चिवाङ चिछोग़

चिवाङ चिछोग़ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from चिवाङ चिछोग़, Community Service, Gokarneshwor/6, Nayabasti, Boudha, Kathmandu.

भावपूर्ण श्रद्धाञ्जलीसोलुदुधकुण्ड नगरपालिका–४, फाप्लु/बागबानी निवासी तथा चिवाङ चिछोगका आजीवन सदस्य कर्मा लामाको पूजनीय ब...
12/06/2026

भावपूर्ण श्रद्धाञ्जली

सोलुदुधकुण्ड नगरपालिका–४, फाप्लु/बागबानी निवासी तथा चिवाङ चिछोगका आजीवन सदस्य कर्मा लामाको पूजनीय बुवा फिना लामाको ९६ वर्षको उमेरमा भएको दुःखद निधनको खबरले हामी सम्पूर्ण चिवाङ चिछोग परिवार अत्यन्त मर्माहत भएका छौं।

यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति चिवाङ चिछोग परिवारका तर्फबाट हार्दिक श्रद्धाञ्जली तथा गहिरो समवेदना व्यक्त गर्दछौं।

उहाँको पार्थिव शरीर हाल निजी निवास फाप्लु/बागबानीमा धार्मिक परम्पराअनुसार राखिएको जानकारी गराइन्छ। साथै, अन्तिम संस्कार (शवयात्रा) वि.सं. २०८३ साल असार १ गते, सोमबार (१५ जुन २०२६) बिहान निजी निवास फाप्लु/बागबानीबाट प्रस्थान हुने जानकारी गराइन्छ।

चिवाङ चिछोगका गाउँमा बसोबास गर्नुहुने सम्पूर्ण सदस्यहरू, गाउँले दाजुभाइ तथा दिदीबहिनीहरू, आफन्तजन एवं शुभचिन्तक महानुभावहरूमा उक्त अन्तिम संस्कार (शवयात्रा) मा उपस्थित भई दिवंगत आत्माप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

ॐ मणि पद्मे हुँ ह्रीः (१०८)
चिवाङ चिछोग परिवार

06/06/2026
हार्दिक श्रद्धाञ्जली !सोलुदुधकुण्ड नगरपालिका–४, फाप्लु बागबनी स्थायी घर भई हाल न्यूयोर्क, अमेरिका निवासी चिवाङ चिछोगका स...
27/01/2026

हार्दिक श्रद्धाञ्जली !

सोलुदुधकुण्ड नगरपालिका–४, फाप्लु बागबनी स्थायी घर भई हाल न्यूयोर्क, अमेरिका निवासी चिवाङ चिछोगका संरक्षक सदस्य ल्हाक्पा लामाको ६९ वर्षको उमेरमा भएको असामयिक निधनको दुःखद खबरले सम्पूर्ण चिवाङ चिछोग परिवार अत्यन्त मर्माहत भएको छ।

दुःखको यस घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरून् भनी चिवाङ चिछोग़ परिवार गहिरो समवेदना व्यक्त गर्दछौ।

परिवार स्रोतका अनुसार दिवंगतको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि हाल शेर्पा सेवा केन्द्रको नम्बर २ मा धार्मिक विधिअनुसार राखिएको छ। साथै, आगामी २०८२ साल माघ १६ गते (शुक्रबार) बिहान टेकुमा अन्त्येष्टि गरिने जानकारी प्राप्त भएको हुँदा, चिवाङ चिछोग परिवारका सम्पूर्ण सदस्यहरू, गाउँले, दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण आफन्तजनहरूलाई सो दिन बिहान ८:०० बजे शेर्पा सेवा केन्द्र/गुम्बामा उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

“”” ओम मणि पद्मे हुंग ह्री १०८””"
चिवाङ चिछोग परिवार
काठमाडौं

2025 Manirimdu Schedule at Chiwang Monastery, Solukhumbu:Nov 5 (Wong Blessing) = कार्तिक १९ गते ओङ आर्शिवाद ग्रहणNov 6 (...
23/10/2025

2025 Manirimdu Schedule at Chiwang Monastery, Solukhumbu:

Nov 5 (Wong Blessing) = कार्तिक १९ गते ओङ आर्शिवाद ग्रहण
Nov 6 (Chhyam Lama Dance) = कार्तिक २० गते छ्याम धार्मिक नृत्य
Nov 7 (Jingsrak Fire Worship) = कार्तिक २१ गते जिङसा अग्नि पूजा
Nov 8 (Sand Mandala Dismantling) = कार्तिक २२ गते मण्डला विसर्जन

हार्दिक श्रद्धाञ्जली !!!सोलुदुधकुण्ड नगरपालिका–४, चिवाङ चिछोग़का संरक्षक सदस्य जाङबु लामा र पेम्बा लामा, साथै आजीवन सदस्...
15/07/2025

हार्दिक श्रद्धाञ्जली !!!

