Inter-Generational Feminist Forum

Inter-Generational Feminist Forum Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Inter-Generational Feminist Forum, Nonprofit Organization, Patan Dhoka, Kathmandu.

Inter-Generational Feminist Forum (IGFF)is an informal group of feminists formed to disseminate information about the movement at the grassroots level and unite all leaders through an intersectional approach

17/09/2026

८४ मा म पनि उपमेयरमा लड्नेछु।
-पार्वती बुढा

I will also run for deputy mayor in 2084.
-Parwati Buda

हार्दिक निमन्त्रण🙏अन्तर-पुस्ता महिलावादी मञ्चको आयोजनामा निम्न विवरण अनुसार सञ्चालन हुने “विपद्का असमान प्रभाव, न्यायोचि...
17/09/2026

हार्दिक निमन्त्रण🙏
अन्तर-पुस्ता महिलावादी मञ्चको आयोजनामा निम्न विवरण अनुसार सञ्चालन हुने “विपद्का असमान प्रभाव, न्यायोचित पुनरुत्थान र समुदायको भूमिका” विषयक जुम अन्तरक्रियामा तपाईंको गरिमामय उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौं।

📝विषय: “विपद्का असमान प्रभाव, न्यायोचित पुनरुत्थान र समुदायको भूमिका”
📅मिति: September 20, 2026 (असोज ४, २०८३), Sunday
⏰समय: साँझ ५:३० – ७:०० बजे
🎤मुख्य वक्ता: मधुकर उपाध्याय

💻Join Zoom Meeting:
🔗https://us06web.zoom.us/j/86564155931
🆔Meeting ID: 865 6415 5931

मधुकर उपाध्याय - संक्षिप्त परिचय
मधुकर उपाध्याय एक अनुभवी जलाधार विशेषज्ञ हुनुहुन्छ। सरकारी सेवामा २० वर्षभन्दा बढी समय व्यतीत गर्नुभएका उहाँले राष्ट्रिय योजना आयोगमा 'जलवायु बजेट ट्र्याकिङ प्रणाली'को नेतृत्व गर्दै योजना तथा बजेटमा जलवायु परिवर्तनलाई मूलप्रवाहीकरण गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको छ।

उहाँ तीव्र प्राविधिक-आर्थिक विकास र जलवायु परिवर्तनका कारण भइरहेको वातावरणीय क्षयका बीच 'पारिस्थितिक प्रणाली सेवा' र 'गरिबी'को सम्बन्धबारे अध्ययन गर्ने एक विश्वव्यापी अनुसन्धानमा समेत भूमिका निर्वाह गर्नुभएको छ। साथै, सामाजिक प्रगति, वातावरणीय दिगोपना र बढ्दो जलवायु सङ्कटबीच सन्तुलन मिलाउने चुनौतीहरूका विषयमा उहाँले पत्रपत्रिका तथा सञ्चारमाध्यमहरूमा नियमित रूपमा विश्लेषणात्मक विचार र लेखहरू लेख्दै आउनुभएको छ।

16/09/2026

"म पनि अहिलेका महिलाजस्तै शक्तिशाली हुन सकूँ।"

"I, too, wish to be as powerful as women of today."

15/09/2026

दलित भन्नेबित्तिकै हामीलाई ठूलो काम बिगारेर आएको जस्तो अनुभूति गराइन्छ।

Simply because we are Dalit, we are made to feel as though we have done something seriously wrong.

14/09/2026

महिलाहरूले विभेद गर्दैनन्....

“Women do not discriminate....”

12/09/2026

सम्भव छ, र कोसिस गर्‍यौँ भने हामी त्यो उचाइमा पुग्न सक्छौँ।

It is possible, and if we try, we can reach that height/level.

