21/04/2026
प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस - २०२६ : विशेष भर्चुअल संवाद
आज साँझ ६:३० बजे
("आरोग्यमय जीवनशैली,समृद्ध राष्ट्रको आधार")
सम्पूर्ण स्वास्थ्यप्रेमी तथा आरोग्य अनुरागी महानुभावहरूमा हार्दिक निमन्त्रणा
प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस (अप्रिल १५, २०२६) को सु-अवसरमा योग ध्यान आरोग्य सञ्जाल नेपालद्वारा एक विशेष भर्चुअल कार्यक्रम आयोजना गरिँदैछ।
यस कार्यक्रममा आरोग्यदायी जीवनशैलीका विविध आयामहरू र यसको महत्वबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरूसँग घनिभूत चिन्तन-मनन् गरिनेछ ।
हाम्रो निमन्त्रणालाई स्वीकार गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय खड्ग राज पौडेलज्यूले प्रमुख अतिथिको रूपमा कार्यक्रमको शोभा बढाइदिनुहुनेछ।
कार्यक्रममा संयुक्त राष्ट्र संघ (UN) को प्रतिनिधि, नेपाल सरकारका पूर्व मन्त्रीज्यूहरू,प्रदेश सरकारका सरोकारवाला मन्त्रीज्यूहरू, योग, ध्यान र आरोग्य विधाका विशेष व्यक्तिहरुको उपस्थिति हुने अपेक्षा राखेका छौ ! व्यस्त दैनिकीका बीच आरोग्यपूर्ण जीवन जिउने सूत्रहरूका बारेमा जानकारी आदानप्रदान गर्ने ध्येयका साथ तय गरिएको यस कार्यक्रममा तपाईँको सक्रिय सहभागिता रहने आयोजकको विस्वास रहेको छ ! यसले अभियानलाई थप ऊर्जा प्रदान गर्नेछ।
कृपया तल दिइएको विवरण अनुसार जुम (Zoom) मार्फत जोडिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
मिति : २०८३ वैशाख ०८ गते, मंगलबार (२१ अप्रिल, २०२६)
समय : साँझ ठीक ६:३० बजे देखि
Zoom ID : 81342329433
Passcode : 602225
जुम लिन्क :
Join Zoom Meeting
https://us06web.zoom.us/j/81342329433?pwd=lFPhiKDIKmRaSDSkJhKIAJoYEU3aEi.1
Meeting ID: 813 4232 9433
Passcode: 602225
विशेष आग्रह : आरोग्यपूर्ण जीवन पद्धतिका बारेमा गहिरो बुझाइ राख्न र विज्ञहरूको अनुभवबाट लाभान्वित हुन यो सुवर्ण अवसर नगुमाउनुहोला। आफ्नो परिवार र मित्रहरूलाई पनि यसै लिङ्कमार्फत सहभागी गराउन सक्नुहुनेछ।
प्राविधिक सहयोगका लागि सम्पर्क:📞 ९८५१०१३७५८, ९८५११२८५५२
अनुरोधक
योग ध्यान आरोग्य सञ्जाल नेपाल
(स्वस्थ मन, स्वस्थ शरीर, स्वस्थ समाज)