Nepal Buddhist Nyingma Palyul Association

Nepal Buddhist Nyingma Palyul Association Nepal Buddhist Nyingma Palyul Association stands for the development of buddhist philosophy in the birth place of lord Buddha Nepal and all over the world

27/03/2026

बौद्ध लामा गुरुहरुको मन्त्रोच्चरणले गुन्जियो प्रधानमन्त्री बालेनको शपथ समारोह ।
***n of
Source: NTV

  ll मानवताको अग्रणी हुन मानिस नै मानव हुनु पर्दैन।" 🐾🙏यो हृदयस्पर्शी दृश्यले संयुक्त राज्य अमेरिकाभरि शान्तिको लागि पदय...
06/01/2026

ll मानवताको अग्रणी हुन मानिस नै मानव हुनु पर्दैन।" 🐾🙏

यो हृदयस्पर्शी दृश्यले संयुक्त राज्य अमेरिकाभरि शान्तिको लागि पदयात्रामा रहेका थाइल्याण्डका धुताङ्ग धारी ( जंगलमा ध्यान रहने) बौद्ध भिक्षुहरूको समूहलाई कैद गर्दछ। उनीहरूको यात्रा टेक्सासको फोर्ट वर्थबाट सुरु भएको थियो र उनीहरू एकता र करुणाको सन्देश फैलाउन वाशिंगटन डी.सी. सम्म पैदल यात्रा गरिरहेका छन्।

उनीहरूको प्रिय शान्ति कुकुर " अलोका " उनीहरूको छेउमा विश्वासयोग्य रूपमा हिंडिरहेका छन्। 🐕 उनले भारतमा उनीहरूलाई पछ्याउन थाले र अब उनीहरूसँगै अमेरिकाभरि हिंडिरहेका छन्! बुद्धको उपदेश सिर्फ सुन्ने मात्र होईन यो त अभ्यास र चर्याबाट सुख शान्ति पाउने हो, उनीहरूले पहिले नै अलाबामा र जर्जिया जस्ता राज्यहरूमा पदयात्रा गरिसकेका छन्, अहिले अमेरिका भारी भाइरल भइरहेछ,जसले त्यहाँकाे जनताले अन्तर मन देखि बुद्धको उपदेश सुन्न र भिक्षुहरुलाई भेट्ने सबैलाई प्रेरणा दिइरहेछ। साधु साधु साधु।

# # बुद्धको सुन्दर संदेश मानवकाे लागि नभई नहुने मैत्री करुणा र प्रेम वफादारीको कुनै सीमा हुँदैन भन्ने सुन्दर सम्झना।

Bodhisattva Vajrapāṇi/Chana DorjeVajrapani or Chana Dorje is the protector and guide of the Buddha, one of the eight gre...
15/12/2025

Bodhisattva Vajrapāṇi/Chana Dorje
Vajrapani or Chana Dorje is the protector and guide of the Buddha, one of the eight great Bodhisattva and lords of the three families. He represents the power of the Buddhas and is usually depicted as blue in color and holding a vajra. Vajrapani is indeed a Bodhisattva who embodies all the Buddhas' infinite enlightened power. In recognition of Vajrapani's powerful abilities, Shakyamuni Buddha entrusted him with the protection of the tantras, those powerful Vajrayana teaching capable of guiding qualified disciples to full enlightenment in one short lifetime. As protector of these precious and esoteric ta***ic teachings, Vajrapani is sometimes referred to with the title "Lord of the Secret".

Vajrapani is the Ta***ic aspect of the enlightened mind, which transforms the energy of hate into active wisdom and magical perfection. A Bodhisattva-aspect which symbolizes the indestructible vajra-body of a Buddha. Chana Dorje was a major secret meditation deity of e.g. Lama Yeshe, Geshe Rabten and Gangchen Tulku.

Vajrapani is extensively represented in Buddhist iconography as one of the three protective deities surrounding the Buddha. Each of them symbolizes one of the Buddha's virtues: Manjusri (the manifestation of all the Buddhas' wisdom), Avalokitesvara (the manifestation of all the Buddhas' compassion) and Vajrapani (the manifestation of all the Buddhas' power as well as the power of all 5 Tathagathas).

Vajrapani uses powerful means to protect and promote Buddha's teaching. On one famous occasion, Shakyamuni Buddha was seated at the Vulture's Peak near Rajagriha, the site where He delivered the Perfection of Wisdom Sutra. At that time, Buddha's jealous cousin Devadatta rolled a large boulder down the hill in an attempt to assassinate Him. Just as the huge rock was about to crush Buddha, Vajrapani used his immense power to split it into two so that pieces of the boulder fell harmlessly to either side.

vajra vajrayan vajrayanabuddhism
GreatestHighlights ゚viralシfypシ゚viralシalシ

आठ प्रकारका स्तूप बुद्धका जीवनका आठ चरणहरू१.जन्म स्तूप — लुम्बिनीमा बुद्धको अवतरण २.सम्यक सम्बोधि स्तूप — बोधगयामा ज्ञान...
20/10/2025