सोलुदुधकुण्ड नगरपालिका–४, चिवाङ चिछोग़का संरक्षक सदस्य जाङबु लामा र पेम्बा लामा, साथै आजीवन सदस्य डोल्मा लामा र फुर्वा लामा को बुवा, सुर्के निवासी आङ ङिमा लामा (ङिमा डोल्मी बुवा) को ८० वर्षको उमेरमा आज असामयिक निधन भएको खबरले सम्पूर्ण चिवाङ चिछोग़ परिवारलाई अत्यन्त मर्माहत बनाएको छ।

दुःखको यस घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरून् भनी चिवाङ चिछोग़ परिवार गहिरो समवेदना व्यक्त गर्दछौ।

परिवार स्रोतका अनुसार, मृतकको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि हाल शेर्पा सेवा केन्द्रको १ नम्बरमा धार्मिक विधिअनुसार राखिएको छ र आगामी २०८२ श्रावण ०२ गते (शुक्रबार) बिहान टेकुमा अन्त्येष्टि गरिने जानकारी आएको हुँदा, चिवाङ चिछोग़का सम्पूर्ण परिवार, गाउँले, दाजुभाइ, दिदीबहिनी तथा उहाँका आफन्तजन सबैमा जानकारी गराउँदै, सो दिन बिहान ८:०० बजे शेर्पा सेवा केन्द्र/गुम्बामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौं।

“”” ओम मणि पद्मे हुंग ह्री १०८””"

28/02/2025

टाशी देलेक!
महायानी बौद्ध धर्मको महान चाड र नयाँ वर्ष २१५२ (सिङ मो डुल ल्हो) ग्याल्पो लोसारको सुखमय अवसरमा, स्वदेश र विदेशमा छरिएर रहेका चिवाङ चिछोगका सम्पूर्ण संरक्षक सदस्य, आजीवन सदस्य, साधारण सदस्य, सल्लाहकार र किदुकका शुभेच्छुक महानुभावहरू, साथै स्वदेश र विदेशमा रहेका सम्पूर्ण लोसार प्रेमी आमा-बुबा, दिदी-बहिनी, दाजु-भाइ, र ईष्टमित्रहरूलाई सुख, शान्ति र समृद्धिको लागि चिवाङ चिछोग परिवार हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु।

साथै, चिवाङ चिछोगले यही फागुन २३ गते, शुक्रबार बिहान १० बजेबाट, गोकर्णेश्वर-५ अत्तरखेल, शिवपुरीचोक स्थित गोकर्णेश्वर ब्याङक्वेटमा गत वर्षझैं यस वर्ष पनि ल्होसार पिकनिक तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्न लागेको हुदा कार्यक्रमलाई सफल पार्न कार्यक्रममा उपस्थितिको लागि चिवाङ चिछोगका सम्पूर्ण परिवारलाई हार्दिक अनुरोध गर्दछौं।

कार्यक्रमक:
मिति: २०८१ फागुन २३, शुक्रबार (7th March 2025 Friday)
समय: बिहान १०:०० बजेबाट
स्थान: गोकर्णेश्वर ब्याङक्वेट, गोकर्णेश्वर-५, शिवपुरीचोक, अत्तरखेल, काठमाण्डौ

लावाहरू:
कर्मा लामा, चिवाङ (हल, फैका, कापन)
गेलु लामा, जाम्बुक (हल, नयापाटी)
देन्डी लामा, सुर्के (हल, अरुबारी)
नुर्बु लामा, फाप्लु (हल, कापन हाइट)

असमर्थ वा टिकटको लागि सम्पर्क: ९८२३२२८१९९

चिवाङ चिछोग परिवार

चिवाङ चिछोगद्वारा फोहोरमैला व्यवस्थापनको लागि फेरि डस्टबिन वितरणफोहोरमैला व्यवस्थापनको अभियान अन्तर्गत, चिवाङ चिछोगले "ज...
25/02/2025

चिवाङ चिछोगद्वारा फोहोरमैला व्यवस्थापनको लागि फेरि डस्टबिन वितरण

फोहोरमैला व्यवस्थापनको अभियान अन्तर्गत, चिवाङ चिछोगले "जथाभावी फोहोर नफालौं, वातावरणलाई सफा राख्न सहयोग गरौं" भन्ने सन्देश सहित फेरि रु २,०६,१००/- (दुई लाख छ हजार एक सय) बराबरका ३२ वटा डस्टबिन सोलुदुध्कुण्डा नगरपालिका भित्रका विभिन्न ८ वटा गुम्बालाई चिछोगका अध्यक्ष निमा नुर्बु लामा द्वारा हस्तान्तरण गरेका छन्।

डस्टबिन वितरणबाट लाभान्वित गुम्बाको नामावली:

