Navyug youth club

Navyug youth club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Navyug youth club, Community Organization, Mahakali District, Kanchanpur.

मृगौला रोग उपचारका लागि सहयोग अनुरोध 🙏पुनर्वास नगरपालिका–१०, विकास बस्ती, कञ्चनपुर निवासी कल्लु राना काे कन्छि छाेरी सरि...
15/12/2025

मृगौला रोग उपचारका लागि सहयोग अनुरोध 🙏

पुनर्वास नगरपालिका–१०, विकास बस्ती, कञ्चनपुर निवासी कल्लु राना काे कन्छि छाेरी सरिता राना हाल गम्भीर मृगौला रोगबाट पीडित हुनुहुन्छ। उहाँको उपचारका लागि नियमित डायलाइसिस तथा औषधोपचार अत्यावश्यक छ तर पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले उपचार खर्च धान्न कठिन भइरहेको छ।

मानवीय आधारमा सहयोगी मन भएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई उहाँको जीवन रक्षाका लागि आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ। तपाईंको सानो सहयोगले पनि उहाँको जीवन बचाउन ठूलो सहयोग पुग्नेछ।

🙏 कृपया यो पोस्ट शेयर गरेर पनि सहयोग गरिदिनुहोस्।
🙏 सहयोग नै जीवन हो।🙏

ठेगाना: पुनर्वास नगरपालिका–१०, विकास बस्ती, कञ्चनपुर
सम्पर्क नं.: 9824686237

धन्यवाद 🙏

22/10/2025

शुभ दीपावली तथा तिहार 2082 काे हार्दिक मंगलमय शुभकामना!
आनन्द, माया र उज्यालोको पर्व तिहारले सबै नेपालीहरूकाे जीवनमा नयाँ उमंग, सौहार्द र समृद्धि ल्याओस् भन्ने कामना गर्दछौं। दीपावलीका दीपहरूले अन्धकार मेटाएर हरेक हृदयमा आशाको उज्यालो फैलाओस्। श्री नवयुग युवा क्लव परिवार सबैमा आपसी प्रेम, एकता र सद्भावको सन्देश फैलाउँदै सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछ।

दशैं २०८२ काे शुभकामनानवयुग युवा क्लवका तर्फबाट सम्पूर्ण नगरवासी, सदस्यहरू तथा शुभेच्छुक महानुभावहरूमा विजयादशमी २०८२ का...
29/09/2025

दशैं २०८२ काे शुभकामना

नवयुग युवा क्लवका तर्फबाट सम्पूर्ण नगरवासी, सदस्यहरू तथा शुभेच्छुक महानुभावहरूमा विजयादशमी २०८२ काे पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछाैं ।
यस महान पर्वले हामी सबैमा आपसी सद्भाव, भ्रातृत्व, एकता र समृद्धिको भावना जागृत गरोस् भन्ने कामना गर्दछाैं ।
साथै, सम्पूर्णमा सुस्वास्थ्य, दीर्घायु र प्रगतिको शुभेच्छा व्यक्त गर्दछाैं ।

– नवयुग युवा क्लव

19/09/2025

आज मिति ४०८२/०६/०३ गते यस गौरवमय संविधान दिवसको पावन अवसरमा श्री नवयुग युवा क्लवले सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।

संविधानले हामी सबैलाई समानता, अधिकार र कर्तव्य प्रदान गरेको छ। यस दिनले हामीलाई राष्ट्रिय एकता, लोकतन्त्र र सहअस्तित्वको भावनालाई झनै प्रगाढ बनाउन प्रेरित गर्दछ।

यो ऐतिहासिक दिनमा देशको समृद्धि, शान्ति र विकासका लागि सबैले आफ्नो स्थानबाट योगदान पुर्‍याउने संकल्प गरौं।

जय नेपाल!

🎉 जन्मदिनको हार्दिक शुभकामना 🎉यस क्लवका  प्रतिभावान, लगनशील तथा उत्कृष्ट खेलाडी श्री केशव खातिज्यूलाई जन्मदिनको अवसरमा ह...
11/09/2025

🎉 जन्मदिनको हार्दिक शुभकामना 🎉

यस क्लवका प्रतिभावान, लगनशील तथा उत्कृष्ट खेलाडी श्री केशव खातिज्यूलाई जन्मदिनको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
तपाईँको जीवनमा सदा स्वास्थ्य, दीर्घायु, सफलता र प्रगतिको ज्योति चम्किरहोस् भन्ने कामना गर्दछौँ।

