Gurukul recovery

Gurukul recovery GURUKUL RECOVERY is a private institute dedicated in the drugs and alcohol treatment since 2074 B.s

14/08/2026

Just for today, August~14

Letting go our limitations (आफ्नो सिमा बाट बाहिर आउनु)

"हामी आफ्नो बिगत को सोच भित्र नै रही रहन जरुरी छैन। हामी आफ्नो पुरानो बिचार लाई परिक्षण अनी पुन परिक्षण गर्न सक्तछौ।"

Basic Text, p. 11

-----------------=-----------------

हामी मध्ये धेरै कार्यक्रम मा आफ्नो पुरानो सोच मा यती धेरै हद सम्म बाधियेर पुग्ने गर्दछौ कि जसको कारणले हामी आफ्नो पुरा क्षमता को अनुभुती नै गर्न पाउदैनौ। हाम्रो यो सिमा ले हामीलाई हाम्रो त्यो मुल्य सम्म पुग्न गरिएको प्रयास लाई रोक्ने गर्दछ जुन हामी भित्र मौजुद छ। हामी आँफै प्रती इमान्दार हुने योग्यता को सिमा र अन्य सिमाहरु लाई सिमित बनाउने गर्दछौ, त्यो सिमा, जसले हामीलाई हाम्रो कार्य क्षेत्र मा काम गर्न बाट रोक्ने गर्दछ, त्यो सिमा, जसले हामीलाई जोखिम लिन बाट रोक्ने गर्दछ, यसको सुची धेरै लामो हुन्छ। हाम्रो अभिभावकहरु र शिक्षकहरुले हामीलाई हामी कहिले पनि सफल हुँदैनौ भन्दा हामी उनिहरु को कुरा मा विश्वास गर्दथ्यौ अनी हामीले खासै केही गर्न नसक्ने सम्भावना हुन्थ्यो। यदी हाम्रो समाजिकरण् ले हामीलाई यो सिकायो कि हामी आफ्नो अधिकार को लागि लड्न हुँदैन आवाज उठाउनु हुँदैन भनेर, तब हामीले आवाज उठायेनौ यधापी हाम्रो मन चीच्याइ रहेको थियो आवाज उठाउन को लागि।

एन.ए मा हामीलाई त्यो प्रक्रिया दिने गर्दछ जसले हामीलाई यो झुठा सिमा हरुलाई पहिचान गर्न सक्तछौ, कि वास्तवमा यो के हो भनेर। हामी ले हाम्रो चौथो पाइला को माध्यम बाट यो जान्दछौ कि हामी ले सधैं त्यो पुरानो नियम हरुलाई मान्न चाहन्नौ जुन हामीलाई सिकाइएको छ। हामी हाम्रो तमाम पुरनो अनुभव को जीवन भरी दास बनिरहन जरुरी छैन। हामी त्यो पुरानो बिचार हरुलाई त्याग्न को लागि स्वतन्त्र छौ, जुन हाम्रो उन्नती को लागि बाधक बनी रहेछ। हामी सबै नयाँ बिचार र नयाँ अनुभव लाई समेटन को लागि आफ्नो दायरा लाई अझ बढाउन सक्षम छौ। हामी हास्न र रुन को लागि स्वतन्त्र छौ र यो भन्दा बढी हामी हार्मो सुधार को आनन्द लिन को लागि स्वतन्त्र छौ।

----------------=----------------

आजको निम्ती मात्र - म आफुले नै आफ्नो लागि लागु गरेको सिमालाई भत्कन दिनेछु र नयाँ बिचार को लागि आफ्नो दिमाग लाई खुला राख्ने छु।