फुङ्मुचे गुम्बा
मेंदो पाके गुम्बा
ज्याल्सा गुम्बा
छोर्मा गुम्बा गोरा
बाकञ्जे गुम्बा
खाम्छे गुम्बा
भागम गुम्बा
शेर्पा गुम्बा सल्लेरी
काठमाडौँ शेर्पा गुम्बाको पालेको गाउँको मन्दिर

यससँगै हाललाई यो डस्टबिन वितरण कार्यक्रम बन्द गरिएको छ।

चिवाङ चिछोग परिवार

चिवाङ चिछोग द्वारा फेरि फोहोरमैला व्यवस्थापनको लागि २४ वटा डस्टबिन हस्तान्तरण।फोहोरमैला व्यवस्थापनको अघिल्लो कदमको रूपमा...
15/10/2024

चिवाङ चिछोग द्वारा फेरि फोहोरमैला व्यवस्थापनको लागि २४ वटा डस्टबिन हस्तान्तरण।

फोहोरमैला व्यवस्थापनको अघिल्लो कदमको रूपमा, चिवाङ चिछोगले रु १,४०,००० (एक लाख चालिस हजार) बराबरका २४ वटा डस्टबिन अध्यक्ष निमा नुर्बु लामा र अन्य सदस्यहरूको उपस्थितिमा हालै सोलुदुधकुण्ड नगरपालिका वडा नं. २ स्थित थुप्तेन छोइलिङ गुम्बा, सेर्लो गुम्बा र जुनबेसी गुम्बालाई हस्तान्तरण गर्यो।

यस अभियानको मुख्य उद्देश्य वातावरणलाई सफा र स्वस्थ राख्नको लागि योगदान पुर्याउनु हो। हामी सबैको सानो प्रयासले हाम्रो समृद्ध र सफा भविष्य सुनिश्चित गर्न सक्छ। त्यसैले, "जथाभावी फोहोर नफालौं, वातावरणलाई सफा राख्न सहयोग गरौं।"

चिवाङ चिछोग परिवार

चिवाङ चिछोगको दोस्रो वार्षिक साधारण सभा हिजो संस्थाका अध्यक्ष निमा नुर्बु लामाको अध्यक्षतामा, सोलुदुधकुन्डा नगरपालिकाका ...
15/08/2024

चिवाङ चिछोगको दोस्रो वार्षिक साधारण सभा हिजो संस्थाका अध्यक्ष निमा नुर्बु लामाको अध्यक्षतामा, सोलुदुधकुन्डा नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाको प्रमुख आतिथ्य, ग्लोबल शेर्पा एसोसिएशनका महासचिव आङ जाङ्बु शेर्पा र कापन शेर्पा किदुकका अध्यक्ष लामा कुसाङ शेर्पाको विशेष आतिथ्य, चिवाङ चिछोगका धर्मगुरु (खेनपो) निमा लामा र संस्थाका संरक्षक सदस्य, आजीवन सदस्य, साधारण सदस्य, सल्लाहकार, र किदुकका शुभेच्छुकहरूको उपस्थितिमा सफलतापूर्वक सम्पन्न भयो।

आफ्नो अति व्यस्तताको बावजुद हाम्रो कार्यक्रमलाई समय दिनु भएकोमा प्रमुख अतिथि र विशेष अतिथिलाई चिवाङ चिछोगका सम्पूर्ण परिवारको तर्फबाट विशेष धन्यवाद दिन चाहन्छु। साथै, चिवाङ चिछोगका सम्पूर्ण परिवारलाई पनि कार्यक्रममा उपस्थित भई दिनु भएकोमा धेरै धन्यवाद दिन चाहन्छु।

साथै, हामी कार्यसमितिको विशेष आग्रहलाई सहज स्वीकार गरी संस्थाका सम्पूर्ण साधारण सदस्यहरू साधारण सदस्यबाट आजीवन सदस्य र संरक्षक सदस्य बन्नु भई संस्थालाई ठूलो सहयोग पुर्याउनु भएकोमा हामी सम्पूर्ण कार्यसमितिको तर्फबाट धेरै धन्यवाद दिन चाहन्छु। अब, जाम्बुक, सुर्के, र फाप्लुका केही बाँकी साधारण सदस्य दाजुभाइ, दिदीबहिनीहरूले पनि आजीवन वा संरक्षक सदस्य बन्नु भई संस्थालाई थप सहयोग पुर्याउनु हुनेछ भन्ने आशा सहित विशेष अनुरोध गर्न चाहन्छु।

साथै, विदेशमा रहनु भई पनि हामीलाई र चिवाङ चिछोगलाई माया गरी साथ सहयोग गर्नु हुने चिवाङ चिछोगका सम्पूर्ण सदस्य, दाजुभाइ, दिदीबहिनीहरूलाई पनि हामी सम्पूर्ण कार्यसमिति विशेष धन्यवाद सहित सम्झना चाहन्छु।

थुचिछे,
चिवाङ चिछोग परिवार

Address

Gokarneshwor/6, Nayabasti, Boudha
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when चिवाङ चिछोग़ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share