🙏 शुभकामना सहित,
यस क्लव परिवार 🙏

10/09/2025

पालिका हैन हाम्रो घर जल्यो हाम्रो आत्मा जल्यो । पुनर्वास न पा को के के जल्यो हेर्नुस ।
1. बृद्ध बृद्दाको पहिलो चौमासिक भत्ता आउदै थियो कतिको रिन्यु भयको थियो सबै जल्यो ।
2. पालिकाले गर्नु पर्ने सुकुम्बासिको काम लगभग अन्तिम चरणमा पुगेको थियो त्यो काम जिरो भयो फेरि जिरोबाट सुरु गर्नुपर्ने भयो ।
3. हजारौ बिध्यार्थी परीक्षा लगायत ब्यक्त्तिगत फाइल सबै नष्ट भयो कसरी भबिष्य खोज्ने ।
4. स्वास्थ्य चौकि र वार्ड स्वास्थ्य कार्यालयमा बितरण गर्नु पर्ने औषधि र रेबिज लगायतको खोपहरु थियो सबै जलेर नष्ट भयो ।
5. बिकास निर्माणका कार्यहरुको फाइल थियो त्यो सबै जलेर नष्ट भयो कसरी सुरु गर्ने ।
6. शिक्षक कर्मचारीको रेकर्ड थियो अब को को कर्मचारी हो भन्ने केही रिकर्ड रहेन ।
7. पच्जिकरण (जन्म, मृत्यु, बसाइसराइ, स्वास्थ्य) का सिफारिस गर्नु पर्ने सबै काम बन्द भयो ।
8. 2071 मा नगरपालिका घोषणा भयको थियो त्यो बेलादेखी कार्यालय सन्चालनका लागि आवश्यक पर्ने अर्बौको सम्पत्ती जोडेको थियो त्यो सबै जलेर खरानी भयो ।
9. आवश्यक पर्ने सबै तथ्याङ्क केही बाकी छैन अब हामी कर्मचारी कसरी काम गर्ने ।.............................
थप्दै जानुस अरु के के जले होलान ।

04/09/2025

पशु चाैपाया व्यवस्थापन तथा सडक सुरक्षा कार्यक्रम सम्पन्न
२०८२/०५/१९

धन्यवादआज मिति २०८२/०५/१९ गते पुनर्वास नगरपालिका  वडा नं. १० यस क्लव द्वारा आयोजना गरिएको पशु चौपाया व्यवस्थापन तथा सडक ...
04/09/2025

धन्यवाद

आज मिति २०८२/०५/१९ गते पुनर्वास नगरपालिका वडा नं. १० यस क्लव द्वारा आयोजना गरिएको पशु चौपाया व्यवस्थापन तथा सडक सुरक्षा कार्यक्रम मा क्लवका सदस्य ,वडाका जनप्रतिनिधि हरू, वि.ओ.पि. दाेदा पाेष्ट,पचकडिया पुलिस प्रशासन ,गाउँका भलामन्साहरू र गाउँका बुद्धिजीवी समाजसेवीहरू मिलेर याे कार्यक्रम सफलता पूर्वक सम्पन्न गर्न सहयोग र सहभागिता जनाउनु हुने सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।

सडक चौपैया व्यवस्थापन तथा सडक सुरक्षा कार्यक्रममा सहभागी हुने अपिलयस क्लबको आयोजनामा आगामी दिनमा “सडक चौपैया व्यवस्थापन ...
03/09/2025

सडक चौपैया व्यवस्थापन तथा सडक सुरक्षा कार्यक्रममा सहभागी हुने अपिल

यस क्लबको आयोजनामा आगामी दिनमा “सडक चौपैया व्यवस्थापन तथा सडक सुरक्षा कार्यक्रम” संचालन गर्न लागिएको जानकारी गराइन्छ ।
यस कार्यक्रमको मुख्य उद्देश्य सडकमा आवतजावत गर्ने चौपैयाँ जनावरहरूलाई व्यवस्थित गर्ने, सडक दुर्घटनाबाट बच्ने, तथा सर्वसाधारणमा सडक सुरक्षा सम्बन्धी सचेतना फैलाउने रहेको छ ।

तसर्थ, यस महत्वपूर्ण कार्यक्रममा क्लबका सम्पूर्ण सदस्य, स्थानीयवासी, विद्यार्थी, समाजसेवी, सञ्चारकर्मी तथा सरोकारवाला निकायहरूलाई हार्दिक अनुरोध गर्दछौं कि तपाईँहरूको उपस्थितिले मात्र यस अभियानलाई प्रभावकारी बनाउन सकिन्छ ।

👉 तपाईँको सहभागिता हाम्रो सुरक्षित सडक अभियानको आधार हो ।

03/09/2025
02/09/2025

श्री नवयुग युवा क्लब
पुनर्वास नगरपालिका वडा नं. १०

विषय: नवयुग युवा क्लबको बैठक सम्बन्धमा सूचना
आदरणीय सदस्यज्यू,
सादर नमस्कार।
उपराेक्त बिषयका सम्बन्धमा नवयुग युवा क्लबको बैठक भाेलि मिति २०८२/०५/१८ गते,दिउँसो १:३० बजे समय मा अलंकार आ.वि.मा बस्ने भएको व्यहोरा जानकारी गराइन्छ।
तसर्थ, समयमै उपस्थित भइ बैठकलाई सफल बनाउन अनुरोध गरिन्छ। धन्यवाद।
तपसिल
मिति: २०८२/०५/१८
स्थान: अलंकार आ.वि.
समय: दिउँसो १:३० बजे
अध्यक्ष
राजेश कुमार राना
श्री नवयुग युवा क्लब

सुचना   !       सुचना    !!           सुचना !!!
02/09/2025

सुचना ! सुचना !! सुचना !!!

Address

Mahakali District
Kanchanpur
099

Website

Alerts

Be the first to know and let us send you an email when Navyug youth club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share