12/08/2026

Just for today, August ~12
Enough! (अब पुग्यो!)
"मन भित्र बारम्बार यस्तो आवाज गुन्जिरहन्छ "अब पुग्यो अब धेरै भयो" र तब उनिहरु आफ्नो रोग सँग लड्न को लागि पहिलो र सबै भन्दा कठिन पाइला चाल्न को लागि तैयार हुने गर्दछ।"
Basic Text, p. 80
------------------=----------------
के साच्चै नै हामी लाई पुगेको हो ? यो एक महर्वपूर्ण प्रश्न हो जुन आँफै सँग त्यो बेला सोध्नु पर्छ जब हामी एन.ए को पहिलो पाइला चाल्न तैयार हुन्छौ। यो कुराले केही फरक पार्दैन कि हामी एन.ए मा आउँदा हाम्रो परिवार टुटेको होस् या नहोस्, हामी सँग रोजगार होस् या नहोस, अथवा जीवनको सम्पूर्णताको आभास दिलाउने त्यो तमाम बाहिरी लक्षण होस् या नहोस। सम्पूर्ण रुपमा यो महत्व राखदछ कि हामी सबै भावनात्मक र आध्यात्मिकता को सबै भन्दा तल्लो स्तर सम्म पुगिसकेका छौ जस्ले हामीलाई फेरी सक्रिय दुर्व्यसन मा फर्कन को लागि असम्भव बनाउने गर्दछ। यदी यस्तो हुन्छ भने हामी नशा त्याग्न को लागि कुनै पनि हद सम्म जानको लागि ईमान्दार भएर तैयार हुने गर्दछौ।
जब हामी आफ्नो शाक्तिहिनता को अवलोकन गर्दछौ तब हामी आफुलाई एक साधारण प्रश्न गर्ने गर्दछौ, के म कुनै पनि रुपमा नशा लाई नियन्त्रण गर्न सक्छु ? मेरो नशा लिने कारणले कुन कुन घटना भयो, जुन मैले घटोस भनेर चाहना नै गरेको थिएन ? मेरो जीवन कसरी अस्त व्यस्त भयो ? के म ईमान्दार भएर स्विकार गर्छु कि म साच्चै दुर्व्यसनी हो भनेर ?
यदी यो प्रश्न हरुको को जवाब ले हामीलाई एन.ए को ढोका सम्म पुराउद्छ भने, तब हामी सक्रिय दुर्व्यसन बाट मुक्त एक नयाँ जीवन जिउन को लागि पाइला अगाडि बढाउन तयार छौ। यदी साच्चै नै हामीलाई पुगेको हो भने हामी आफ्नो सुधार को लागि कुनै हद सम्म पनि जान इच्छुक हुने गर्दछौ।
-----------------=-----------------
आजको निम्ती मात्र - म यो स्विकार गर्दछु कि मलाई पुगिसक्यो। अब म पहिलो पाइला मा काम गर्नको लागि तैयार छु।

06/08/2026

Just for today, August~6

The joy within (आनन्द आफुभित्र नै हुन्छ)

"आफ्नो सुधार को सुरुवात नै हामीले यो बुझ्यौ कि आनन्द बहिरी कुनै भौतिक बस्तु हरु बाट प्राप्त हुने गर्दैन, यो त हामी भित्रै बाट फुटने गर्दछ।"

Basic Text, p. 103

-----------------=------------------

हामी मध्ये धेरै एन.ए मा आफ्नो आफ्नो रोग को कारणले ग्रषित भएर आएका थियौ। हामीले आफ्नो सबै कुराहरु दुर्व्यसन को कारणले गुमाएका थियौ। जब हामी एकपटक नशा बाट टाढा भयौ तब हामी आफ्नो तमाम शक्ति आफ्नो भौतिक सम्पत्ति फेरी हासिल गर्न को लागि लगायौ। यसले हामी फेरी पहिला को अपेक्षा आफ्नो जीवन मा अझ बढी असन्तोष को अनुभव गर्न थाल्यौ।

अरु सदस्य हरुले यो भावनात्मक पिडा बाट बच्न को लागी भौतिक बस्तुहरुको सहारा लिने कोशीश गरे। हाम्रो सम्भावित प्रेमिकाले ले हाम्रो प्रस्ताव अस्विकार गरिदियो ? जाउ बजार मा गएर केही किनमेल गरौ। यदी हाम्रो प्यारो कुकुर को मृत्‍यु भयो ? तब हामी बजार घुम्न निस्कौ। वास्तवमा समस्या यो हो कि भावनात्मक सन्तुष्टी खरिद गर्न सकिदैन, यहाँ सम्म कि सजिलो किस्ता बन्दी मा पनि खरिद गर्न सकिदैन।

भौतिक बस्तु हरुमा वास्तवमा आँफैमा कुनै खराबी हुने गर्दैन। त्यसले जीवन लाई धेरै सुविधाजनक वा धेरै बिलासिपूर्ण बनाउने गर्दछ तर त्यसले हामीलाई ठीक पार्ने गर्दैन। त्यसो भए साँचो आनन्द कहाँ पाउन सकिन्छ ? हामीलाई थाहा छ, यस्को जवाब हामी भित्र नै छ।

