21/07/2023
#श्रीमद्भागवतमहापुराण
प्रथम स्कन्ध देखि नवम स्कन्ध सम्म
आउने कथाका पात्रहरुको नाम....
@ लिलासुक अर्को जन्ममा सुकदेव ।
@ शक्ति बाट परासर, परासर र सत्यवती बाट पुत्र ब्यास ।
@ उपवर्हण, उपवर्हण अर्को जन्म मा नारद भएर जन्म लिए ।
@ अश्वत्थामाकि माता गौतमी ।
@ पाँच पाण्डप-
1 युधिष्ठिर 2 भिम 3 अर्जुन 4 नकुल 5 सहदेव ।
यी पाचैका पत्नी द्रौपदी थिन ।
@ द्रौपदिका पुत्र पाँच भए -
1 प्रतिविन्ध्य 2 श्रुतसेन 3 श्रुतकृती 4 शतानिक 5 श्रुतकर्मा ।
@अर्जुन की पत्नी सुभद्रा, सुभद्रा बाट पुत्र अभिमन्यु भए ।
अभिमन्यु कि पत्नी उत्तरा, उत्तरा बाट पुत्र परिक्षित भए ।
@ परिक्षित को विवाह उत्तर कि
पुत्री ईरावती सग भयो ।
4 पुत्र भए जनमेजय आदि ।
@ धृतराष्ट कि पत्नी गान्धारी, पुत्र दुर्योधन ।
@ कस्यप कि पत्नी दिति बाट दुई पुत्र-
1 हिराण्याक्ष 2 हिरण्यकशिपु
@ कर्दम कि पत्नी देवहुती,
9 पुत्री 1 पुत्र-
पुत्र कपिलदेव भगवान
9 पुत्री-
1कला, 2 अनसुया,3 श्रद्धा, 4 हविर्भू,
5 गति, 6 कृया, 7 ख्याती, 8 अरुन्धती,
9 शान्ती , ।
यी 9 पुत्रीको विवाह ब्रह्माजिका 9 मानस
पुत्र सग विवाह भयो ।
@ ब्रह्माजिका 10 मानस पुत्र-
1 मरिची, 2 अत्री, 3 अङ्गिरा, 4 पुलस्त्य
5 पुलह 6 क्रतु, 7 भृगु, 8 वसिष्ठ, 9 दक्ष,
10 नारद,
विद्वान गुरुवरहरुले पढेर प्रतिकृया दिनुहुन्छ
भन्ने आस गरेको छु । #श्रीमद्भागवतमहापुराण
चतुर्थ स्कन्ध कथामा आउने
कथाका पात्रहरुको नाम....
@ स्वयम्भुव मनु र शतरुपा बाट
2 पुत्र- प्रीयव्रत, उत्तानपाद
3 पुत्री- आकुती, देवहुती, र प्रसुती,
@ आकुतीको विवाह प्रजापती
रुचीसँग भयो ।
यी बाट
पुत्र- यज्ञ
पुत्री - दक्षीणा भए ।
@ यज्ञ र दक्षीणा उनीहरुको पछाडी
गएर विवाह भयो,
यी बाट 12 पुत्र भए -
तोष, प्रतोष, संतोष, भद्र, शान्ती, ईडस्पती, ईध्म,
कवि, विभु, स्वन्ह, सुदेव, रोचन, ।
यिनिहरु तुषित नामका देवता भए
@ देवहुती को विवाह कर्दम सग ।
9 पुत्री 1 पुत्र ।
अगाडी तृतिय स्कन्ध मा छ यो कथा ।
@प्रसुतीको विवाह प्रजापती दक्ष सग भयो ।
यी बाट 16 पुत्री भए -
13 धर्मलाई,
स्वाहा अग्नीलाई,
स्वाधा पित्रीलाई,
कान्छी पुत्री सती शिव लाई दिए ।
@ सति र शिवको वंस अगाडी बढेन ।
@ ब्रह्माजीका द्वितीय पुत्र अत्री को विवाह
अनसुया सग भएको थियो ।
यी बाट
3पुत्र भए
चन्द्रमा, दत्तात्रय, दुर्वासा,
ब्रह्मा विष्णु शिवका अंसावतारमा ।
@ उत्तनपाद का दुई पत्नी सूनीति सूरुची ।
