11/09/2026
हार्दिक श्रद्धाञ्जली तथा समवेदना
भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा जिल्ला तथा तल्लो तटीय क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति हामी अत्यन्त दुःखी छौँ।
यस दुःखद विपत्तिमा ज्यान गुमाउनुभएका सम्पूर्ण दिवंगत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, उहाँहरूको आत्माको चिरशान्तिको कामना तथा प्रभावित परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ।
दिवंगत आत्माहरूको शान्तिका लागि मोलाम पूजा
योल्मो कर्मा कुङ्गावो चुक ल्हाखाङ गुम्बा, गोकर्णेश्वर, माकलबारी द्वारा
२०८३ साल भदौ २४ गते सम्पन्न भएको जानकारी सम्पूर्ण सदस्यहरूमा गराउँदछौँ।