हामी आनद कतिबेला पाउदछौ ? जब कुनै पुरस्कार को आशा नराखी हामी आफुलाई अरुको सेवा मा लगाउदछौ, तब प्राप्त हुन्छ। हामी केवल एन.ए मा आफ्नो साथी हरु माझ मात्र होइन, आफ्नो परिवार, आफ्नो नातेदार र आफ्नो आफ्नो समुदाय को बिचमा पनि साँचो स्नेह पाउन सक्छौ। र आफ्नो उच्च शक्ति सँगको आफ्नो सचेत संपर्क मा हामीले आनन्द को निश्चित श्रोत पाएका छौ। भित्री शान्ती, दिशा को निश्चित ज्ञान र भावनात्मक सूरक्षा बहिरी भौतिक बस्तुहरु बाट होइन अपितु यो हाम्रो मन भित्र बाट फुटने गर्दछ।

----------------=---------------

आजको निम्ती मात्र - साँचो आनद किन्न सकिदैन। म साँचो आनन्द लाई कार्य सेवा मा, फेलोसिप मा र आफ्नो उच्च शक्ति मा खोज्ने छु। त्यसलाई म आफु भित्र नै खोज्ने छु।

01/08/2026

Just for today, Auguat~1

Freedom from guilt (अपराध बोध बाट मुक्ति)

"हामी आफ्नो दुर्व्यसन को दास बनिसकेका थियौ। हामी आफ्नो सोच मा बन्दी भएर बसी राखेका थियौ र हामी आफ्नो मन को अपराध बोध को दोषी थियौ।"

Basic Text, p. 7

-----------------=-----------------

सुधार को समयमा हामी भित्र को अपराध बोध सामान्य तय हाम्रो बाटोमा अवरोध बनेर हामी सामु आउने गर्दछ। यो अपराध बोध को सबै भन्दा बदनाम रुप मध्ये एक रुप हो आँफैले आँफैलाई घृणा गर्न थाल्नु। यो अवस्था तब आउने गर्दछ जब हामी आँफैले आँफैलाई क्षमा गर्न चाहन्थ्यौ तर सक्तैनथ्यौ।

हामी आँफै कुन तरिका बाट माफ गरौ जसलाई हामी महसुस गर्न सकौ ? सर्व प्रथम त हामीले यो थाहा पाइ राख्नु पर्छ कि असफलता र अपराध बोध कुनै टुत्न् नसकिने सिक्री जस्तै एक आपसमा जोडीएको हुँदैन। आफ्नो स्पोन्सर र अरु दुर्व्यसनी हरु सँग आफुलाई पूर्ण तवरले इमानदार भएर शेयर गर्दा मात्र यो सत्य लाई बुझ्न सकिन्छ। सामान्यतया यसरी आफ्नो अनुभव लाई बाड्नु को नतिजा यो हुने गर्दछ हामी आँफै ले आफ्नो मामिलामा जुन भूमिका निभाएका थियौ हामी त्यो प्रती अझ धेरै समझदार भएर जागरुक हुने गर्दछौ। कहिले काही हामी यो महसुस गर्ने गर्दछौ कि हामी सँग धेरै आशा हरु छ र फेरी हामी आफुलाई त्यो समस्या हरुमा अल्झिरहन को अपेक्षा त्यसको समाधान निकाल्नको लागि आफ्नो इच्छुकता लाई बढाउदै लैजाने गर्दछौ।

सुधार को बाटोमा हिडदा कतै न कतै हामी यो बुझ्दछौ कि हामी को हौ ? प्राय हामी यो बुझ्दछौ कि न त हामी पूर्ण तवरले परिपुर्ण छौ न त अपरिपूर्ण छौ, जस्तो कि हामीले आफ्नो बारेमा बुझेका हुन्छौ। हामीलाई भ्रम मा जिउन कुनै आवश्यक छैन, हामीलाई वास्तविकता मा जिउन आवश्यक छ।

