25/05/2026
भावपुर्ण श्रद्धाञ्जली !
यस संस्थाका सल्लाहकार राजेश (राजु) प्रधानका मामा भोजपुर बजार निवासि हाल काठमाडौंमा बसोबास गर्नुहुने साकेत ठाकुरको आज मिती २०८३/०२/११ गते विहान असामयिक स्वर्गारोहण भएको खबरले स्तब्ध भएकाछौं । दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।
साथै यस दु:खद घडीमा शोक सन्तप्त परिवारजनमा ईश्वरले धैर्य धारण गर्न शक्ति प्रदान गरुन भनि हार्दिक समवेदना व्यक्त गर्दछौ।
आज विहान ९ः०० बजे विधुतिय शवदाहगृहमा दाहसंस्कार गरिने भएको हुदा सम्पुर्ण भोजपुर निवासीहरुमा जानकारी पनि गराउदछौं ।
भोजपुरको लाखे तथा कला संस्कृति उत्थान, काठमाण्डौ परिवार