05/08/2026
Tree Plantation Program, Together for a good cause.
एउटा गोलले खेल जित्न सक्छ ।
एउटा बिरुवाले भविष्य जोगाउन सक्छ ।
अन्नपूर्ण गाउँपालिका अन्तरविद्यालयीय ७ 'ए' साइड फुटबल तथा हिज्जे प्रतियोगिता–२०८२ अन्तर्गत गरिएको "एक गोल–एक बिरुवा" प्रतिबद्धतालाई कार्यान्वयन गर्दै माटो संरक्षण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ।
मिति: श्रावण २३, २०८३ (शनिबार)
समय: बिहान ९:०० बजे
स्थान: नागडाँडा भ्यू टावर, वडा नं. १
खेलले दिएको उत्साहलाई वातावरण संरक्षणसँग जोड्ने यस अभियानमा सहभागी भई साथ दिनुहुन सबैमा अनुरोध छ।
एक गोल – एक बिरुवा।