31/08/2026
भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन लगायतका क्षेत्रका अभिभावक विहिन कक्षा १२ सम्म अध्ययन गरिरहेका आवश्यक विद्यार्थीहरुलाई निजहरुको विपद र पीडाको उचित व्यवस्थापन नहुँदासम्म बुढानीलकण्ठ नगरपालिकाले अध्ययन गराउने व्यवस्था गर्ने भएको छ।
बाढिको प्रकोपले आमाबाबु विहिन,संरक्षक विहिन,घरबार विहिन भएका विधार्थीहरुलाई निरन्तर अध्ययनको अवसर प्रदान गर्दै उनीहरूको शैक्षिक भविष्य र बाँच्न पाउने हकको सुरक्षित गर्ने उद्देश्यले नगरपालिकाले यस्तो व्यवस्था गर्न लागेको हो
यस कार्यका लागि सम्बन्धित स्थानिय पालिकाले बालबालिकाको स्पष्ट विवरण खुलाई, अध्ययनको साथै आवासको समेत आवस्यक भएको विधार्थीको हकमा सो समेत स्पष्ट लेखि सिफरिस गरि बुढानीलकण्ठ नगरपलिकामा पठाउनु पर्नेछ।
नगरपालिकाको यस पहलबाट विपद्पीडित परिवारका बालबालिकालाई सुरक्षित वातावरणमा आफ्नो अध्ययनलाई निरन्तरता दिन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ। यस सम्बन्धमा आवश्यक जानकारी तथा समन्वयका लागि शिक्षा, युवा तथा खेलकुद महाशाखामा सम्पर्क गर्नसक्नुहुनेछ ।
ईमेलः-
[email protected], [email protected], [email protected]