Courier Service Association of Nepal

Courier Service Association of Nepal Umbrella organization of Nepali Courier, Logistics and delivery industries

नेपाल कुरियर सेवा संघका केन्द्रीय अध्यक्ष अनिल राजभण्डारीज्युको समसामयिक अन्तर्वार्ता । धन्यवाद Capital Nepal !
19/08/2026

नेपाल कुरियर सेवा संघका केन्द्रीय अध्यक्ष अनिल राजभण्डारीज्युको समसामयिक अन्तर्वार्ता ।

धन्यवाद Capital Nepal !

कुरियर सेवा दैनिक जीवनकै अपरिहार्य हिस्सा बनेको छ | capitalnepal

नेपाल कुरियर सेवा संघका अध्यक्ष श्री अनिल राजभण्डारीज्यूले क्यापिटल नेपालसँगको यस अन्तर्वार्तामा कुरियर क्षेत्रको वर्तमा...
16/08/2026

नेपाल कुरियर सेवा संघका अध्यक्ष श्री अनिल राजभण्डारीज्यूले क्यापिटल नेपालसँगको यस अन्तर्वार्तामा कुरियर क्षेत्रको वर्तमान अवस्था, निजी क्षेत्रको योगदान, रोजगारी सिर्जना, देशभरको सेवा पहुँच, विद्यमान नीतिगत तथा कानुनी चुनौती र यस क्षेत्रलाई व्यवस्थित गर्न आवश्यक नियमन तथा नीतिगत सुधारका विषयमा संघको धारणा स्पष्ट रूपमा प्रस्तुत गर्नुभएको छ।
कुरियर क्षेत्रलाई व्यवस्थित, मर्यादित, सुरक्षित र प्रतिस्पर्धी बनाउँदै निजी क्षेत्रको लगानी तथा योगदानको संरक्षणसहित स्पष्ट नीति, कानुन र नियमन आवश्यक छ।
सम्बन्धित सबै सरोकारवालाको ध्यानाकर्षणका लागि उक्त अन्तर्वार्ता प्रस्तुत गर्दछौँ।
👉 सम्पूर्ण अन्तर्वार्ता पढ्नुहोस्: क्यापिटल नेपालमा प्रकाशित अन्तर्वार्ता

विगत नेपालबाट देशविदेशमा सामान ओसारपसार गर्न एउटा मात्र सरकारी माध्यम हुलाक सेवा प्रयोग गर्नुपर्ने बाध्यता थिय...

त्रि बि भन्सारमा जारी अवरोध हटाउन निर्यात सहजिकरणको लागी सर्ब पक्षिय छलफल ।
16/07/2026

त्रि बि भन्सारमा जारी अवरोध हटाउन निर्यात सहजिकरणको लागी सर्ब पक्षिय छलफल ।

व्यवसायी भन्छन् : क्षेत्राधिकारबाहिर प्रहरीले मालवस्तु रोकेर अनावश्यक दु:ख दियो, भन्सारका कर्मचारी भन्छन् : प्रह...

महासचिव श्री कृष्ण नेपालद्वारा लिखित "कुरियर तथा लजिस्टिक्स क्षेत्र: नेपालको अर्थतन्त्रको अदृश्य तर अपरिहार्य आधार" शीर्...
14/07/2026

महासचिव श्री कृष्ण नेपालद्वारा लिखित "कुरियर तथा लजिस्टिक्स क्षेत्र: नेपालको अर्थतन्त्रको अदृश्य तर अपरिहार्य आधार" शीर्षकको लेख अर्थडबलीमा प्रकाशित भएको छ।

लेखमा नेपालको कुरियर तथा लजिस्टिक्स क्षेत्रका चुनौती, सम्भावना, हुलाक आधुनिकीकरण, निर्यात सहजीकरण तथा आवश्यक नीतिगत सुधारका विषयमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्नु भएकोे छ।
पूरा लेख:
👇
(लिङ्क)
https://www.arthadabali.com/2026/07/14/90919

कुनै पनि देशको आर्थिक विकासको गति उद्योग, व्यापार वा उत्पादनले मात्र निर्धारण गर्दैन, ती गतिविधिलाई उपभोक्तासम्....