11/09/2026

आर्थिक रूपमा भार नपर्ने गरी चुनाव लड्न आवश्यक…

It is necessary to contest the election without creating a financial burden…

कोण सभा:  बाँकेअनुपम अभियान अन्तर्गत वि.सं. २०८३ साल भदौ २६  गते बाँके जिल्लाको बैजनाथ गाउँपालिका नं ०४ मा नागरिक आवाजको...
11/09/2026

कोण सभा: बाँके

अनुपम अभियान अन्तर्गत वि.सं. २०८३ साल भदौ २६ गते बाँके जिल्लाको बैजनाथ गाउँपालिका नं ०४ मा नागरिक आवाजको सहकार्यमा “कोण सभा” कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो ।

कार्यक्रमको मुख्य उद्देश्य महिलाहरूको राजनीतिक सहभागिताको आवश्यकता र महत्वका साथै समाज तथा नेतृत्वमा महिलाहरूले खेल्न सक्ने भूमिकाबारे जानकारी प्रदान गर्दै सचेतना अभिवृद्धि गर्नु रहेको छ उक्त कार्यक्रममा बोल्ने बक्ताहरुले हरेक तहमा महिलाको अर्थपूर्ण सहभागीताको सुनिश्चित हुनुपर्छ भन्ने कुरामा जोड दिएका थिए । यस अभियान प्रतिको ऐक्यबद्धता र सकारात्मक ऊर्जा झल्काएको थियो ।

यस कार्यक्रममा बैजनाथ गाउँपालिकाका महिला नेता पार्बती बुढा, समाजसेबी गोमा उपाध्याय, अधिकारकर्मी निरुता कठायत, शिक्षक बिस्णु खड्क लगायत विभिन्न समूह सन्जालका महिला लगायत करिब ४६ जनाको उत्साहजनक सहभागिता रहेको थियो।

यस अभियानलाई सफल बनाउन आफ्नो व्यस्त समयबाट समय निकालेर कार्यक्रममा सहभागी भई साथ, समर्थन तथा ऐक्यबद्धता जनाउनुहुने सम्पूर्ण सहभागीहरूप्रति हामी हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ।

कोण सभा:  बर्दियाअनुपम अभियान अन्तर्गत वि.सं. २०८३ साल भदौ २५  गते बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं ०४ मा नाग...
11/09/2026

कोण सभा: बर्दिया

अनुपम अभियान अन्तर्गत वि.सं. २०८३ साल भदौ २५ गते बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं ०४ मा नागरिक आवाजको सहकार्यमा “कोण सभा” कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो ।

कार्यक्रमको मुख्य उद्देश्य महिलाहरूको राजनीतिक सहभागिताको आवश्यकता र महत्वका साथै समाज तथा नेतृत्वमा महिलाहरूले खेल्न सक्ने भूमिकाबारे जानकारी प्रदान गर्दै सचेतना अभिवृद्धि गर्नु रहेको छ उक्त कार्यक्रममा बोल्ने बक्ताहरुले हरेक तहमा महिलाको अर्थपूर्ण सहभागीताको सुनिश्चित हुनुपर्छ भन्ने कुरामा जोड दिएका थिए । यस अभियान प्रतिको ऐक्यबद्धता र सकारात्मक ऊर्जा झल्काएको थियो ।

यस कार्यक्रममा बढैयाताल गाउँपालिकाका ४ का पुर्बवडा अध्यक्ष दुर्गा पराजुली, महिला अधिकार कर्मी पदमा माया बास्तोला, सर्स्वती बराल, सोनु रसाइली, भगवती लामिछाने, विभिन्न समूह सन्जालका महिलाहरु लगायत करिब ४० जनाको उत्साहजनक सहभागिता रहेको थियो।

यस अभियानलाई सफल बनाउन आफ्नो व्यस्त समयबाट समय निकालेर कार्यक्रममा सहभागी भई साथ, समर्थन तथा ऐक्यबद्धता जनाउनुहुने सम्पूर्ण सहभागीहरूप्रति हामी हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ।

10/09/2026

“महिला भएकै कारण मैले सामाजिक सञ्जालमा स्टाटस लेख्दा यस्तो भयो…”

“This happened simply because I am a woman when I posted a status on social media…”

Address

Patan Dhoka
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Inter-Generational Feminist Forum posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Inter-Generational Feminist Forum:

Shortcuts

Share