नेपालमा क्रियाशिल युवा व्यावसायीहरुद्धारा स्थापित गैर नाफामुलक संस्था हो । जिल्ला प्रशासन कार्यालय कास्कीमा मिति २०७६/०८/०२ गते दर्ता न ४१८४ मा दर्ता भई पोखराबाट शुरु भई क्रियाशिल हाल देशभर फैलिएको रहेको छ।
तालिम,गोष्ठी,सेमिनारर फेलोशिप्स मार्फत सफल उद्यमीहरू उत्पादन गर्ने,
एकअर्का बीच बिचार विमर्श , मित्रता कायम गराउने,
दैविकप्रकोप र घातक रोग जस्ता सदस्यमा आइपर्ने समस्या या सदस्यको
संस्थामा आइपर्ने समस्या संस्थाको तर्फबाट र सदस्यहरुबाट आर्थिक र मानविय सहायता उपलव्ध गराउने
व्यवसायीसदस्यहरु बीच रहेका आफ्ना ज्ञान,सीप,क्षमता अभिबृद्धिका लागी सधै तत्पर र क्रियाशिल रहने,
देशभित्रविभिन्न स्थानमा छरिएर व्यवसाय गरि बसिहेको युवाहरुलाई यस सस्थामा समाबेश गराउने,
जोखीम निवारणको लागी विपत व्यावस्थापन कोर्ष स्थापना ,
व्यावसायको प्रोमोशन,व्यावसाय रिसर्च,व्यावसायको छलफल ,
बदलिदो र विकशित अर्थतन्त्रमा हरेक व्यावसायीहरु स्थापित हुन सघर्षशिल रहदै आएको छ। हर कोही अहिले कुनै न कुनै व्यवसायमा आवद्ध भएका छन। कोही अनुभव बटुलेर,लागेका छन त कोही रहरले मात्र बिना अनुभव! यो सस्थाले युवाहरु कोही बेरोजगार नरहुन र कोही व्यवसायमा गर्न बाट नछुटुन भन्ने मुख्य आशय बोकेर युवाहरुलाई सफल बनाउने लक्ष्य रहेको छ । नेपालको हकमा अहिले तिव्र रुपमा युवाहरुको बिदेश पलाएनको बृद्धिदरलाई कम गर्ने स्वदेश मै उत्पादन मुलक क्षेत्र र व्यवसायमा आवद्ध हुन सस्थाले बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दे आईरहेको छ ।
युवा व्यवसायीहरु बिच "साथ,सहयोग र सहकार्य"
आवश्यकता किन ?
देशै भर छरिएर रहेका व्यवसायीहरु सङ्गठित गरेर अगाडी बढ्नाले सदस्यमा आइपर्ने समस्या समाधान गरी एक जुट भएर अगाडी बढ्न सस्थाको महत्वपुर्ण भूमिका रहनेछ ।
सदस्यता कार्ड तथा डिस्काउट कार्डको व्यवस्था :
सस्थामा आवद्ध भएका सदस्यहरुलाई सस्थाले एक किसिमको डिस्काउट उपलव्ध गराइने छ । जसमा सस्था भित्र आवद्ध भएका सदस्यहरुलाई सस्थामा आवद्ध व्यवसायीहरुको व्यवसायमा कारोवार किनमेल वा सेवाहरु आदान प्रदान गर्दा केही प्रतिशत छुटको व्यवस्था गरिने छ । व्यवसायीक सस्थाले उपलब्ध गराउने छुट कल्बको वेवसाइटमा उल्लेख गरिने छ ।
आपतकालिन सहयोगको व्यवस्था :
क्लवमा आवद्ध भएका सदस्य तथा सदस्यको व्यापारिक प्रतिष्ठानमा कुनै पनि बेला आईपर्ने प्राक्रितिक विपत्ती दैबिक प्रकोप घातक रोग तथा दुर्घटनामा परि आपत्तीको समय सस्थाले सहयोग गर्ने छ । यसका लागी निर्माण गरेको आपतकालिन व्यवस्थापन समिति मार्फत विपत्तीको मुल्याङकन गरी सस्थाले र सस्थामा आवद्ध सदस्यहरुले मानविय र आर्थिक सहयोग उपलव्ध गराउने छ ।
व्यवसायको प्रवदर्न :