नेपाल कुरियर सेवा संघका उपाध्यक्ष श्री राजकुमार सामरीज्युलाइ जन्मदिनको लाखौ लाख शुभकामना ।  नेपाल कुरियर सेवा संघ परिबार...
13/07/2026

नेपाल कुरियर सेवा संघका उपाध्यक्ष श्री राजकुमार सामरीज्युलाइ जन्मदिनको लाखौ लाख शुभकामना ।

नेपाल कुरियर सेवा संघ परिबार l

नेपाल कुरियर सेवा संघका महासचिब श्री कृष्ण नेपालज्युलाइ जन्म दिनको लाखौ लाख शुभकामना।  नेपाल कुरियर सेवा संघ परिबार l
08/07/2026

नेपाल कुरियर सेवा संघका महासचिब श्री कृष्ण नेपालज्युलाइ जन्म दिनको लाखौ लाख शुभकामना।

नेपाल कुरियर सेवा संघ परिबार l

आज हुन गइरहेको नेपाल उद्योग वाणिज्य महासंघ को निर्वाचनमानेपाल कुरियर सेवा संघका निवर्तमान अध्यक्ष दुर्गा प्रसाद सुवेदी ज...
04/05/2026

आज हुन गइरहेको नेपाल उद्योग वाणिज्य महासंघ को निर्वाचनमा
नेपाल कुरियर सेवा संघका निवर्तमान अध्यक्ष दुर्गा प्रसाद सुवेदी ज्यूलाई नेपाल कुरियर सेवा संघको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।
उहाँले आफ्नो कार्यकालमा संघ तथा समग्र कुरियर व्यवसाय क्षेत्रको विकास, सुदृढीकरण र संस्थागत उन्नतिका लागि पुर्‍याउनुभएको योगदान अत्यन्त सराहनीय छ। उहाँको अनुभव, नेतृत्व क्षमता र दूरदर्शी सोचले महासंघलाई अझ प्रभावकारी र परिणाममुखी बनाउनेमा हामी विश्वस्त छौं।
यस महत्वपूर्ण निर्वाचनमा उहाँको सफलताको कामना गर्दै उज्ज्वल भविष्यका लागि हार्दिक शुभेच्छा व्यक्त गर्दछौं।
धन्यवाद।
Durgadev Subedi






धन्यवाद FNCCI 🙏नेपाल उद्योग वाणिज्य महासंघ(FNCCI) को ६०औं वार्षिक साधारण सभामा महासंघका अध्यक्ष श्री चन्द्र प्रसाद ढकालज...
04/05/2026

धन्यवाद FNCCI 🙏

नेपाल उद्योग वाणिज्य महासंघ(FNCCI) को ६०औं वार्षिक साधारण सभामा महासंघका अध्यक्ष श्री चन्द्र प्रसाद ढकालज्यु द्वारा नेपाल कुरियर सेवा संघ केन्द्रीय अध्यक्ष श्री अनिल राजभण्डारीज्युलाई सम्मान प्रदान गर्दै ।

उहाँले कुरियर उद्योग र महासंघको हितमा खेलेको भुमिकाको कदर गर्दै सम्पूर्ण कुरियर व्यवसायीहरुलाई गर्नु भएको उच्च सम्मान प्रति सम्पूर्ण कुरियर व्यवसायीहरुको तर्फबाट हार्दिक धन्यवाद अर्पण गर्दछौं !



नेपाल कुरियर सेवा संघ परिबार

मिति २०८३/०१/१० गते विहिवार निर्यात व्यवसायी महासंघ नेपाल(FEEN) को आयोजनामा वर्तमान सरकारका उपनेता एवं माननीय श्री गणेश ...
24/04/2026

मिति २०८३/०१/१० गते विहिवार
निर्यात व्यवसायी महासंघ नेपाल(FEEN) को आयोजनामा वर्तमान सरकारका उपनेता एवं माननीय श्री गणेश पराजुलीज्यु समक्ष आर्थिक बर्ष ०८३/०८४ बजेटमा भन्सार सुधार तथा बजेट सम्बन्धमा अन्तकृया कार्यक्रममा हाम्रा माग र भनाईहरु राख्दै कोसान अध्यक्ष श्री अनिल राजभण्डारीज्यु l