सूनिती बाट पुत्र ध्रुव भए,
सूरुची बाट पुत्र उत्तम भए,
@ ध्रुवका दुई पत्नी ईला र भ्रामी
पुत्र - कल्प र वत्स
पुत्री - ईला
@ ध्रुवकै वंसमा अगाडि गएर अङ्ग भए
अङ्गको विवाह सुनिथा सग भयो
पुत्र- वेन भए ।
@वेन को शरीर मन्थन गरेर पृथु र अर्ची भए ।
@ पृथुको वंसमा अगाडि गएर विजिताश्व यानी (अन्तरधान)भए ।
@अन्तर्धान का दुई पत्नी शिखण्डिनी र नभस्वती ।
@शिखण्डिनिका 3 पुत्र -
पावक पवमान शुचि ।
@ नभस्वती का 5 पुत्र -
बर्हिषद, गय, शुक्ल, कृष्ण, सत्य, जितव्रत,
@ बर्हिषद= यानी (प्राचिनबर्ही) पत्नी शतद्रुति ।
यी बाट 10 पुत्र नाम प्रचेता,
@ प्रचेताको विवाह वार्क्षी (मारिसा)सग भयो ।
मारिसाबाट पुत्र-दक्ष भए ।
विद्वान गुरुवरहरुले पढेर प्रतिकृया दिनुहुन्छ भन्ने आस गरेको छु । #श्रीमद्भागवतमहापुराण
पञ्चम स्कन्ध कथामा आउने
कथाका पात्रहरुको नाम....
@ प्रीयव्रत वंस-
विश्वकर्माकी छोरी वर्हिष्मती सग विवाह भयो ।
पुत्री- उर्जस्वती
पुत्र -10
1 आग्नीध्र 2 ईध्मजिह्व 3 यज्ञबाहु 4 महाविर 5 हिरण्यरेत 6 घृतपृष्ठ 7 सवन 8 मेधातिथी 9 वीतिहोत्र 10 कवय
@ प्रीयव्रत कि अर्की पत्नी बाट 3 पुत्र- उत्तम, तामस, रैवत,
@ आग्नीध्र वंस
आग्नीध्र को विवाह पूर्वचित्ती अप्सरा सग भयो ।
पुत्र= 9 भए
1 नाभी 2 किम्पुरुष 3 हरीवर्ष 4 ईलावृत 5 रम्यक 6 हिरण्यमय 7 कुरु 8 भद्राश्व 9 केतुमाल ।
@ यी 9 पुत्रको मेरुकी 9 पुत्रीसग विवाह भयो ।
9 पुत्रीको नाम -
1 मेरुदेवी 2 प्रतिरुपा 3 उग्रदंष्ट्रा 4 लता 5 रम्या 6 श्यामा 7 नारी 8 भद्रा 9 देवविती
@ राजा नाभि र मेरुदेवी बाट पुत्र
भगवान ऋषवदेव भए ।
@ ऋषवदेव को विवाह ईन्द्रकी छोरी
जयन्ती सग भयो ।
पुत्र 100 भए -
81 = ब्राह्मण, 9= योगेश्वर,
9= 9खण्डको अधिपति भए,
ज्येष्ठ पुत्र भरत राजा भए ।
@ भरत वंस
भरतको विवाह विश्वरुप कि
छोरी पन्चजनी सग भयो ।
5 पुत्र भए -
सुमती, राष्ट्रभृत, सुदर्सन, आवरण, ध्रुम्रकेतु ।
@ सुमती को वंस अगाडि गएर
गय सम्म गएर सकियो ।
@ भरत फेरि मृग भएर जन्म लिए ।
@फेरि भरत अर्को जन्म मा अङ्गिरा गोत्रीय ब्रह्मणको घरमा जन्म लिए
फेरि नाम भरत भयो ।
विद्वान गुरुवरहरुले पढेर प्रतिकृया दिनुहुन्छ भन्ने आस गरेको छु । #श्रीमद्भागवतमहापुराण
षष्ठ स्कन्ध कथामा आउने
कथाका पात्रहरुको नाम....
@ अजामिल, अजामिल की पत्नी
को नाम यहाँ छैन ।
@ पुन उत्तानपाद वंश-
प्रचेता र वार्क्षी का पुत्र दक्ष को वंश अगाडि...
