नेपाली काङ्ग्रेस दोलखा

नेपाली काङ्ग्रेस दोलखा जय नेपाल

31/08/2026

जरुरी सुचना !!
नेपाली काँग्रेस केन्द्रीय कृयाशिल सदस्यता ब्यवस्थापन समिति द्वरा पुनः भाद्र १९ गते सम्मको लागि समय थप गरिएको छ। कहिंकतै विभिन्न कारणले गर्दा कृयाशिल सदस्यता अध्यवधिक नभएको भए वा छुट्न पुगेको भए वा अन्य कारणले रोकिएको भए कृयाशिल सदस्यता अध्यावधिक गर्नु हुन साथै अन्य जानकारी चहिएमा मेरो फोनंबर 9851030167 अनुरोध गर्दछु। जय नेपाल ।
बर्मा लामा
सभापति
नेपाली काँग्रेस दोलखा

28/08/2026
16/08/2026

21/07/2026

संसदबाट पारित हुनुपर्ने, बजेट र ऐनसँग जोडिने करका दरहरू अब फेसबुकका पानाबाट हट्न थाले!

​प्रधानमन्त्रीज्यूले फेसबुकमा एउटा स्टेटस लेखिदिएकै भरमा शिक्षा र स्वास्थ्यको ३% कर 'फिर्ता' भयो रे!

नीति, नियम, विधि र कानुनी प्रक्रिया भन्ने कुरा त देशमा हराएकै रहेछ। पहिले बजेटमा जबरजस्ती कर ठोक्ने, अनि चौतर्फी थुक-गाली परेपछि फेसबुकमा आएर "हटाएँ है" भन्दिने?

​राज्य सञ्चालन र देशको अर्थतन्त्रलाई यति धेरै हलुका र हचुवा सम्झिने? फेसबुकको लाइक र कमेन्ट हेरेर देश चलाउने हो भने त्यो संसद, मन्त्रालय र 'विज्ञ' अर्थमन्त्रीको के काम?

゚シ゚viralシ゚シ゚シ゚viral

05/06/2026

क्रियाशील सदस्यता अद्यावधिक केबल परिचय मात्र
हाेईन याे लाेकतन्त्र प्रतिकाे जिम्मेवारी र समर्पण हाे।
जय नेपाल
Barma Lama

जुनबेला  विशेष महाधिवेशन भैरहेको थियो  म त्यो महाधिवेशनको पक्षमा थिईन! आजपनि म केन्द्रीय सभापति गगन कुमार थापा ज्युको अन...
03/06/2026

जुनबेला विशेष महाधिवेशन भैरहेको थियो म त्यो महाधिवेशनको पक्षमा थिईन! आजपनि म केन्द्रीय सभापति गगन कुमार थापा ज्युको अन्धोभक्त होइन,कठोर विरोधी पनि होइन , विशेष महाधिवेशन नभएको भए काँग्रेसको जहाज उत्रिनु नसक्ने गरि डुवानमा पर्थ्यो भन्न म सक्दिन।विशेष महाधिवेशनकै कारणले आज हामी दोस्रो पार्टीको रुपमा सिमित भयौं, पहिलेको नेतृत्वले भए बहुमत ल्याउथ्यो भनेर समर्थन गर्ने पक्षमा पनि म उभिन सकिन! गल्ती कम्जोरीहरु सबै पक्षको, सबै विचार समुहहरुको थोरबहुत रहेकोछ। भलै नेतृत्वमा रहेको संस्थापन पक्षले लचकता अपनाएर सबैलाई समेटेर पार्टीलाई अक्षुम्न राख्नु दाईत्व हुन आउँछ भन्ने लागेको छ पहल जारी राख्नु हुन निवेदन गर्दछु।
विरोधको नाममा विरोध होइन एकताको सन्दर्भ सुत्र के हुन सक्छ अगामी १५ अौ महाधिवेशन धाँधलीरहित विस्वासीलो ढंगले सर्वस्वीकार्य एकताको महाधिबेशन कसरी बनाउन सकिन्छ भन्नेतिर छलफल केन्द्रित गर्नु उपयुक्त हु्न्छ भन्ने सुझाव राख्न चाहान्छु।
हामीलाई अवगत छ! निर्वाचन आयोग हुदै सर्बोच्च अदालतले समेत विशेष महाधिवेशनलाई बैध्यता प्रदान गरिसके पछि हाल मौजुदा केन्द्रीय कार्यसमितिले गरेको निर्देशनलाई लत्याउनु उपयुक्त हुन्न भन्ने महसुस मैले गरेको छु।गगन कुमार थापा ज्युबाट हस्ताक्षरित टिकटबाट अधिकांश नेताहरु निर्वाचनमा उमेदवार बने ! नबन्ने नेता कार्यकर्ताहरुले उक्त निर्णय स्वीकार गरेर सहयोग गरेउँ कसैले बिद्रोह गरेनौं विरोधको स्वरहरु पनि सुनिएन।
निर्वाचन पछिको अवस्था हेर्दा,कतिपय वडाहरुमा हामीसंग भएको कृयासिल सदस्य भन्दा कम मत आएको छ, जुन कृयाशिल सदस्यले हामीलाई मत दिनु भएन वहाँहरु अध्याबधिक गर्नु आउनु हुन्न, त्यस्ता मान्छेहरुको सदस्यता हटाउनु पर्नेछ,कतिपयले पार्टी छोडेर गईसकेको छ, कतिपय सदस्यहरु मरिसकेको छ। सबै कृयाशिल सदस्यलाई प्रबिधिसंग जोड्नु पनि छ।यो अवस्थामा अध्यबधिक गर्ने कुरा मनासिब हो भन्ने मलाई लागेको छ!अध्यबधिक गरेको सबैले १५अौ महाधिवेशनमा हाल मौजुदा संस्थापन पक्षलाई नै सहयोग गर्नै पर्छ भनेको पनि छैन।जस्लाई सहयोग समर्थन गरे पनि तपाईं हाम्रो लोकतान्त्रिक अधिकार सुरक्षित छ,त्यसैले आज मैले आफ्नो कृयाशिल सदस्यता अध्यबधिक गरेको छु।सबै दोलखाली साथीहरूलाई आफ्नो कृयाशिल सदस्यता अध्यबधिक गर्नुहुनअनुरोध गर्दछु। जयनेपाल।
तपाईंको प्रिय साथी
Barma Lama
नेपाली कांग्रेस दोलखा

22/05/2026

न त दोधार, न त बहाना
जता रुख र चारतारा
त्यतै हाम्रो ठेगाना

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when नेपाली काङ्ग्रेस दोलखा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share