आठ प्रकारका स्तूप बुद्धका जीवनका आठ चरणहरू

१.जन्म स्तूप — लुम्बिनीमा बुद्धको अवतरण
२.सम्यक सम्बोधि स्तूप — बोधगयामा ज्ञान प्राप्ति
३.धर्मचक्र प्रवर्तन स्तूप — सारनाथमा पहिलो उपदेश
४. श्रद्धा सिद्धि प्रदर्शन स्तूप — चमत्कारद्वारा श्रद्धा जागरण
५. देवलोक अवतरण स्तूप — आमालाई धर्म उपदेश पछि पृथ्वीमा पुनरागमन
६.संघ पुनर्गठन स्तूप — संघलाई एकता र अनुशासनमा ल्याउने
७.सर्व विजय स्तूप — प्रलोभन र बाधामाथि विजय
८.महापरिनिर्वाण स्तूप — कुशीनगरमा अन्तिम मुक्ति

यी आठ स्तूपमा समेटिएको छ बुद्धको सम्पूर्ण जीवन दर्शन ज्ञान, करुणा र मुक्ति मार्ग।

नमो बुद्धय🙇☸️🥀

routine of Buddhist ゚viralシ

बौद्ध चैत्य सन्दर्भमा "नाथ" शब्दको प्रयोग ! नेपालमा रहेका दुई प्रमुख बौद्ध धार्मिक स्थल स्वयम्भु महाचैत्य र बौद्ध चैत्य ...
08/07/2025

बौद्ध चैत्य सन्दर्भमा "नाथ" शब्दको प्रयोग !

नेपालमा रहेका दुई प्रमुख बौद्ध धार्मिक स्थल स्वयम्भु महाचैत्य र बौद्ध चैत्य प्रति पछिल्लो समय एक भ्रमपुर्ण परिपाटी विकसित हुँदै गएको छ । धार्मिक, शैक्षिक तथा प्रशासकीय वृत्तहरूमा यी स्थलहरूलाई क्रमशः स्वयम्भुनाथ र बौद्धनाथ भनेर सम्बोधन गर्ने चलन व्यापक बन्दै गएको छ । "नाथ" को प्रयोग यत्तिकै भाषिक परिवर्तन होइन । यो धार्मिक अवधारणाको पुनर्लेखन हो, जुन बौद्ध परम्पराको आत्मा र ऐतिहासिक साक्ष्य सँग मेल खादैन ।

"नाथ" शब्दको व्युत्पत्ति र परम्परागत प्रयोग संस्कृत भाषाबाट भएको हो । जसको अर्थ स्वामी, गुरु वा रक्षक हुन्छ । यसको प्रयोग विशेष गरि हिन्दुधर्ममा हुन्छ । जस्तै; शैव, वैष्णव तथा नाथ सम्प्रदायमा गहिरो रुपमा हुन्छ । उदाहरणका लागि पशुपतिनाथ, गोरखनाथ, बद्रीनाथ, केदारनाथ, जगन्नाथ, भैरवनाथ आदि हुन । यस्ता नामहरू हिन्दु परम्परामा देवताको महिमा सुचक उपाधिको रूपमा विकसित भए । तर बौद्ध परम्परामा "नाथ" शब्द कुनै पनि चैत्य, स्थान वा बुद्धसँग प्रत्यक्ष रूपमा प्रयोग गरिएको ऐतिहासिक प्रमाण छैन ।

प्राचीन शुद्ध बौद्ध परम्परा अनुसार स्वयम्भू र बौद्ध चैत्यको पौराणिक तथा ऐतिहासिक शब्द वा नाम "स्वयम्भू महाचैत्य" र बौद्धलाई "खास्ती चैत्य" भनिन्थ्यो । अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ता "डेविड गेल्नर" भन्छन, "नाथ" शब्द पछि थपिएको हो, जुन हिन्दु प्रभुत्व र बौद्ध स्थलहरुको संस्कृतिकरणको क्रममा उत्पन्न भएको हो : (Reference: The Emergence of Conversion in a Hindu-Buddhist Polytropy) । त्यस्तै अर्का अनुसन्धानकर्ता "निल्स गट्स्चो" भन्छन, स्वयम्भू र बौद्ध भनेर चिनिने धार्मिक स्थलहरुलाई "नाथ" उपसर्ग दिएर सम्बोधन गरिएको कुनै पनि अभिलेख वा बौद्ध पाण्डुलिपिमा उल्लेख छैन : (Reference: The Nepalese Chaitya: 1500 Years of Buddhist Votive Architecture in the Kathmandu Valley) ।

शाह वंशीय गोरखाली एकिकरणपछी धार्मिक राष्ट्रवादको प्रभावले बौद्ध स्थलहरूलाई हिन्दु संस्कारमा पुनः व्याख्या गर्ने काम भयो । स्वयम्भूमा हरिहर शिवविष्णु मन्दिर बनाइयो । खास्ती चैत्य (बौद्ध) माथी विष्णुको उपासनासम्बन्धी कथा जोडियो, “धनधन विष्णुका भक्तले बौद्ध बनायो” जस्ता लोककथाहरू जोडियो । यी परिवर्तन सँगै बौद्ध स्थलहरुमा हिन्दु शब्दावली "नाथ" थपिन थाले । यसरी "नाथ" जोड्ने परम्परा बौद्ध धर्मको आत्मप्रकाश होइन, राज्य र शासन प्रणाली द्वारा थोपारिएको भाषिक उपनिवेशवाद हो ।

