11/07/2023
PRESS RELEASE
Nepal Intersectoral Climate Coalition (NICC) has been recently formed with the vision of driving towards a strong, inclusive climate action across various sectors in Nepal and globally. NICC is a coalition of researchers, activists, professionals and enthusiasts from across various sectors, and disciplines, and is a product of almost a year of planning. This coalition aims to build solidarity and alliances with stakeholders across various sectors for climate justice.
The coalition represents members from environmental sciences, health, education, IT, geomatics engineering, food sciences, agriculture, youth empowerment, women empowerment, economics, climate change, disaster risk reduction, nature-based solutions, bioengineering, business, sexual & reproductive health rights (SRHR).
प्रेस विज्ञप्ति
नेपाल इन्टर-सेक्टोरल क्लाइमेट कोअलिशन (NICC) नेपाल लगायत समस्त विश्वलाई सशक्त र समावेशी जलवायु अभियानतर्फ उन्मूख गराउने र सञ्चालन गर्ने साझा सोचसहित हालै गठन गरिएको संघ-संस्था र व्यक्तिहरुको संजाल हो। विगत लामो समयदेखि विभिन्न क्षेत्रमा प्रभावकारी रुपमा काम गर्दै आएका संस्थाहरु र विविध क्षेत्रमा लामो अनुभव बटुल्नुभएका उत्साही व्यक्तिहरु, अनुसन्धानकर्ताहरू, अभियन्ताहरू, व्यवसायीहरू, अभ्यासकर्ताहरु, विशेषज्ञहरु लगायतका व्यक्तिहरु यस सञ्जालमा सदस्यका रुपमा जोडिनुभएको छ। यो सञ्जाल विगत एक वर्षको गहन र विस्तृत छलफलको सकारात्मक परिणामको रुपमा स्थापना भएको हो। यस सञ्जाल मार्फत जलवायु न्यायका निम्ति प्रभावकारी कार्यहरु गर्नका निम्ति विभिन्न क्षेत्रका सरोकारवालाहरूसँग एकता र गठबन्धन निर्माण गर्ने लक्ष्य राखिएको छ ।
यस सञ्जालमा वातावरणीय विज्ञान, स्वास्थ्य, शिक्षा, सुचना प्रविधि(आइटी), जियोमेटिक्स इन्जिनियरिङ्ग, खाद्य विज्ञान, कृषि, युवा सशक्तिकरण,कानून, अर्थशास्त्र, बायो इन्जिनियरिङ, व्यापार व्यवसाय, यौन तथा प्रजनन स्वास्थ्य अधिकार (SRHR) लगायतका बिषयका विशेषज्ञ र प्रतिनिधिहरूको आवद्धता रहेको छ।