30/09/2026
आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत सहयोग हस्तान्तरणसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा डोल्पाको पर्यटन क्षेत्रका समस्या, चुनौती र सम्भावित समाधानहरू समेटिएको प्रस्ताव पनि प्रस्तुत गर्ने अवसर प्राप्त भएको छ।
डोल्पा नेपालको मात्र होइन, विश्वकै विशिष्ट गन्तव्यहरूमध्ये एक हो। यहाँको प्राकृतिक सौन्दर्य, हिमाली भूगोल, प्राचीन बौद्ध संस्कृति, मौलिक परम्परा, ऐतिहासिक तथा धार्मिक सम्पदा र जैविक विविधता पर्यटनका अमूल्य आधार हुन्।
तर पर्यटनको ठूलो सम्भावना हुँदाहुँदै पनि डोल्पाले आजसम्म यातायात तथा पूर्वाधारको कमी, सञ्चारको समस्या, पर्यटन सुविधाको अभाव, महँगो तथा कठिन यात्रा, दक्ष जनशक्तिको कमी, पर्याप्त प्रचार–प्रसारको अभाव र सरकारी लगानीको कमी जस्ता चुनौतीहरू सामना गरिरहेको छ।
हाम्रो उद्देश्य केवल समस्या राख्नु होइन, व्यावहारिक समाधान पनि प्रस्तुत गर्नु हो।
सरकार, स्थानीय तह, स्थानीय समुदाय र सम्बन्धित संस्थाहरूको सहकार्यमा हामीले विशेषगरी:
• पर्यटन पूर्वाधार र यातायात सुविधा सुधार गर्नुपर्ने
• सुरक्षित तथा व्यवस्थित पदमार्ग र पर्यटकीय गन्तव्य विकास गर्नुपर्ने
• राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा डोल्पाको प्रचार–प्रसार बढाउनुपर्ने
• स्थानीय गाइड, होमस्टे, होटल तथा पर्यटन व्यवसायीलाई प्रोत्साहन गर्नुपर्ने
• डोल्पाको मौलिक संस्कृति, सम्पदा र वातावरण संरक्षण गर्नुपर्ने
• पर्यटक तथा स्थानीयका लागि स्वास्थ्य, उद्धार र आपत्कालीन सेवा विस्तार गर्नुपर्ने
• पर्यटनबाट प्राप्त लाभ स्थानीय समुदायसम्म प्रत्यक्ष पुग्ने नीति बनाउनुपर्ने
• डोल्पाका युवालाई पर्यटनसम्बन्धी शिक्षा, तालिम र रोजगारीका अवसर प्रदान गर्नुपर्ने
भन्ने विषयहरूलाई प्राथमिकताका साथ उठाउनेछौँ।
हामी डोल्पाको पहिचान र संस्कृति नष्ट गरेर पर्यटन विकास चाहँदैनौँ। हाम्रो चाहना भनेको डोल्पाको प्रकृति, संस्कृति र परम्पराको संरक्षण गर्दै स्थानीय जनताको जीवनस्तर र अवसरमा सुधार ल्याउने दिगो पर्यटन हो।
आज प्रस्तुत गरिने यो प्रस्ताव डोल्पाका जनताको आवाज, अपेक्षा र भविष्यप्रतिको साझा प्रतिबद्धता हो।
सरकार र डोल्पाका जनताबीच अझ बलियो सहकार्यको सुरुवात होस् भन्ने हाम्रो अपेक्षा छ।
དེ་རིང་སྤྱི་ལོ་ 2026 ཟླ་ 9 ཚེས་ 30 ཉིན་དོལ་པོ་སྐྱིད་སྡུག་ངོས་ནས་ཆུ་ལོག་དོན་རྐྱེན་འོག་གི་ངལ་སེལ་གུད་སྐྱོབ་ཆེད། འདི་ག་དོལ་པོ་སྐྱིད་སྡུག་ཚོགས་པའི་ངོས་ནས་ནེ་སྒོར་འབུམ་ཕྲག་ཉི་ཤུ་ཐམ་པ་དོལ་པོ་སྐྱིད་སྡུག་ཚོགས་པའི་རྩ་འཛུགས་གནང་མཁན་དང་། སྤྱི་ཁྱབ་སློབ་སྟོན་པ་ཉི་མ་རིན་པོ་ཆེ་མཆོག དེ་བཞིན་ཚོགས་གཙོ་ཟླ་བ་དགྲ་འདུལ་གཉིས་ཀྱིས་གཙོས་འཐུས་མི་རྣམས་ཆེད་བཅར་གྱིས་
Minister of Culture, Tourism and Civil Aviation Shri Khadak Raj Poudel མཆོག་གི་ཕྱག་ལམ་ལ་འབུལ་ལམ་ཞུས།
ཤཱཀྱ་རིན་པོ་ཆེའི་གཙོས་འབྲེལ་ཡོད་གང་མང་ནས་ཕྱར་བ་གྲུ་འདེགས་གནང་བར་བཀའ་དྲིན་ཆེ་ཞུ།