16/12/2022
डिकेड डोल्पा ,युनिसेफ नेपाल अनि स्थानीय तहको सहयोग सहकार्य र साझेदारी मा संचालित सामुदाय तथा विधालयमा खानेपानी सरसफाइ तथा स्वच्छताका कृयाकलाप हरु ठुलीभेरी न पा वार्ड न 2 कुम्ली सामुदाय तथा मान्मा आ वि , वार्ड न 6 थरगाउ सामुदाय तथा लक्ष्मी मा बि ,वार्ड न 8 विडीथान आ वि जुफाल, वार्ड न 8 र 9 डागिवाडा मोतिपुर दलित सामुदाय तथा गौरी आ वि , वार्ड न 9 भित्ती सामुदाय गरि 4 सामुदाय र 4 विधालय मा उक्त क्रियाकलाप हरु लागू गरिएको थियो त्यसै गरि मुड्केचुला गा पा अन्तर्गत वार्ड न 3 रिरिङ सामुदाय तथा नवज्योति आ वि , वार्ड न 6 थरगाउ सामुदाय तथा महादेव आ वि गरि 2 सामुदाय र 2 विधालयमा कार्याक्रम हरु लागू गरिएको थियो ।
यसै कार्यक्रम अन्तर्गत रहि विभिन्न भौतिक संरचना हरुको मर्मत सम्भार गरि नेपाल सरकार द्वारा लागू गरिएको सम्बन्धित सुचक तथा मापदण्ड हरु पूरा गर्दै दुबै पालिका का 6 सामुदाय लाई स्थानीय तह बाट सुरक्षित खानेपानीयुक्त सामुदाय र 3 विधालय लाई 2 तारे विधालय घोषणा गरिसकेको छ भने 3 विधालय 1 तारे मा स्तरोन्नति हुन सफल भएको छ । मुड्केचुला गा पा को नवज्योति आ वि , ठुलीभेरी न पा को मन्मा आ वि र विडीथान आ वि 2 तारे विधालय बन्न सफल भएका छन।
सामुदाय खानेपानी अन्तर्गत सुरक्षित अनि सहज रुपमा ठुलीभेरी न पा का जम्मा 234 घरधुरी मा एक घर एक धारा ,2 वटा सार्वजनिक धारा, निर्माण गरिएको छ भने मुड्केचुला गा पा का 2 सामुदाय गरि जम्मा 58 घरधुरी एक घर एक धार को पहुँचमा पुग्न सफल भएका छन । करिब 10 महिने अवधिको यस कार्यक्रमको साझेदारी संस्था डोल्पा वातावरण संस्कृति र विकास यात्रा डिकेड डोल्पाले स्थानिय तहको साझेदारी
रकम व्यवस्था हुन नसकेपछि सहयोगी संस्था युनिसेफ नेपाल, डिकेड-डोल्पा को रकम र स्थानियवासिको जनश्रमदान बाट मात्रै सम्पुर्ण कार्यहरु सप्पन्न गरि घोषणा गर्न सफल भएको हो।