Armed Police Family Women's Association - APFWA

Armed Police Family Women's Association - APFWA "सेवा नै धर्म हो"

"सेवा नै धर्म हो" पशुपतिनाथ परिसरमा निःशुल्क खानेपानी वितरण कार्य सु-सम्पन्न ! ​मिति २०८३ साल भाद्र २९ गते सोमबार सशस्त्...
14/09/2026

"सेवा नै धर्म हो" पशुपतिनाथ परिसरमा निःशुल्क खानेपानी वितरण कार्य सु-सम्पन्न !
​मिति २०८३ साल भाद्र २९ गते सोमबार सशस्त्र प्रहरी परिवार महिला संघको आयोजनामा आराध्यदेव श्री पशुपतिनाथ मन्दिर परिसरमा पाल्नुभएका श्रद्धालु भक्तजनहरूकाे सुविधालाई मध्यनजर गरी आयोजना गरिएको निःशुल्क खानेपानी वितरण कार्यक्रम भव्य एवं सफलतापूर्वक सम्पन्न भएको छ ।
​पशुपतिनाथको दर्शनार्थ आउनुहुने अपार जनसागरको धार्मिक आस्थालाई उच्च सम्मान गर्दै, उहाँहरूलाई थप सहज र सुखद बनाउन संघले स्वच्छ खानेपानी वितरण गरी यो सानो सेवाको प्रयास गरेको हो । भक्तजनहरूको मुहारमा देखिएको सन्तुष्टि र उहाँहरूबाट प्राप्त आशिर्वाद नै हाम्रो प्रयासको सबैभन्दा ठूलो सफलता हो ।
कार्यक्रम सञ्चालनका लागि सहज एवं उपयुक्त स्थान उपलब्ध गराई अमूल्य सहयोग पुर्‍याउनु भएकोमा पशुपति क्षेत्र विकास कोष प्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।
पानी व्यवस्थापन, सुरक्षा, जनशक्ति परिचालन र प्राविधिक सहयोगमा अहोरात्र खटिनुहुने सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालयका बाहिनीपति, हुल तथा दङ्गा व्यवस्थापन रेजिमेन्टका प्रमुख, नम्बर २० गण (विपद उद्धार) का गणपति लगायत सम्पूर्ण सकल दर्जाका सुरक्षाकर्मीहरू प्रति विशेष धन्यवाद ।
​कार्यक्रमलाई अनुशासित र व्यवस्थित रूपमा सम्पन्न गराउन सक्रिय योगदान दिनुहुने संघका आदरणीय पदाधिकारीज्यूहरू तथा सदस्यज्यूहरू ।
​यस सामाजिक कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, हौसला र सद्भाव प्रदान गर्नुहुने सम्पूर्ण शुभचिन्तकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ ।
​सशस्त्र प्रहरी परिवार महिला संघ सधैँ राष्ट्र, समाज र मानवीय सेवाका कार्यहरूमा निरन्तर समर्पित रहनेछ ।
​हर हर महादेव ! 🇳🇵🙏

14/09/2026
हरितालिका तीज २०८३ को पावन अवसरमा  मिति २०८३ साल भाद्र २६ गते शुक्रबारका दिन सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय...
12/09/2026

हरितालिका तीज २०८३ को पावन अवसरमा मिति २०८३ साल भाद्र २६ गते शुक्रबारका दिन सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय अध्यक्ष श्रीमती सावित्रा कुमारी जैसीज्यूको उपस्थितिमा चन्द्रागिरी नगरपालिका स्थित मातातीर्थ वृद्धाश्रममा एक विशेष कार्यक्रम सम्पन्न भयो ।
​वृद्धाश्रममा आश्रित पूज्य आमाहरूलाई लक्षित गरी संघको तर्फबाट सरसफाइका अत्यावश्यक सामग्रीहरू, तीजको पावन अवसरमा सौभाग्यका सामानहरू, दैनिक भोजन व्यवस्थापनका लागि केही आर्थिक सहयोग ​हस्तान्तरण गर्नुभयो । चाडपर्वको खुसी आमाहरूसँगै साट्दै उहाँहरूको अनुहारमा मुस्कान ल्याउन पाउँदा सम्पूर्ण संघ परिवार अत्यन्तै हर्षित छ । पूज्य आमाहरूको दीर्घायु र सुस्वास्थ्यको हार्दिक कामना गर्दछौँ ।

मिति २०८३ श्रावण २७ गते बुधबार, सशस्त्र प्रहरी परिवार महिला संघको आयोजना तथा नेपाल पूर्व सशस्त्र प्रहरी संघको समन्वयमा न...
13/08/2026