----------------=----------------

आजको निम्ती मात्र - म आफ्नो राम्रो कुरा हरुप्रती कृतज्ञ छु र आफ्नो जिम्मेवारी हरुलाई स्विकार गर्नेछु। इच्छुकता र बिनम्रता को माध्यम बाट म आफ्नो सुधार मा प्रगती को पथ मा बढ्न को लागि र आफ्नो अपराध बोध बाट मुक्त हुन को लागि स्वतन्त्र छु।

31/07/2026

Just for today, July~31
Freedom from active addiction (सक्रिय दुर्व्यसन बाट मुक्ति)
"नार्कोटिक्स एनोनिमोस हामीलाई केवल एक वाचा गर्दछ त्यो हो "सक्रिय दुर्व्यसन्" बाट मुक्ति पाउन को लागि एक यस्तो अचुक समाधान, जसको लागि हामी धेरै अगाडि देखी भटकि रहेका छौ।"
Basic Text, p. 106
----------------=-----------------
एन.ए ले हामीलाई सक्रिय दुर्व्यसन बाट मुक्ति को अलावा अरु कुनै वाचा गर्दैन। यो सत्य हो कि हाम्रो केही सदस्य सुधार को दौरानमा आर्थिक हैसियत बढाउदै लान्छ। उनिहरु सुन्दर घर खरिद गर्दछ, राम्रा राम्रा लुगाहरु लागाउदछ, महंगा महंगा गाडी हरु चढछ र सुन्दर परिवार बनाउने गर्दछ। तर यो बाहिरी समृधि को पहिचान सबै सदस्य को लागि हुने गर्दैन। हामी मध्ये धेरै सदस्य यस्तो पनि छ जसले कहिले पनि आर्थिक सफलता प्राप्त गर्न पाएको हुँदैन। यस प्रकारको बाहिरी सफलता हाम्रो सुधार मा हुनु पर्ने आवश्यक गुण हरु होइनन।
जब हामी उपल्लो स्तर मा यी सदस्य हरुसँग आफ्नो तुलना गर्ने प्रलोभन मा फस्दछौ, तब यो नै राम्रो हुने गर्दछ कि हामी यो स्मरण गरौ कि हामी एन.ए को यो कोठा मा किन आएका हौ, किन कि हाम्रो जीवन अस्त व्यस्त भैसकेको थियो। हामी शारिरिक, मानसिक, भावनात्माक र आध्यत्मिक हिसाबले पूर्ण रुपमा पराजित भइसकेका थियौ। हाम्रो "वेसिक टेक्स्ट्" ले हामीलाई स्मरण गराउदछ कि "हताश भएर हामीले एन.ए मा एक आर्का लाई मद्घत गरेका हौ।" हामी यसकारण यहाँ आएका हौ कि हामी पूर्ण रुपले पराजित भएका थियौ।
दुर्व्यसनी हरुको लागि एक दिन पनि नशा बाट टाढा रहनु भनेको एक चमत्कार नै हो। जब हामी यो याद गर्दछौ कि हामी किन र कुन अवस्था मा एन.ए मा आएका थियौ, तब हामीलाई महसुस हुन्छ कि भौतिक सुख समृद्धि भन्दा आध्यात्मिक सुख समृद्धि जुन हामीले एन.ए मा आएर प्राप्त गरेका छौ त्यो कतिको महत्वपूर्ण छ।
--------------=--------------
आजको निम्ती मात्र - मेरो आफ्नो सुधार मा मैले एन.ए बाट एक यस्तो आध्यत्मिक वरदान प्राप्त गरेको छु जुन कुनै पनि भौतिक सम्पत्ति भन्दा एकदम धेरै नै ठुलो छ। आफ्नो सक्रिय दुर्व्यसन बाट मुक्ति को लागि आफ्नो समझदारिको ईश्वर लाई कृतज्ञता व्यक्त गर्ने छु।

26/07/2026

Just for today, July~26

Unconditional surrender (निशर्त समर्पण)

"दुर्व्यसनी हरु ले वास्तविक सहायता तब प्राप्त गर्न शुरु गर्दछ जब हामीले आफ्नो पूर्ण पराजय स्विकार गर्दछौ। यो सत्य भयानक हुन सक्छ, तर यही नै आधार हो जसमा हामी आफ्नो जीवन पुनर्निर्माण गर्न सक्दछौ।"