क्लवमा आवद्ध भएपछी सम्पुर्ण सदस्यहरुको व्यवसायको क्लवले प्रवदन गर्ने छ ।यसका लागी सस्था भित्रकै साथीहरुलाई एक अर्काको व्यवसाय सङ्ग सहकार्य गर्ने देखी आवश्यक सामग्रीहरुको किनमेल र सेवासुविधाको लागी प्रेरित गरिने छ । व्यवसायीक प्रतिष्ठानको प्रवदन कल्बको वेवसाइटमा उल्लेख गरिने छ ।
मित्रता इन्भेष्टमेन्ट कम्पनीको अवधारणा :
सस्थालाई चलाएमान गराउन मित्रता इन्भेष्टमेन्ट कम्पनीको अवधारणा अगाडी ल्याइएको छ ।
युथ कम्युनिटी क्लवमा आवद्ध भएका सदस्यहरुद्धारा सञ्चालित यसमा क्लवमा आवद्ध भएका सदस्यहरु मात्र सेयर सदस्य रहन पाउने छन ।
कम्पनीले नेपाल अधिराज्य भर स्थापित औधोगिक, वितिय फर्म, व्यापारिक प्रतिष्ठान ,कृषि पशुपालन, पर्यटन, मनोरञ्जनका क्षेत्रहरुमा, आम्दानीको स्रोत खुलेको र सस्थाको उद्धेश्यले मिल्ने ठाउमा लगानी गर्ने र सेयर खरिद बिक्री गरिने छ ।
आर्थिक कारोवारहरु सञ्चालन गरिने छ ।
कुनै पनि ठुला व्यवसायहरु सञ्चालनको लागी व्यक्तिगत लगानीको सहभागिता न्युन रहने हुदाँ व्यवसायमा सामुहिक लगानीको सहभागिता उल्लेखनीय रहने छ । व्यवसायमा सामुहिक लगानी गर्दा ठुला व्यवसायहरु पनि सञ्चालन गर्न सकिने र सफलता पनि प्राप्त भएको विश्वमा,उदाहरणहरु थुप्रै रहेका छन।
यसबाट सयौलाई रोजगारको अवसर पनि सृजना हुने छन । व्यवसायिक सफलता पनि प्राप्त हुने ।
शाखा विस्तार र सदस्यता
''युथ कम्युनिटी क्लब( YCC Nepal)''
स्थापना काल देखी पोखरामा संस्थाको सफल सुरुवात पछि अब नेपाल अधिराज्य भरी क्लबको शाखा विस्तार गरि क्लबको उद्धेश्यलाई सबै युवाहरुलाई प्रभावकारी तरीकाबाट महशुस गराई नेपालमै व्यवसाय सुरु गरी बिदेश पलाएनको बृद्धिदरलाई कम गर्ने र राष्ट्र निर्माणमा थप इट्टा थप्ने गरी क्रियाशिल भई नेपालमै नमुना सस्थाको रुपमा रहने छौ । यसै अभियानलाई सार्थकता दिन समिती निर्माणको अभियानहरु सञ्चालन गरिने छ ।
केन्दीय समिती
प्रादेशिक समिती
जिल्ला समिती
इकाई समिती
क्लवले हजारौ युवा व्यावसायी सदस्यता बितरण गर्ने लक्ष्य राखिएको छ, जसमा २० बर्ष देखि ४५ बर्ष सम्मका नेपाली नागरिकले सदस्यता लिन पाउनेछ ।
यसको लागी देहाए बमोजिमका नियमहरु रहेको छ ।
१ . आफैले व्यवसाय सञ्चालन गरिरहेको हुनुपर्नेछ ।
२ . नेपाल अधिराज्य भर कुनै न कुनै सस्थामा रोजगारमा आवद्ध भएको हुनुपर्नेछ
३ . नेपालमै स्वरोजगार भई केहि व्यवसाय गर्ने बिचार भएको हुनुपर्नेछ ।
४ . वैदेशिक रोजगारीवाट फर्कि नेपालमै व्यवसाय गर्ने योजना भएको हुनुपर्नेछ ।
सस्थामा आबद्धभएपछि व्यवसायलाई सबल बनाउने ,असफलतालाई सफलतामा पुर्याउने , एक अर्कालाई विश्वास र सम्मान गर्ने
हामि बिकासलाई निरन्तरता दिनेछौ ।
हामि “ नया/नया ” कुरालाई सजिलो तरिकाबाट पुरा गर्नेछौ र हामि परिवर्तन भई देशको बिकासको बाटोमा पु¥याउने प्रयास गर्नेछौ ।
''युथ कम्युनिटी क्लब( YCC Nepal)''
‘उद्यम/व्यवसाय गरौं, आफूपनि सक्षम बनौं, अरुलाईपनि बनाऔं’