@ दक्ष को विवाह पञ्चजन कि पुत्री असिक्नी सग भयो ।
दस हजार पुत्र - नाम हर्यश्व ।
एक हजार पुत्र - नाम शवलाश्व ।
असिक्नी बाट साठी पुत्री भए -
पुत्री हरुको विवाह -
धर्म लाई -10 नाम- भानु लम्बा आदि..
कश्यप लाई - 13 ।
चन्द्रमा लाई - 27 ।
भूत लाई - 2 ।
अङ्गीरा लाई - 2 ।
कृशाश्व लाई - 2 ।
तार्क्ष्य (कश्यप) लाई - 4 नाम - विनता, कद्रु, पतङ्गी, यामिनी ।
@ कश्यप कि पत्नी -
दिति बाट = हिरण्यकशिपु, हिरण्याक्ष । अगाडि वंशमा प्रह्लाद, विरोचन, बली, बाड आदि भए ।
दनु बाट - दानव भए ।
अदिती वाट = 12 पुत्र -
विवस्वान्, अर्यमा, पूषा, त्वष्ट्रा, सविता, भग, धाता, विधाता, वरुण, मित्र, ईन्द्र, वामन, ।
दिति कि एउटी छोरी रचना ।
@ सविता कि पत्नी पृश्नि, सावित्री आदि आठ सन्तान भए ।
@दितिका 49 पुत्र मरुदगण, दिति कि कान्छी पुत्री रचनाको ।
रचनाको विवाह त्वाष्ट्रा सँग भयो ।
दुई पुत्र -सन्निवेश, विश्वरुप भए ।
@ त्वष्ट्रा ऋषि का पुत्र ईन्द्रले मारे र त्वष्ट्राले यज्ञ गरे र वृत्तासुर उत्पन्न भए ।
@देवता का गुरु बृहस्पति ।
@ देवताहरुले विश्वरुप लाई पनि गुरु बनाए ।
@ वृत्तासुर को पूर्वजन्म -
शूरसेन देशमा चित्रकेतु नाम बाट प्रख्यात थिए ।
उनका करोडौ रानी थिए । एउटी रानीको नाम थियो कृतद्युती । अर्को जन्म मा विद्याधरचित्रकेतु थिए । पार्वतिको श्राप द्वारा राक्षस बने र अहिली आर यहाँ यज्ञ मा वृत्तासुर उत्पन भए ।
@ दधीची ऋषि ।
@ ईन्द्र लाई ब्रह्महत्या ले आक्रमण भगवान विष्णु द्वारा रक्षा ।
विद्वान गुरुवरहरुले पढेर प्रतिकृया
दिनुहुन्छभन्ने आस गरेको छु ।
सकेसम्म सबै नामहरु राख्ने
प्रयास गरेको छु... #श्रीमद्भागवतमहापुराण
सप्तम स्कन्ध कथामा आउने
कथाका पात्रहरुको नाम....
@ नारद र युधिष्ठिर ।
@ जय विजय भगवानका पार्शदलाई
सनकादीको श्राप ।
हिरण्याक्ष, हिरण्यकशिपु ।
रावण, कुम्भकर्ण ।
शिशुपाल, दन्तवक्त्र ।
@ कश्यप पत्नी दिति ।
2 पुत्र - हिरण्यकशिपु, हिरण्याक्ष ।
@ हिरण्यकशिपु पत्नि कयाधु ।
4 पुत्र - ह्रात, अनुह्रात, सम्ह्रात, प्रह्राद ।
@ हिरण्याक्ष पत्नी रुषाभानु ।
पुत्र - शकुनी, शम्बर आदि ।
@ नृसिंह भगवानको प्रादुर्भाव ।
@ नौ प्रकारका भक्ति -
श्रवणं कीर्तनं विष्णोः स्मरणं पादसेवनम् ।
अर्चनं वन्दनं दास्यं सख्यमात्मनिवेदनम् ।।
1, भगवानका लिलाकथाहरु सुन्नु ।
2, नाम सङ्कीर्तन गर्नु ।
3 भगवानकोअवतार र रुप
हरुको सम्झना गर्नु ।
4, चरणको सेवा गर्नु ।
5, भगवानको पूजा गर्नु ।
6, भगवानलाइ नमस्कार गर्नु ।
7, भगवानको दास बन्नु ।
8, भगवान सँग मित्रता गास्नु ।
9, आफूलाई भगवानमैँ अर्पण गर्नु ।
विद्वत गुरुवर्गहरुले पढेर प्रतिकृया
दिनुहुन्छ भन्ने आस गरेको छु । #श्रीमद्भागवतमहापुराण
अष्टम स्कन्ध कथामा आउने
कथाका पात्रहरुको नाम....
