13/09/2024
प्रश्न— दशनामी संन्यासीहरूको वर्गीकरणको आधार के हुन् ? उदाहरणको लागि ‘गिरी’ भन्ने बित्तिकै तपाई कुन गिरी ?’ भन्ने प्रश्न आउँदा उत्तर दिन नसक्ने अवस्था छ ।
= हो यो सत्य हो कतिपयलाई गिरी भनेपछि कुन जात ? कसैले ब्राह्मण जस्तै, कसैले क्षत्री जस्तै भन्ने गरेका पनि छन् यानी ब्राह्मण र क्षत्री होइन त्यस्तै त्यस्तै, कुन गिरी भन्दा कतिपयलाई मढिबारे जानकारी छैन ? आजको यो अवस्था भनेको पिताले पुत्रलाई संस्कार सिकाउँने परम्परा नासीएर नै हो । पहिलो कुरा मढि भनेको के हो ? प्राचीन त्यो कुल जो एउटै मठ मातहतमा रहेको समूहका सन्तान हुन् । केही व्यक्ती आजन्म व्रह्मचर्यमा रही सन्न्यास धर्म पालन गर्ने दृढ मनलिई पुरानो गोत्र, थर, जात र नाम त्यागगरी कर्म संन्यासी बने । तर कालान्तरमा तिनमा आएको बीचलनको कारण सन्तान जन्मन गयो, ति कर्म संन्यासी जुन गुरुबाट दिक्षा पाएको थियो तिनको थर, गोत्र र मढि उसको भएको हुदा पछि जन्मीएका सन्तान संन्यासी जातका भए र तिनको पनि थर, गोत्र र मढि त्यहीनै कायम भयो ।
दशथर भएका संन्यासी जातीमा आश्रम, अरण्य, पर्वत, तीर्थ, सरस्वती र सागरको मढी हुन्न । गिरीको २७, पुरीको १६, भारतीको ४ र वनको ४ मढि छ । यसबारेको ज्ञानको अभावले अलमलमा पर्नु स्वभाविक हो । यसबारे सबैमा जानकारी होस् र हाम्रो प्राचीन चलन कस्तो थियो सो बारे थाहा होस् भन्ने चाहेर नै यो प्रयास थालेको हुँ । हुन त यो काम जातिका ठेक्का लिएका अगुवाले गर्नु पर्ने हो ।
आइतबार — दशनामी संन्यासीले कुल एवम् पूर्खाहरू पहिल्याउने आधार गोत्र, मढि हो या अन्य केही छ ? यो विषय रहनेछ । आवश्यक जीज्ञासा सहितको प्रश्न आएकाछन्, सबैलाई स्वागत गर्दै राखेको छु, यसैगरि क्रमश दिदैजानेछु ।
धन्यवाद
शितल गिरी
Sh*tal Giri