साथै नेपाल हस्तकला महासंघ, निर्यात व्यवसायी महासंघ नेपाल, गार्मेन्ट उद्योग संघ नेपाल, नेपाल निर्यात परिषद, नेपाल फ्रेट फरवार्डस एसोसिएसन, नेपाल गलैंचा उद्योग संघ लगायत अन्य विभिन्न सरोकारवाला संघहरुको संयुक्त दस्तखतमा हाम्रा संयुक्त मागहरूलाई एकरूपता बनाई अर्थ मन्त्रालयमा पेश गर्ने सहमति समेत भएको छ।

जय कोसान्🙏

प्रेस विज्ञप्तिनेपालका उद्योगी तथा व्यवसायीहरूलाई अनुसन्धानको नाममा अनावश्यक रूपमा हिरासतमा राख्ने, मानसिक दबाब दिने तथा...
24/04/2026

प्रेस विज्ञप्ति

नेपालका उद्योगी तथा व्यवसायीहरूलाई अनुसन्धानको नाममा अनावश्यक रूपमा हिरासतमा राख्ने, मानसिक दबाब दिने तथा सामाजिक प्रतिष्ठामा आघात पुर्‍याउने कार्यप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

उद्योगी–व्यवसायीहरू राष्ट्रको अर्थतन्त्रका मेरुदण्ड हुन्। उनीहरूले राज्यलाई नियमित रूपमा कर तिर्ने, रोजगारी सिर्जना गर्ने तथा आर्थिक गतिविधिलाई चलायमान बनाउने महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्। त्यसैले व्यवसायीहरूलाई राज्यले सम्मानित नागरिकका रूपमा व्यवहार गर्नु अत्यन्त आवश्यक छ।

कुनै पनि व्यवसायी अनुसन्धानपछि दोषी प्रमाणित भएमा प्रचलित कानुन अनुसार जरिवाना वा अन्य कारबाही गर्नु उपयुक्त हुन्छ। तर अनुसन्धानकै नाममा खाता रोक्का गर्ने, कारोबार अवरुद्ध गर्ने, लामो समयसम्म हिरासतमा राख्ने तथा मानसिक रूपमा हतोत्साहित गर्ने जस्ता कार्य कुनै पनि हिसाबले न्यायोचित हुन सक्दैनन्। यस्ता कदमहरूले व्यवसाय चौपट पार्नुका साथै देशको लगानी वातावरणमा नकारात्मक असर पार्दछन्।

व्यवसायीलाई अपराधीको दृष्टिले हेर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ। राज्य र निजी क्षेत्रबीच सहकार्य र विश्वासको वातावरण निर्माण हुनुपर्छ, किनकि यी दुई पक्ष एक–अर्काका साझेदार हुन्, प्रतिपक्ष होइनन्। व्यवसायीहरूलाई निरुत्साहित गर्ने कार्यले अन्ततः राज्य नै आर्थिक रूपमा पछाडि पर्ने तथा नयाँ लगानी भित्रिन नसक्ने अवस्था सिर्जना हुन्छ।

आजको अवस्थामा उद्योगी–व्यवसायीहरूको आत्मसम्मान, हक–अधिकार र मर्यादाको रक्षा गर्नु अत्यन्त आवश्यक भएको छ। यो कुनै एक व्यक्तिको होइन, सम्पूर्ण निजी क्षेत्रको साझा समस्या हो। त्यसैले यस विषयमा सबै व्यवसायीहरू एकजुट भई आवाज उठाउनु र समाधानका लागि साझा पहल गर्नु अपरिहार्य छ।

अन्त्यमा, हामी नेपाल सरकारसमक्ष अनुसन्धान प्रक्रियालाई पारदर्शी, न्यायसंगत तथा व्यवसाय–मैत्री बनाउन, साथै उद्योगी–व्यवसायीहरूको सम्मान र अधिकारको पूर्ण सुनिश्चितता गर्न जोडदार माग गर्दछौं।

दुर्गा प्रसाद सुवेदी
निवर्तमान अध्यक्ष
नेपाल कुरियर सेवा संघ

Address

Tinkune
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Courier Service Association of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Courier Service Association of Nepal:

Shortcuts

Share