23/09/2026
उच्च सतर्कता र पूर्वतयारीको घडी: असोज ८–१२ सम्म भारी वर्षाको पूर्वानुमान!
आउँदो असोज ८ देखि १२ गतेसम्म देशका विभिन्न भाग, विशेषगरी पश्चिम नेपालका भूभागहरूमा अत्यधिक वर्षाका कारण बाढी, पहिरो र डुबानको ठूलो जोखिम देखिएको छ।
नेपाल सरकार, विपद् व्यवस्थापन प्राधिकरण, स्थानीय तह र सम्पूर्ण सुरक्षा निकायलाई तुरुन्त पूर्वतयारी र पूर्वसतर्कतामा जुट्न हामी विनम्र आग्रह गर्दछौँ। विपद् आइसकेपछिको उद्धार र राहतभन्दा विपद् अगावैको सतर्कताले मानवीय क्षति शून्यमा झार्न सक्छ।
नदी किनार, तटीय क्षेत्र तथा भिरालो जमिन आसपास बसोबास गर्नुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई उच्च सतर्कता अपनाउन र स्थानीय प्रशासनका सूचनाहरू निरन्तर पछ्याउन अनुरोध गर्दछौँ।
सतर्क रहौँ, पूर्वतयारी गरौँ, सुरक्षित रहौँ!