मिति २०८३ श्रावण २७ गते बुधबार, सशस्त्र प्रहरी परिवार महिला संघको आयोजना तथा नेपाल पूर्व सशस्त्र प्रहरी संघको समन्वयमा नेपाल ए.पी.एफ. अस्पताल, बलम्बुमा अस्पतालबाट हाल प्रदान गरिँदै आएका स्वास्थ्य सेवा, सुविधा तथा प्रशासनिक कार्यसम्पादन सम्बन्धी जानकारीमूलक प्रस्तुतीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय अध्यक्ष श्रीमती सावित्रा कुमारी जैसीज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा संघका उपाध्यक्षहरु, सल्लाहकार सदस्य तथा पदाधिकारीहरू, नेपाल पूर्व सशस्त्र प्रहरी संघका अध्यक्ष तथा पदाधिकारीहरू, अस्पतालका प्रमुख तथा विभिन्न विभागका विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा अस्पतालबाट प्रदान गरिँदै आएका स्वास्थ्य सेवा तथा सुविधाका साथै प्रशासनिक कामकारवाही लगायत अस्पतालबाट प्रदान भइरहेका स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा तथा उपचार सम्बन्धी सेवाहरूलाई अझ सरल, सहज, प्रभावकारी एवं सेवामैत्री बनाउँदै सेवाग्राही समक्ष गुणस्तरीय रूपमा पुर्‍याउने विषयमा छलफल गरिएको थियो । सो अवसरमा सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय अध्यक्षज्यूबाट सेवाको गुणस्तर अभिवृद्धि तथा स्वास्थ्य शिक्षा प्रवर्द्धनका लागि विभिन्न रचनात्मक, व्यावहारिक एवं उपयोगी सुझावहरू प्रस्तुत गरिएको थियो ।

मिति २०८३/०४/२५ गते सशस्त्र प्रहरी परिवार महिला संघकाे आयोजनामा संघकी केन्द्रीय अध्यक्ष श्रीमती सावित्रा कुमारी जैसीज्यू...
11/08/2026

मिति २०८३/०४/२५ गते सशस्त्र प्रहरी परिवार महिला संघकाे आयोजनामा संघकी केन्द्रीय अध्यक्ष श्रीमती सावित्रा कुमारी जैसीज्यूको प्रमुख आतिथ्यतामा संघका पदाधिकारीज्यूहरू, सल्लाहाकार सदस्यज्यूहरूको सहभागीतामा श्रावण महिनाको अन्तिम सोमबार आराध्यदेव श्री पशुपतिनाथ मन्दिर परिसरमा पाल्नुहुने श्रद्धालु भक्तजनहरुलाई लक्षित गरी नि:शुल्क स्वास्थ्य शिविर, खानेपानी तथा प्रसाद वितरण कार्यक्रम सु-सम्पन्न भएको जसमा ५५० जना श्रद्धालु भक्तजनहरूले स्वास्थ्य लाभ लिनुभएको ।

सशस्त्र प्रहरी परिवार महिला संघद्वारा मिति २०८३ साल साउन १५ गते नेपाल एपीएफ स्कुल, कीर्तिपुरका छात्राहरूको कला, सिर्जनशी...
01/08/2026

सशस्त्र प्रहरी परिवार महिला संघद्वारा मिति २०८३ साल साउन १५ गते नेपाल एपीएफ स्कुल, कीर्तिपुरका छात्राहरूको कला, सिर्जनशीलता र दक्षताको सम्मानस्वरूप मेहन्दी लगाउने र खिर खाने कार्यक्रम संघकी केन्द्रीय अध्यक्ष श्रीमती सावित्रा कुमारी जैसीज्यूको प्रमुख आतिथ्यमा भव्य, आत्मीय र उल्लासमय वातावरणमा कार्यक्रम सम्पन्न भयो ।

उक्त कार्यक्रममा संघका उपाध्यक्षज्यूहरू, सल्लाहकार सदस्यज्यूहरू, कार्यकारिणी पदाधिकारीज्यूहरु, साधारण सदस्यज्यूहरू तथा नेपाल एपीएफ स्कुल, कीर्तिपुरका छात्राहरु र शिक्षिकाको उपस्थिति रहेको थियो ।

नेपाली मौलिक संस्कृति, परम्परा र साउने पर्वको मौलिकतालाई संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा खिर खाने हाम्रो परम्परालाई निरन्तरता दिँदै नेपाली संस्कृति प्रतिको सम्मान, आपसी सद्भाव र एकताको सन्देश प्रवाह गरिएको छ ।

मिति २०८३/०४/१५ गते नेपाल पूर्व सशस्त्र प्रहरी संघको आयोजनामा पहिलो पटक सशस्त्र प्रहरी परिवार महिला संघसँग परिचयात्मक तथ...
31/07/2026