@ मन्वन्तर को वर्णन -
14 मन्वन्तर को नाम -
1 स्वायम्भुव 2 स्वारोचिष 3 उत्तम 4 तामस 5 रैवत
6 चाक्षुष 7 श्राद्धदेव 8 सावर्णी 9 दक्षसावर्णी
10 ब्रह्मसावर्णी 11 धर्मसावर्णी 12 रुद्रसावर्णी
13 देवसावर्णी 14 ईन्द्रसावर्णी
@@ कुन कुन अवतार मा को को? के के थिए ?
@ 1 मन्वन्तर -
मनु - स्वायम्भुव
पुत्र - प्रीयव्रत, उत्तानपाद
देवता - याम आदि 12 देवता
ऋषि - मरिची आदि सप्तर्षी
भगवान - यज्ञ अवतार रक्षक
@ 2 मन्वन्तर -
मनु - अग्निको पुत्र स्वारोचिष
पुत्र - द्युमान
देवता - तुषित
ऋषि - ऊर्जस्तम्भ आदि
इन्द्र - रोचन
भगवान - विभु अवतार
@ 3 मन्वन्तर -
मनु - प्रीयव्रत का पुत्र उत्तम
पुत्र - पवन आदि
देवता - सत्य आदि
ऋषि - प्रमद आदि सप्तर्षी
इन्द्र - सत्यजित
भगवान - सत्यसेन अवतार
@ (4) मन्वन्तर -
मनु - तामस
पुत्र - पृथु आदि
देवता- सत्यक आदि
ऋषि - ज्योतिर्धाम
इन्द्र - त्रीशिख
भगवान - हरी अवतार
• हरी अवतार मा भगवानले गजेन्द्र (हात्ति) र
ग्राहलाई (गोही)उद्धार गर्नु भयो ।
• गज र ग्राहको पूर्व-वृत्तान्त -
• हूहूगन्धर्व देवल ऋषि को श्राप
पाएर ग्राह भएका थिए ।
• ईन्द्रद्युम्न द्रविड देशका राजा थिए । अगस्त्य ऋषिको
श्राप पाएर गजेन्द्र भएका थिए ।
@ 5 मन्वन्तर -
मनु - रैवत
इन्द्र - विभु
भगवान - स्वयं वैकुण्ठ अवतार
लिनु भो । वर्णन तृतिय स्कन्ध छ ।
@ 6 मन्वन्तर
मनु - चक्षु का पुत्र चाक्षुष थिए ।
इन्द्र - मन्त्रद्रुम
भगवान - अजित नामक अवतार ।
कच्छप रुप लिएर आफ्नु पिठमा मन्दराचल
धारण गर्नु भयो । फेरि अर्को मोहिनी रुप धारण गरेर समुन्द्र मन्थन गर्दा देवतालाई अमृत पान गराउनु भयो ।
@ 7 मन्वन्तर -
मनु - श्राद्धदेव विवस्वान का पुत्र र
उनको नाम वैवस्वत पनि हो ।
इन्द्र - पुरन्दर
भगवान - वामन अवतार ।
• भगवानले वामन अवतारमा दैत्यराज बलि सँग याचक बनेर तीन पाउ धर्ती मागेर सर्बस्व लुटेका थिए ।
• बलिका गुरु शुक्राचार्य
@ 8 मन्वन्तर -
मनु - सावर्णी
इन्द्र - बलि
भगवान - सार्वभौम अवतार
@ 9 मन्वन्तर -
मनु - दक्षसावर्णी
इन्द्र - अद्भुत
भगवान - ऋषभ अवतार
@ 10 मन्वन्तर -
मनु - ब्रह्मसावर्णी
इन्द्र - शम्भु
भगवान - विष्वक्सेन अवतार
@ 11 मन्वन्तर -
मनु - धर्मसावर्णी
इन्द्र - वैधृत
भगवान - धर्मसेतु अवतार