आधुनिक विश्वविद्यालयबाट Bachelor, Master र PHD गर्ने क्रममा विद्यार्थीहरुले अनुसन्धात्मक थेसिस लेखिन्छ । पछिल्लो समय आधुनिक बौद्ध गुम्बा र मठहरुमा पनि खेन्पोहरु द्वारा बौद्ध ग्रन्थ सम्वन्धी पुस्तक लेख्ने अभ्यास थालेको छ । “बौद्ध गुम्बा र खेन्पोहरूद्वारा लिखित पुस्तकहरूमा "बौद्धनाथ", "स्वयम्भुनाथ" लेखिएको भेटिन्छ, जसको आधारमा कतिपय लामा पुस्ताहरूले नै यिनै शब्दलाई बौद्ध परम्परा भनी स्वीकार गर्छन ।

यो गहिरो समस्याको कारण: गुम्बा शिक्षालयमा पनि सरकारी पाठ्यपुस्तक, पर्यटन बोर्डको नक्सा, वा प्रशासनिक कागजातहरूको आधार बनाइन्छ । ती स्रोतहरूमा हिन्दु संस्कारमा ढालिएको शब्दावली प्रयोग भएकाले थेसिस वा रिपोर्टमा पनि त्यही शब्दको पुनरावृत्ति हुन्छ । र खेन्पोहरूद्वारा अनुसन्धान गर्दा भाषिक शुद्धता भन्दा प्रचलनको सहजता प्राथमिकता दिइन्छ, जसले गल्तीलाई अन्जान संस्थागत बनाई रहेका छन । र बुद्धको मार्ग समीक्षाको मार्ग हो, स्वयं खोज, परीक्षण गर, अनुभुती गर, भन्ने मुल मन्त्रले चल्ने परम्परामा, कुनै शब्दको प्रयोग केवल पुस्तकमै छ, भनेर स्वीकार गर्नु बौद्धिक आलस्य हो । किनकी शब्द नै विचारको थालनी हो, गलत शब्दले गलत विचार सँगै अन्ततः गलत इतिहास बनाउँछ । त्यसैले, आजको अवस्थामा बौद्ध दृष्टिकोणमा शब्दको शुद्धता निकै महत्वपूर्ण छ ।

त्यसकारण "बौद्धनाथ" वा "स्वयम्भुनाथ" भन्ने शब्दहरू बौद्ध परम्परा अनुसार न त शुद्ध छन, न त ऐतिहासिक रूपमा प्रमाणित । यी शब्दहरू हिन्दु संस्कृतिकरणको प्रभावस्वरूप उत्पन्न भएको भाषिक पुनर्निर्माण हो, जसलाई वर्तमान पुस्ताले नक्कल गर्दै मौलिक परम्परा बिर्सिदै गएको छ । बुद्धका चिन्तकहरू हुनु भनेको इतिहासका अँध्यारा कोठामा साँचोको दियो बाल्नु हो, पुस्तकमै छ भनेर आँखामा पट्टी बाँध्नु होइन । यदि हामी बौद्ध परम्पराका वारिस हौ भने स्वयं खोजी गरौ, परिक्षण गरौ, अनुभुती गरौ ! नाथ होइन ज्ञान जोडौ, त्यही नै बुद्ध मार्ग हो ।

अन्तमा: मैले भनेकै थिए म सँग बहसमा उत्रनु अघी केही अध्ययन गरेर आउनु, हैन भने तपाईंका अध्ययनको गहिराई कति छ भनेर बुझ्न मलाई सेकेन्ड पनि लाग्दैन । अझै पनि मैले प्रस्तुत गरेका ऐतिहासिक पौराणिक तथा श्रोत सान्दर्भिक दस्तावेजहरु तपाइलाई असत्य, भ्रमपुर्ण र अतिरञ्जित लाग्छ भने कृपया कुनै धार्मिक तथा पौराणिक इतिहासविद सँग प्रमाणसहित परामर्श गरेर बुझ, अनुमानको आधारमा नबोल ।

साभार - फारप रुम्बा तामाङ

13/08/2024

म स्वयं #बुद्धले भनेकै भरमा पनि अन्धोभक्त बनि तुरुन्तै विश्वास नगर्नु । यो आध्यात्मिक मार्गदर्शनमा पहिले स्वतंत्ररुपले आफैले चिन्तन मनन् गर्नु, विश्लेषण गर्नु, अभ्यास गर्नु, अनि अनुभव पनि गर्नु त्यसपछि बल्ल तिमी आफ्नो निर्णय आफै गर्नु । किन कि तिमी स्वयं आफ्नो मालिक हौ, र आफ्नो दीप आफै बन्नु पर्दछ । #नमो_बुद्धाय

Address

Boudha 06
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepal Buddhist Nyingma Palyul Association posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Buddhist Nyingma Palyul Association:

Share