानका सम्पूर्ण संरक्षकहरूको योगदानप्रति सम्मान व्यक्त गर्दछ।

आदिवासी ज्ञानको सम्मान गरौँ, संरक्षण गरौँ र पुस्तान्तरण गरौँ।

This year, we honour the invaluable contributions of Indigenous midwives under the UN theme:

Indigenous midwives are custodians of generations-old knowledge, cultural practices and community-based systems of care. Their knowledge and leadership play a vital role in safeguarding the health, dignity, well-being and cultural continuity of Indigenous communities.

On this important day, DGM Nepal recognizes and celebrates Indigenous women, knowledge holders, caregivers and community leaders whose contributions continue to strengthen resilient and thriving Indigenous communities.

Let us recognize, respect, protect and promote Indigenous knowledge and leadership—ensuring that these invaluable traditions continue to flourish and be passed on to future generations.

Happy 32nd International Day of the World’s Indigenous Peoples!



#आदिवासीजनजातिदिवस #९अगस्ट

Address

288 Gairidhara Marg
Kathmandu

Alerts

Be the first to know and let us send you an email when DGM Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to DGM Nepal:

Shortcuts

Share