27/08/2026
Youth Foundation Nepal (YFN) रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा हालै आएको बाढी तथा प्राकृतिक विपद्का कारण भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछ।
यस दुःखद् घटनामा अमूल्य जीवन गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। शोकमा रहनुभएका परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनर्स्थापनाको कामना गर्दछौँ।
विपद्को यस कठिन घडीमा प्रभावित समुदायको पीडा र कठिनाइप्रति Youth Foundation Nepal को गहिरो ऐक्यबद्धता रहेको छ। यस दुःखद् परिस्थितिबाट प्रभावित सम्पूर्ण परिवार तथा समुदायलाई आवश्यक सहयोग, सहकार्य र मानवीय संवेदनाका साथ साथ दिन सबैमा हार्दिक अपिल गर्दछौँ।
Youth Foundation Nepal (YFN)
Standing Together in Solidarity and Humanity