Basic Text, p. 22

------------------=------------------

हामी मध्ये धेरैले त्यो सबै गर्यौ जो हामीले सोच्न सक्तथ्यौ, आफ्नो क्षमता अनुरुप सक्दो कोशीश गरेका थियौ, आफु भित्र को आध्यत्मिक सुन्यता लाई भर्ने कोशीश गर्यौ। यो आध्यात्मिक सुन्यता लाई भर्न को लागि नशा प्रयोग गर्यौ, नियन्त्रण मा लिने कोशीश गर्यौ, आफुलाई सम्हाल्ने कोशीश गर्यौ, सेक्स ले भर्ने कोशीश गर्यौ, पैसा ताकत र प्रतिष्ठा को प्रयोग गर्यौ, तर केहीले पनि काम गरेन। हामी शाक्तिहिन छौ र हाम्रो जीवन अस्तव्यस्त भएको छ। कम से कम हाम्रो वसमा छैन र यो सत्यलाई नकार्दा हाम्रो वास्तविकता त बदलिने होइन।

त्यसैले हामी समर्पण गर्ने गर्दछौ। हामी एक उच्च शक्ति लाई प्रार्थना गर्ने गर्दछौ कि अब हाम्रो इच्छा र हाम्रो जीवन को हेरचाह गरिदिनु होस् भनेर। कहिले काहि समर्पण गर्दा हामीलाई यो ज्ञान हुँदैन कि हामी भन्दा पनि ठुलो कुनै उच्च शक्ति बिधमान छ जसले हाम्रो जीवन को अधुरोपनालाई पूर्णताले भरी दिन्छ भनेर। कहिले काहि हामी पूर्ण तवरले आश्वस्त हुन सक्दैनौ कि हाम्रो समझदारीको ईश्वर ले हाम्रो अस्तव्यस्त जीवन को हेरचाह गर्ने गर्दछ भनेर। तर यो आश्वस्त हुन नसक्ने हाम्रो यो कमजोरी ले वास्तविक "सत्य" को अस्तित्व लाई केई फरक पार्दैन, कि हामी शाक्तिहिन छौ र हाम्रो जीवन अस्तव्यस्त भएको छ। हामीले समर्पण गर्नु नै पर्छ। केवल यस्तो गरेर मात्र हामी आफुलाई पूर्ण रुपले खुल्न सक्दछौ र यती खुल्न सक्तछौ कि आफ्नो पुरानो सोच, भावना र अतित को फोहोर हरुलाई आफ्नो मन र मस्तिस्क बाट निकालेर टाढा फ्याक्न सक्तछौ र तब मात्र हामी हाम्रो उच्च शक्ति लाई आफ्नो भित्र प्रवेश गराउन को लागि स्थान बनाउन सक्छौ।

-----------------=-----------------

आजको निम्ती मात्र - म निशर्त समर्पण गर्ने छु। म यो समर्पण लाई एकदम सरल पनि बनाउन सक्छु जटिल पनि जस्तो म रोज्दछु। तर जे जस्तो होस, समर्पण त म जसरी पनि गर्ने छु।

23/07/2026

Just for today, July~23

Surrendering self-will (आफ्नो ईच्छा को समर्पण)

"हामी सधैं यो चाहन्छौ र यो माग गर्ने गर्दछौ कि तमाम कुरा हरु हाम्रो ईच्छा अनुसार नै होस। तर हामीले आफ्नो बिगतको अनुभव बाट यो कुरा राम्रो सँग बुझ्नु पर्दछ कि काम गर्ने हाम्रो तौर तरिकाले सधैं काम गर्ने गर्दैन।"

Basic Text, p. 90

---------------=----------------

हामी सबै आफ्नो जीवन को लागि बिचार, योजनाहरु र लक्ष्य तय गर्ने गर्दछौ। एन.ए कार्यक्रम म त्यस्तो कुनै कुरा छैन जसले यो भनोस कि हामीले आफ्नो बारेमा सोच्नु हुँदैन या पहल गर्नु हुँदैन अथवा जिम्मेवारी र योजना हरुलाई अमल मा ल्याउनु हुँदैन। जब हामी जीवन लाई आफ्नो ईच्छा ले चलाऊन शुरु गर्दछौ तब हामी आफ्नो लागि समस्याहरु जन्माउने गर्दछौ।