@ 12 मन्वन्तर -
मनु - रुद्रसावर्णी
इन्द्र - ऋतधामा
भगवान - स्वधामा अवतार
@ 13 मन्वन्तर
मनु - देवसावर्णी
इन्द्र - दिवस्पती
भगवान - योगेश्वर अवतार
@ 14 मन्वन्तर
मनु - इन्द्रसावर्णी
इन्द्र - शुचिनाम
भगवान - वृहद्भानु अवतार
@ समुन्द्र मन्थनमा क-कस्ले के के गरे त-
• रुद्र भगवानले बीष पान गर्नु भयो ।
• कामधेनु गाई-याज्ञिक ब्राह्मणले लगे ।
• उच्चैःश्रवा -नाम को घोडा बलिले लगे ।
• ऐरावत हात्ती - इन्द्रले लगे ।
• कौस्तुभमणि - भगवानले ।
• पारिजात - स्वर्ग लगे ।
• अप्सरा - पनि स्वर्ग ।
@ कश्यप पत्नी अदिति
अदितिले पयोव्रत लिएर भगवान खुसी भएर
भगवान स्वयं आफै वामन बनेर आउनु भयो ।
विद्वत गुरुवरहरुले पढेर प्रतिकृया
दिनुहुन्छ भन्ने आस गरेको छु । #श्रीमद्भागवतमहापुराण
नवम स्कन्ध त्रयोदश अध्याय सम्म कथामा
आउने कथाका पात्रहरुको नाम....
@ 7 औँ मन्वन्तर -
• वैवस्वत मनुका पुत्र सुद्युम्न ।
@ नारायण, बाट ब्रह्मा, ब्रह्मा बाट मानस पुत्र मरिचि,
मरिचि बाट कश्यप, ।
• कश्यप पत्नी अदिति बाट पुत्र विवस्वान भए ।
• विवस्वान र संज्ञा नाम कि पत्नी बाट राजर्षि
सत्यव्रत श्राद्धदेव मनु भए । उनको अर्को नाम
वैवस्वत पनि हो ।
@ • वैवस्वत मनु कि पन्ती श्रद्धा बाट
पुत्री - इला
पुत्री इला लाई वसिष्ठ जी ले नारायण
को स्तुति गरेर पुरुष बनाईदिनु भयो ।
नाम - सुद्युम्न ।
• सुद्युम्न राजा ईलावृतखण्ड गएका थिए फेरि स्त्री भए
घुम्दै जादा बुधको आश्रम पुगेर र मन परापर भएर
गान्धर्व विवाह भयो । पुत्र - पुरुरवा भए ।
@ राजा सुद्युम्न का पुत्र -
इत्कल, गय, विमल यी तीन पुत्र भए ।
@ वैवस्वत मनुका 10 पुत्र -
पृष्रध्र, कवि, करुष, धृष्ट, नृग,
नरिष्यन्त, दिष्ट, शर्याती नभग
@ राजा शर्याति कि पुत्री - सुकन्या ।
• सुकन्या र च्यवन को विवाह भयो ।
• शर्याति का पुत्र आनर्त, आनर्त का पुत्र रेवत,
रेवत का 100 पुत्र भए ज्येष्ठ पुत्र ककुद्मी भए ।
• ककुद्मि पुत्री - रेवती
• रेवतीको विवाह वलदेव सँग भयो ।
@ वैवस्वत मनुका पुत्र - नभग,
नभग बाट पुत्र - नाभाग, नाभाग बाट पुत्र - अम्बरीष ।
@ ईक्ष्वाकु वंश -
पुत्र - 100भए
ज्येष्ठ पुत्रहरु - विकुक्षि, निमि, दण्डक यी तीन ।
@ विकुक्षि राजा - अरु पनि नाम पुरञ्जय,
