Chandrauta Youth Club

Chandrauta Youth Club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Chandrauta Youth Club, Community Organization, Chandrauta, Kapilvastu.

15/12/2025

The much-awaited Suryamukhi Cup is set to kick off from Poush 19, featuring the highest winning prize ever offered in the Shivaraj area.

Get ready everyone ⚽

राइजिङ स्टारलाई ट्रफी🏆“Dream United Youth Club न्यौलीगंजद्वारा आयोजित तेस्रो ‘Dream United Cup 2082’ नकआउट फुटबल प्रतियो...
08/11/2025

राइजिङ स्टारलाई ट्रफी🏆

“Dream United Youth Club न्यौलीगंजद्वारा आयोजित तेस्रो ‘Dream United Cup 2082’ नकआउट फुटबल प्रतियोगितामा महिला तर्फ राइजिङ स्टार युवा क्लब, चन्द्रौटा विजेता बन्न सफल भएको छ।

हिजो (०८२/०७/२१) सम्पन्न फाइनल खेलमा राइजिङ स्टारले आयोजक Dream United लाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै उपाधि हात पारेको हो। निर्धारित समयमा दुवै टोलीले गोल गर्न सकेका थिएनन्।

निरन्तर अभ्यास, मेहनत र दृढ इच्छाशक्तिले सफलता अवश्य मिल्छ।

आगामी दिनहरूका लागि सम्पूर्ण टोलीलाई हार्दिक शुभकामना!”


विजया दशमी तथा शुभ दिपावलीको अवसरमा नमूना ज्योती युवा क्लवले पुरुष र महिला फुटबल प्रतियोगिता आयोजना गर्दै छ। आफ्नो टिमला...
24/09/2025

विजया दशमी तथा शुभ दिपावलीको अवसरमा नमूना ज्योती युवा क्लवले पुरुष र महिला फुटबल प्रतियोगिता आयोजना गर्दै छ। आफ्नो टिमलाई समयमै दर्ता गराई प्रतियोगितामा भाग लिन सम्पूर्णलाई अनुरोध गरिन्छ।

22/09/2025

Wow 😍: आरएस पोखरा फुटबल क्लबको आयोजनामा आगामी असोज २४ र २५ गते पोखरामा पहिलो पटक U-18 गर्ल्स सेलेक्शन ९ ए साइड फुटबल प्रतियोगिता–२०२५ हुने भएको छ।

यस प्रतियोगिताको विजेताले २० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले १० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। साथै प्रतियोगितामा म्यान अफ द म्याच, उच्च स्कोरर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षक पुरस्कार पनि प्रदान गरिनेछ।

प्रतियोगितामा सहभागी हुन चाहने टोलीहरूले असोज २२ गते बेलुकी ५ बजेसम्ममा नाम दर्ता गर्नुपर्नेछ। प्रवेश शुल्क ३ हजार रुपैयाँ तोकिएको आयोजकले जनाएको छ।

आरएस पोखरा एफसीले यो प्रतियोगितालाई आगामी एन्फा महिला लिग को तयारीका रुपमा सञ्चालन गर्न लागेको बताएको छ।❣️

19/09/2025

Heart touching 🥰 : Rising Star Club द्वारा हरेक वर्ष आयोजित ‘Rising Cup' ’को तेस्रो संस्करणको उपाधि Rising Star Youth Club Chandrauta ले जितेको छ। उपाधि जितेपछि खेलाडी पूर्णिमा क्षेत्रीले आफ्नो बुबासँग फोटो खिचिन् । उक्त तस्वीरमा बुबाको अनुहारबाटै छोरीको जितप्रति कति धेरै खुसी हुनु भएको छ भन्ने स्पष्ट देखिन्छ। ❤️

राइजिङ स्टारलाई उपाधि। तेश्रो राइजिङ कप महिला फुटबल प्रतियोगिता २०८२ को विजेता राइजिङ स्टार भएको छ। फाइनल खेलमा न्युलीगं...
17/09/2025

राइजिङ स्टारलाई उपाधि।

तेश्रो राइजिङ कप महिला फुटबल प्रतियोगिता २०८२ को विजेता राइजिङ स्टार भएको छ। फाइनल खेलमा न्युलीगंज युवा क्लव, विजयनगरलाई ० को विरुद्ध २ गोल गर्दै उपाधि आफ्नो बनाएको हो। राइजिङ स्टारलाई जीत दिलाउन पूर्णिमा कुँवर र ईशा चौधरीले समान एक एक गर्न सफल भए। विजेता तथा उपविजेता दुवै टिमलाई बधाई ।

तेस्रो राइजिङ कप सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूप सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिन चाहन्छौं।

फाइनल खेल । राइजिङ स्टारद्वारा आयोजित तेश्रो राइजिङ कप महिला फुटबल प्रतियोगिताको फाइनल खेल भोलि ( असोज १) हुने भएको छ। फ...
16/09/2025

फाइनल खेल ।

राइजिङ स्टारद्वारा आयोजित तेश्रो राइजिङ कप महिला फुटबल प्रतियोगिताको फाइनल खेल भोलि ( असोज १) हुने भएको छ। फाइनल खेल आयोजक राइजिङ स्टार र न्युलिगञ्ज युवा क्लव, विजयनगर बीच हुन गइरहेको हुँदा सम्पूर्ण खेलप्रेमी महानुभावहरुलाई राइजिङ स्टारको खेल मैदानमा आई खेलको शोभा भढाइदिनु हुन र खेलको मनोरञ्जन लिनु हुन आमन्त्रित गर्दछौँ।

दुवै टिमले शानदार प्रदर्शन गर्दै फाइनलमा स्थान बनाउन सफल भएका थिए । त्यसैले अन्तिम भिडन्त रोमाञ्चक, प्रतिस्पर्धात्मक र यादगार हुने अपेक्षा गरिएको छ । दुवै टिमलाई अग्रिम शुभकामना ।

सरकारको दमनको विरुद्धमा शान्तिपूर्ण प्रदर्शनको लागि सबै जना १ बाजे चन्द्रौटा चोकमा आउन अनुरोध गर्दछौं ।
09/09/2025

सरकारको दमनको विरुद्धमा शान्तिपूर्ण प्रदर्शनको लागि सबै जना १ बाजे चन्द्रौटा चोकमा आउन अनुरोध गर्दछौं ।

Address

Chandrauta
Kapilvastu

Telephone

+9779847014928

Website

Alerts

Be the first to know and let us send you an email when Chandrauta Youth Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share