जब हामी केवल आफ्नो ईच्छा चलाऊदै जिउन थाल्दछौ तब हामी आफ्नो बारेमा मात्र सोचेर यती अगाडि बढी सकेका हुन्छौ कि हामीलाई आफ्नो सिवाय अरु केही नै सुझ्दैन। हामी बिर्सन्छौ कि हामी यो दुनियाँ को एक हिस्सा मात्र हौ । र जुन व्यक्तिगत शक्ति हामीले हासिल गरेका छौ त्यो हाम्रो उच्च शक्ति को कृपाले हामीले प्राप्त गरेका हौ। हामी यो सम्म सोच्न थाल्दछौ कि अरु तमाम व्यक्ति हरु केवल हाम्रो कुरा मान्न को लागि मात्र हो। यस्तो सोच ले ग्रष्त भए पछी हामीलाई चाँडै नै यो आभास हुने गर्दछ कि हामी आफ्नो वरीपरि चारैतिर को चिजहरु र व्यक्तिहरु भन्दा बेमेल छौ।

यस्तो मोड मा हामी सामु केवल दुइटा विकल्प मात्र बाँकी रहने गर्दछ। या त हामी आफ्नो ईच्छा चलाऊदै एक गुलामी को जीवन जिउदै गरौ, अरु सँग असंगत माग हरु राख्दै गरौ र बारम्बार निराश हुँदै गरौ, किन भने यो धरती हामीले चाहे अनुसार घुम्ने गर्दैन वा हामी समर्पण गरौ, बिश्राम गरौ र ईश्वर को ईच्छा को ज्ञान र त्यसलाई पुरा गर्ने शक्ति को लागि प्रार्थना गरौ। र त्यो मार्ग मा हिडौ जुन अरुसँग हामी तालमेल मिलाउदै यो संसारमा शान्ति प्राप्त गर्न सकौ। सोच्ने, बुझ्ने, जिम्मेवार भएर योजना हरु बनाउने, त्यसमा पहल गरेर अमल गर्नु मा कुनै खराबी हुने गर्दैन तर यो ईश्वर को ईच्छा पुरा गर्ने खालको हुनु पर्दछ न कि केवल मेरो आफ्नो इच्छा लाई।

-----------------=-----------------

आजको निम्ती मात्र - म ईश्वर को ईच्छा मा चल्ने योजना बनाउने छु न कि आफ्नो। यदी मैले आफ्नो वरीपरिको कुराहरुलाई आफ्नो प्रतिकुल पाउदछु भने, म आफ्नो ईच्छा लाई समर्पित गर्ने छु।

22/07/2026

Just for today, July~22

Spiritual death (आध्यत्मिक मृत्‍यु)

"हाम्रो लागी, एक वा अधिक रुपमा नशा सेवन गर्नु मृत्‍यु जस्तै नै हुने गर्दछ।"

Basic Text, p. 78

-----------------=-----------------

नयाँ आउने मा हामी मध्ये धेरै जब पहिलो पटक बैठक मा आएका थियौ, तब हामी सँग जीवन को सानो चिंगारी मात्र शेष थियो। त्यो चिंगारी, यानी कि हाम्रो आत्मा जिउन चाहन्थ्यो । नार्कोटिक्स एनोनिमोस त्यही आत्मा को अंश लाई पालन पोषण गर्ने गर्दछ। एन.ए को साथी सँगी हरु को प्रेम ले त्यो चिंगारी लाई एउटा ज्योति मा परिवर्तन गरी दिन्छ। बाह्र पाइला मा अमल गरेर तथा अन्य सुधार मा आएको दुर्व्यसनी जस्तै हामी पनि एक पूर्ण सजीव व्यक्ति को रुपमा फक्रन सक्छौ जस्तो कि हाम्रो उच्च शक्ति चाहन्छ। हामी आफ्नो अस्तित्व मा ऊद्देश्य प्राप्त गरेर जीवन को आनन्द लिन सुरु गर्दछौ। जब हामी हरेक दिन नशा बाट टाढा रहन चाहन्छौ तब हाम्रो आत्मा फेरी सजीव हुने गर्दछ र ईश्वर सँग हाम्रो सम्बन्ध विकसित हुने गर्दछ। जब हरेक दिन नशा बाट टाढा बसेर जीवन लाई रोज्दछौ तब हाम्रो आत्मा अझ तेजस्वी हुन थाल्दछ।