इन्द्रवाह, ककुत्स्थ,
धेरै पुत्र भए वंशमा अगाडि गएर राजा युवनाश्व भए ।
• राजा युवनाश्व का सय रानी थिए । र पुत्र थिएनन् ।
राजाले यज्ञ गरे । यज्ञ मा राती राजाले प्यास लागेर झुक्केर कलशको पुंसवन जल पिए ।
राजा बाट पुत्र - मान्धाता को जन्म भयो ।
@ मान्धाता को विवाह शशबिन्दु कि
पुत्री बिन्दुमती सग भयो ।
• पुत्री - 50
50 पुत्रीको विवाह सौभरी ऋषि सग भयो ।
• पुत्र - 3
अम्बरीष, पुरुकुत्स, मुचुकन्द ।
• पुरुकुत्स का पुत्र त्रसद्दस्यु भए । यही वंशमा अगाडि
गएर त्रीशंकु भए । त्रीशंकु का पुत्र सत्यवादी राजा
हरिश्चन्द्र भए ।
• राजा हरिश्चन्द्र का पुत्र - रोहित भए ।
@ शुनः शेष, विश्वामित्र ।
• रोहित का पुत्र - हरित भए ।
हरित का वंशमा अगाडि बाहुक भए ।
•बाहुक कि ज्येष्ठ पत्नी बाट सगर राजा भए ।
@ सगर राजा का दुई पत्नी सुमती र केशिनी ।
पत्नी सुमती बाट पुत्र - 60 हजार ।
केशिनी बाट पुत्र - असमञ्जस ।
• असमञ्जस का पुत्र अंशुमान् । अंशुमान् का
पुत्र दिलिप, दिलिपका पुत्र भगीरथ भए ।
• भगीरथ का पुत्र श्रुत भए ।
• श्रुत का वंशमा सौदास पत्नी मदयन्ती भए ।
• सौदास पत्नी मदयन्ती बाट अश्मक भए ।
• अश्मक वंशमा अगाडि खट्वांग भए ।
@ खट्वांग बाट पुत्र - दीर्घबाहु भए, दिर्घबाहु बाट पुत्र
रघु भए, रघु बाट पुत्र - अज भए,
अज बाट पुत्र - दशरथ भए ।
@ दशरथ पत्नी कौशल्या, सुमित्रा र कैकेयी,
कौशल्या पुत्र - राम,
कैकेयी पुत्र - भरत
सुमित्रा पुत्र - लक्ष्मण, शत्रुघ्न
यी 4 पुत्र साक्षात विष्णु का अंश अवतार थिए ।
@ राम पत्नी सीता
पुत्र - कुश, लव ।
@ लक्ष्मण पत्नी उर्मिला
पुत्र - अंगद, चित्रकेतु
@ भरत पत्नी माण्डवी
पुत्र - तक्ष, पुष्कल,
@ शत्रुघ्न पत्नी श्रुतकिर्ती
पुत्र - सुबाहु, श्रुतसेन
@ रावण पत्नी मन्दोदरी ।
@ सुनको मृग - मारिच थिए ।
@ निमिको वंश -
निमि का पुत्र जनक, जनक का पुत्र उदावसु भए ।
यही वंशमा सीरध्वज भए ।
• सीरध्वज यज्ञको लागि हलो जोत्दै थिए
सीताको प्रादुर्भाव भयो ।
• यही वंशमा अगाडि कुशध्वज, धर्मध्वज, कृतध्वज, भितध्वज, चित्ररथ, समरथ, सत्यरथ बहुलाश्व एवं अनन्त राजा भए यी सबै जनक नाम वाट चिनिए । #श्रीमद्भागवतमहापुराण
नवम स्कन्ध चन्द्रवंश कथामा आउने
कथाका पात्रहरुको नाम....
