02/06/2026
खेलकुद र युवा वर्गको विकासका लागि हाम्रो अन्नपूर्ण गाउँपालिकाबाट खेलकुद सामग्री अन्तर्गत २ थान भलिबल र १ थान नेट प्राप्त भएको छ। 😍🏐
हाम्रो अनुरोधलाई स्वीकार गर्दै खेलकुद सामग्री उपलब्ध गराई युवाहरूलाई खेलप्रति थप उत्साहित बनाउनु भएकोमा अन्नपूर्ण गाउँपालिका परिवार, आदरणीय अध्यक्ष ज्यू, प्रमुख प्रशासकीय अधिकृत ज्यू र सम्बन्धित सम्पूर्ण जनप्रतिनिधिहरू प्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौँ। 🙏
यो सहयोगले हाम्रो क्षेत्रका युवाहरूलाई नियमित अभ्यास गर्न र खेल क्षेत्रमा अगाडि बढ्न ठूलो ऊर्जा थपेको छ। आगामी दिनहरूमा पनि यस्तै सहयोग र प्रोत्साहनको अपेक्षा गर्दछौँ।
विशेष धन्यवाद अनिल कुँवर
Annapurna Rural Municipality Office अन्नपूर्ण गाउँपालिका,कास्की