तर यो सत्यता को वावजुद पनि कि सुधार मा हाम्रो जीवन लाभदायी हुँदै छ, कहिले कांही हाम्रो दिल दिमाग मा नशा सेवन गर्ने इच्छा एकदम हावी हुने गर्दछ। जब हाम्रो जीवनमा सबै कुराहरु गलत हुँदै जान्छ तब नशा खाँदा को पुरानो अवस्थामा फर्कने एउटा मात्र उपाय देख्ने गर्दछौ। तर अब हामीले बुझी सकेका छौ कि यस्तो कार्य गर्ना को परिणाम के हुन्छ। हामी आफ्नो ध्यानपुर्वक पालन पोषण गरेको आध्यत्मिकता लाई गुमाउन सक्तछौ। हामी आध्यात्मिकता को मार्ग मा धेरै अगाडि बढी सकेका छौ त्यसैले फेरी नशा सेवन गरेर त्यसलाई धुमिल गर्न चाहन्नौ। हामीले जुन मिहेनत गरेर हामी भित्र आध्यत्मिक ज्योति बालेका थियौ फेरी नशा सेवन गरेर त्यसलाई निभाउनु एउटा ठुलो भुल हुनेछ।

----------------=-----------------

आजको निम्ती मात्र - म आभारी छु कि मेरो आत्मा प्रबल र उर्जा ले भरिपूर्ण छ। आज म स्वच्छ रहेर त्यो आत्मा को सम्मान गर्नेछु।

18/07/2026

Just for today, July~18

The gift of desperation (निराशा को उपहार)

"हाम्रो रोग तब सम्म बढी रह्यो जब सम्म हामी एन.ए मा आएर एक आपसमा मद्घत मागेनौ।"

Basic Text, p. 13

-----------------=------------------

जब हामी आफ्नो निराशा को स्थिती को बारेमा कल्पना गर्न थाल्दछौ, तब हामी सामु एक आफुले नचाहेको दृश्य घुम्न थाल्दछ, एक असामाजिक तत्व, शारिरिक हिसाबले कमजोर, आँखा भरी निराशा र छाएको। हामी एन.ए मा आउनु भन्दा अगाडि हामी आफ्नो तुलना ति घायल जनावर र खान नपाएको बच्चा सँग गर्ने गर्दथ्यौ।

हो, यो हाम्रो मन भित्रको निराशा नै थियो जसको कारणले हामी एन.ए मा आएका थियौ र एन.ए को पहिलो पाइला स्विकार गर्नको लागि वाध्य बनाएको थियौ। हामी मा नया बिचारहरु आउन बन्द भयो त्यही भएर हामी नयाँ बिचार को लागि खुला भयौ। र अन्तमा हाम्रो बहुलत्ठिपना हाम्रो नकार्ने प्रवृती भन्दा अझै माथि उठि सकेको थियो, जसले गर्दा हामी पूर्ण इमान्दार भएर आफ्नो रोगलाई बुझ्न सक्दथ्यौ। आफ्नो रोग लाई नियन्त्रण गर्ने हाम्रो सम्पूर्ण प्रयास ले हामीलाई थकित बनाइ सकेको थियो। अन्तमा हामी यस्तै अवस्था मा नै हामी समर्पण गर्न इच्छुक भयौ। यसरी नै हाम्रो यो निराशा पनि हाम्रो लागि वरदान सिद्ध भयो र जसको फलस्वरुप हामी त्यो आध्यत्मिक सिद्दान्त लाई स्विकार गर्न को लागि तयार भयौ जसले हाम्रो सुधार लाई सम्भव बनायो।

निराशा एउटा यस्तो अनुभव हो जसले हामी मध्ये धेरैलाई अन्तमा मद्घत माग्न को लागि प्रेरोत गर्ने गर्दछ। एक पटक हामी त्यो अवस्था सम्म पुग्यौ भने हामी पछाडि फर्केर हेर्न सक्दछौ र सुधार को दिशा मा नयाँ तरिका बाट प्रयत्नशिल हुने गर्दछौ। जसरी एउटा घायल र हताश पशु एउटा सुरक्षित आश्रय खोज्ने गर्दछ जहाँ आराम गर्न सकोस त्यसरी नै हामी एन.ए मा आएपछी राहत र सुरक्षित अनुभव गर्न सक्दछौ।