चन्द्रवंश वर्णन -
@ भगवान नारायणको नाभीकमल बाट ब्रह्मा भए ।
@ ब्रह्मा को नेत्रबाट अत्रि,अत्रि को नेत्र बाट चन्द्रमा भए ।
@ बृहस्पति कि पत्नि तारा ।
@ चन्द्रमा र तारा बाट बुध भए ।
@बुध कि पत्नि मनुकी पुत्री इला बाट पुत्र ऐल
(पुरुरवा) भए ।
@ ऐल र उर्वशी बाट पुत्र - 6 भए
आयु, श्रुतायु, सत्यायु, रय, विजय , जय
• श्रुतायु का वसुमान् भए ।
• सत्यायु का श्रुतञ्जय भए ।
• रय का एक भए ।
• जय का अमित भए ।
• विजय का भीम भए ।
@भीम का काञ्चन भए, काञ्चन का होत्रक भए,
होत्रक का जह्रु भए ।
• जह्रु का पुरु भए, पुरु का बलाक भए,
बलाक का अजक भए, अजक का कुश भए ।
• कुश का 4 पुत्र -
कुशाम्बु, तनय, वसु, कुशनाभ,।
• कुशाम्बु का पुत्र राजर्षि गाधि भए,
गाधि कि पुत्री - सत्यवती ।
@ ऋचीक पत्नी सत्यवती ।
पुत्र - जमदग्नि भए
@ जमदग्नि को विवाह रेणु ऋषि कि
पुत्री रेणुका सँग भयो ।
• जमदग्नि र रेणुका बाट - वसुमान् आदि पुत्र भए,
सबैभन्दा कान्छो पुत्र थिए - परशुराम ।
@ हैहय वंश -
अधिपति थिए सहस्रबाहु अर्जुन ।
• रावण, पुलस्त्य ऋषि, ।
@ • गाधि का पुत्र विश्वामित्र,
विश्वामित्र का पुत्र -100 थिए सबैको नाम - मधुच्छन्दा
नाम ले विख्यात थिए । भृगुवंशीय अजीगर्तका पुत्र शुनःशेप (देवरात) लाई पनी पुत्र बनाए ।
• विश्वामित्र का अरु पुत्र - अष्टक, हारीत, जय र क्रतुमान
आदि पनि भए ।
@ पुरुरवा का एक पुत्र - आयु थिए ।
• आयु का पुत्र - नहुष, क्षत्रवृद्ध, रजि,रम्भ, अनेना ।
@ नहुष का पुत्र - 6 भए
यति, ययाति, संयाति, आयाति, वियति, कृति, यति सन्याषी भए ।
@ययाति को विवाह शुक्रचार्य कि छोरी
देवयानी सग भयो ।
• ययाति र देवयानी बाट 2 पुत्र -
यदु, तुर्वसु, भए ।
• ययाति र शर्मिष्ठा बाट 3 पुत्र -
द्रुह्यु,अनु, पूरु भए ।
@ पूरु वंश -
• पूरु का जनमेजय, जनमेजय का प्रचिन्वान्,
प्रचिन्वान् का प्रवीर, प्रवीर का नमस्यु,
नमस्यु का चारुपद , चारुपद का सुद्यु, सुद्यु का बहुगव,
बहुगव का संयाती, संयाति का अहंयाति,
अहंयाति का रौद्राश्व ।
@ घृताची अप्सरा र रौद्राश्व का
10 पुत्र - ऋतेयु, कुक्षेयु, स्थण्डिलेयु, कृतेयु, जलेयु,
सन्ततेयु, धर्मेयु, सत्येयु, व्रतेयु, वनेयु,
@ ऋतेयु का पुत्र रन्तिभार भए ।
रन्तिभार पुत्र - सुमति, ध्रुव, अप्रतिरथ 3 पुत्र भए ।
• अप्रतिरथ का पुत्र कण्व भए,
कण्व का पुत्र मेधातिथी,
मेधातिथी बाट प्रस्कण्व आदि ब्राह्मण भए ।
• सुमती का पुत्र रैभ्य, रैभ्य का पुत्र दुष्यन्त भए ।
@ विस्वामित्र पुत्री शकुन्तला र राजा दुष्यन्त बाट
पुत्र भरत भए ।
@ भरत का पत्नी विदर्भराजाकी 3 पुत्री थिन् ।
• भरत राजाले मरुत्स्तोम नाम को यज्ञ गरे । मरुद गण पसन्न भएर भरद्वाज नाम का पुत्र दिए ।
@ भरद्वाज का पुत्र मन्यु ।
मन्यु का 5 पुत्र - बृहत्क्षत्र, जय, महावीर्य, नर, गर्ग, ।
• नर का पुत्र संकृति, ।