मिति २०८३/०४/१५ गते नेपाल पूर्व सशस्त्र प्रहरी संघको आयोजनामा पहिलो पटक सशस्त्र प्रहरी परिवार महिला संघसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघ र नेपाल पूर्व सशस्त्र प्रहरी संघ बीच आपसी परिचय, अनुभव आदान-प्रदान तथा संगठनको भावी गतिविधि र भूमिकाका विषयमा महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रमले सशस्त्र प्रहरी परिवार महिला संघ र नेपाल पूर्व सशस्त्र प्रहरी संघ बीचको एकता, सहकार्य, आत्मीयता र आपसी सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ ।

मिति २०८३/०४/११ गते सशस्त्र प्रहरी परिवार महिला संघद्वारा श्रावण महिनाको दोस्रो सोमबार श्री पशुपतिनाथ मन्दिर परिसरमा पाल...
28/07/2026

मिति २०८३/०४/११ गते सशस्त्र प्रहरी परिवार महिला संघद्वारा श्रावण महिनाको दोस्रो सोमबार श्री पशुपतिनाथ मन्दिर परिसरमा पाल्नुहुने श्रद्धालु भक्तजनहरुलाई लक्षित गरी नि:शुल्क स्वास्थ्य शिविर तथा खानेपानी वितरण कार्यक्रम सम्पन्न भएको ।

मिति २०८३/०४/०४ गते सशस्त्र प्रहरी परिवार महिला संघद्वारा श्रावण महिनाको पहिलो सोमबार श्री पशुपतिनाथ मन्दिर परिसरमा पाल्...
20/07/2026

मिति २०८३/०४/०४ गते सशस्त्र प्रहरी परिवार महिला संघद्वारा श्रावण महिनाको पहिलो सोमबार श्री पशुपतिनाथ मन्दिर परिसरमा पाल्नुहुने श्रद्धालु भक्तजनहरुलाई लक्षित गरी नि:शुल्क स्वास्थ्य शिविर तथा खानेपानी वितरण कार्यक्रम सम्पन्न भएको ।

मिति २०८३/०३/१७ गते सशस्त्र प्रहरी परिवार महिला संघको २५ औँ वार्षिकोत्सव (रजत महोत्सव), २०८३ विशेष समारोहका प्रमुख अतिथि...
01/07/2026

मिति २०८३/०३/१७ गते सशस्त्र प्रहरी परिवार महिला संघको २५ औँ वार्षिकोत्सव (रजत महोत्सव), २०८३ विशेष समारोहका प्रमुख अतिथि नेपाल सरकारका माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री श्री सोविता गौतमज्यूको प्रमुख आतिथ्यतामा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय, कृष्णमोहन स्मृती भवनमा सम्पन्न भएको । विशेष समारोहका प्रमुख अतिथिज्यूद्वारा सशस्त्र प्रहरी परिवार महिला संघसँग सहकार्य गर्नुहुने महानुभावहरु तथा संघसंस्था एवं विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई कदरपत्र प्रदान, विशेष अतिथि संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलज्यूबाट संघलाई विभिन्न क्षेत्रबाट विशिष्ट योगदान पुर्‍याउनु हुने महानुभावहरु तथा संघसंस्थालाई सम्मान कदर पत्र प्रदान र संघकी अध्यक्ष श्रीमती सावित्रा कुमारी जैसीज्यू तथा अक्षयकोष दाताज्यूहरुबाट २०८२ सालको माध्यमिक शिक्षा परीक्षा S.E.E. मा उत्कृष्ट अंक ल्याउने एवं संगित तर्फ सर्वोत्कृष्ट हुन सफल छात्रछात्राहरुलाई पुरस्कार तथा प्रशंसा पत्र प्रदान लगायत विविध कार्यक्रमको आयोजना गरी भव्यताका साथ सम्पन्न भएको ।

साथै उक्त समारोहमा निजामती कर्मचारी श्रीमती संघ, सैनिक श्रीमती संघ, नेपाल प्रहरी श्रीमती संघ तथा आसरा सुधार केन्द्रका पदाधिकारीहरु, राष्ट्रिय अनुसन्धान विभाग प्रमुखकी धर्मपत्‍नी, संघका पूर्व अध्यक्षहरु एवं पदाधिकारीहरु, नागार्जुन नगरपालिकाका कार्यवाहक नगर प्रमुख, स्थानिय जनप्रतिनिधिहरु, विभिन्न संघसंस्थाका पदाधिकारीहरु, सशस्त्र प्रहरी बरिष्ठ अधिकृतहरु, वीरगति प्राप्त सशस्त्र प्रहरी कर्मचारीका परिवारहरु, वहालबाला सशस्त्र प्रहरी कर्मचारी तथा निजका आश्रीत परिवारहरुको उपस्थिती रहेको थियो ।
#सशस्त्रप्रहरीबलनेपाल

Address

Halchowk
Kathmandu
00977

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Armed Police Family Women's Association - APFWA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Armed Police Family Women's Association - APFWA:

Shortcuts

Share