----------------=-----------------

आजको निम्ती मात्र - निराशा मेरो लागि वरदान भएको छ। यसले मलाई इमान्दार, खुला मनस्थिति र इच्छुक बन्नको लागि मद्घत गर्दछ। म यो नयाँ उपहार को लागि खुला हृदय कृतज्ञता व्यक्त गर्दछु, किन भने यसैले नै मेरो सुधार सम्भव बनाएको हो।

13/07/2026

Just for today, July~13

Humility in Action (विनम्रतालाई व्यवहारमा लिएर आउनु)

"यदी हामी अर्काको भावना मा ठेस पुर्याउदछौ र हामी मध्ये धेरैले समय समय मा यस्तो गर्ने गर्दछ भने हामी बाट फेरी यस्तो नहोस भन्न को लागि हामीले मद्घत को लागि पुकार गर्न सिक्नु पर्दछ।"

Basic Text, p. 83

----------------=----------------

कहिले काही सुधार एकदम मुश्किल हुने गर्दछ। यहाँ सम्म कि मद्घत माग्न र आवश्यकता अनुसार बिनम्र हुन त्यो भन्दा मुश्किल हुने गर्दछ। हामी सोच्ने गर्दछौ कि! "हाल यो समय त म स्वच्छ छु, ठीक छ, मलाई अझ यो भन्दा राम्रो हुनु पर्छ!" तर सुधार को वास्तविकता एकदमै सरल छ, चाहे हामी तिस दिन या तिस बर्ष स्वच्छ भएको किन नहोस, हामी आवश्यक भएको खन्डमा अरुको मद्घत गर्न को लागि सधैं तयारी अवस्था मा हुनु पर्दछ।

हाम्रो बाह्र पाइलामा विनम्रता एक सामान्य बिषय हो। एन.ए को कार्यक्रम मा केवल यती नै प्रयाप्त हुँदैन कि आफ्नो उपस्थिती मात्र देखाउनु। अपितु यो कार्यक्रम ले हामीलाई हाम्रो सुधार बाट धेरै भन्दा धेरै प्राप्त गर्न को लागि मद्घत गर्ने गर्दछ। यदी हामी हाम्रो जीवन मा भएको चिन्ता र समस्याहरु बाट साच्चै नै छुटकारा पाउन चाहन्छौ भने हामी एन.ए मा बिना केही लुकाइ पूर्ण इमान्दारिता र सफा ढंग ले आफ्नो समस्याहरु शेयर गर्ने गर्नु पर्दछ।

कहिले कांही एन.ए मा यो पुरानो अभिव्यक्ती सुनिने गर्दछ कि यदी हामी हाम्रो आत्म सम्मान बचाउछौ त हामीलाई पिडा हुने गर्छ र यदी पिडा हुन बाट बच्न चाहन्छौ त तब हाम्रो आत्म सम्मान लाई जोखिम मा राख्नु पर्दछ। धेरै समय स्वच्छ भएको बावजुद पनि यो शेयर गर्नु सजिलो छैन कि जीवन लाई जीवन कै शर्त अनुसार जिउन कती पिडादायी छ र त्यसै बाट हामी शाक्तिहिनता को महसुस गर्न पाउदछौ। तर जब एन.ए को बैठक समाप्त हुन्छ र बैठक बाट आएर कुनै सदस्य यो भन्ने गर्दछ कि "के तपाईंलाई थाहा छ म त्यै सुन्न चाहन्थे जुन तपाईं भन्न चाहनु हुन्थ्यो", तब हामीलाई लाग्छ कि निश्चय नै ईश्वर हाम्रो साथ मा छ र हाम्रो जीवन को हरेक पाइलाहरुमा कार्य गरिरहेको छ।

विनम्रता को स्वाद कहिले पनि तितो हुने गर्दैन। आफुलाई पूर्ण तवरले विनम्र बनाइ अरु सँग मद्घत माग्दा हाम्रो सुधार को प्रक्रिया मा मिठास आउने गर्दछ।

---------------=---------------

आजको निम्ती मात्र - यदी मलाई मद्घत को आवश्यकता रहेछ भने म मद्घत माग्ने छु। म विनम्रता लाई आफ्नो व्यवहारिक जीवन मा उपयोग गर्ने छु।

Address

Tokha/02
Kathmandu
00977

Telephone

+9779810347823

Website

Alerts

Be the first to know and let us send you an email when Gurukul recovery posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Gurukul recovery:

Shortcuts

Share