संकृति का 2 पुत्र - गुरु र रन्तिदेव भए ।
@ मन्यु पुत्र गर्ग बाट शिनि भए, शिनि बाट गार्ग्य भए ।
• महावीर्य का पुत्र दुरितक्षय ।
दुरितक्षय का 3 पुत्र - त्रय्यारुणि, कवि, पुष्करारुणि ।
• बृहत्क्षत्रका पुत्र हस्ति, हस्ति ले हस्तिनापुर ठाउँ बसाए ।
• हस्ती का 3 पुत्र - अजमीढ, द्विमीढ, पुरुमीढ ।
• अजमीढ का पुत्र प्रीयमेध आदि ब्राह्मण भए ।
• अजमीढ का अर्का पुत्र बृहदिषु, बृहदिषु का वंशमा अगाडि गएर मुद्गलसंज्ञक ब्राह्मण कुल भयो ।
• मुद्गल बाट दिवोदास भए,
• दिवोदास कि पुत्री अहल्या ।
• गौतम र अहल्या बाट शतानन्द ।
• शतानन्द का सत्यधृति ।
• सत्यधृति का शरद्वान् ।
• उर्वशी को दर्सन ले शरद्वान् को वीर्य सरकण्ड को हुल्मा खस्यो त्यहावाट युगल सन्तान कृपाचार्य कृपी भए ।
• राजा शन्तनु ले वन बाट ल्यार पाल्नु भयो ।
• द्रोणाचार्य र कृपी बाट महावली अश्वत्थामा भए ।
@ दिवोदास बाट मित्रेयु, मित्रेयु बाट च्यवन, च्यवन का सुदास, सुदास का सहदेव, सहदेव का सोमक ।
• सोमक का 100 पुत्र भए ।
सोमका पुत्रका नाम ठुलाका नाम जन्तु र
सानाका नाम पृषत ।
• पृषत का द्रुपद भए ।
• द्रुपद का ध्रुष्टद्युम्न आदि पुत्र भए , पुत्री - द्रौपदी ।
• ध्रुष्टद्युम्न का पुत्र धृष्टकेतु अगाडि गएर संज्ञा पाञ्चाल ।
@ हस्तीका द्वितीय पुत्र ऋक्ष, ऋक्ष का पुत्र संवरण ।
• संवरण को विवाह सुर्य कि पुत्री तपती सँग भयो
पुत्र भए कुरु । यही वंशमा अगाडि बृहद्रथ भए ।
• बृहद्रथ बाट जरासन्ध भए ।
जरासन्ध का पुत्र सहदेव भए, यही वंशमा
अगाडि प्रतीप भए ।
• प्रतीप का पुत्र - देवापि, शन्तनु, बाह्लीक ।
• बाह्लीक का पुत्र सोमदत्त,
सोमदत्तका 3 पुत्र - भूरि, भूरिश्रवा, शल ।
• शन्तनु र गंगा बाट भीष्म भए ।
शन्तनु र अर्कि पत्नी मल्लाह द्वार पालिएकी
उपरिचरवसु कि पुत्री सत्यवती बाट पुत्र -
चित्राङ्गद विचित्रवीर्य भए ।
• सत्यवती र पराशर बाट व्यास भए ।
@ विचित्रवीर्य को काशिराज का दुई पुत्री अम्बिका अम्बालिका सँग विवाह गरे ।
• ब्यास जी ले माता सत्यवती बाट आज्ञा लिएर अम्बिका र अम्बालिका बाट पुत्र धृतराष्ट र पाण्डु, र दासी बाट विदुर भए ।
• धृतराष्ट पत्नी गान्धारी बाट 100 पुत्र,
एक पुत्री दुःशला ।
• पाण्डु पत्नी कुन्ती बाट धर्म, वायु, इन्द्र,।
इन्द्रका अंश बाट युधिष्ठिर, भीम, अर्जुन भए ।
अश्विनी कुमार को अंश बाट माद्री ले
नकुल र सहदेव को जन्म दिए ।
@ पाँच पाण्डव का पाँच पुत्र - प्रतिविन्ध्य, श्रुतसेन, श्रुतकीर्ती, शतानीक, श्रुतकर्मा, भए ।
पाण्डव का अरु पत्नी बाट देवक, घटोत्कच,
वभ्रुवाहन, आदि पुत्र अरु पनि नी भए ।
@ अर्जुन र सुभद्रा बाट अभिमन्यु, अभिमन्यु र उत्तरा बाट परीक्षित् भए, परीक्षित् र इरावती बाट जनमेजय, श्रुतसेन, भीमसेन, उग्रसेन,। जनमेजय का पुत्र शतानीक,अगाडि
यो वंश कलियुग मा राजा क्षेमक सम्म पुगेर सकिन्छ । साभार,