Urban Poverty Alleviation Forum - U-PAF

Urban Poverty Alleviation Forum - U-PAF Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Urban Poverty Alleviation Forum - U-PAF, Non-Governmental Organization (NGO), kalaiya, Bara(Nepal), Kalaiya.

Established on 13th January 2012, Urban Poverty Alleviation Forum (UPAF) is a non-profit, non-governmental organization registered under Nepal government with its motive to support urban poor and marginalized communities.

अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को हार्दिक शुभकामना !युवा शक्ति राष्ट्रको वर्तमान मात्र होइन, समुन्नत भविष्य निर्माणको प्...
12/08/2026

अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को हार्दिक शुभकामना !
युवा शक्ति राष्ट्रको वर्तमान मात्र होइन, समुन्नत भविष्य निर्माणको प्रमुख आधार हो । युवाको सिर्जनशीलता, ऊर्जा, क्षमता, नेतृत्व र नवीन सोचलाई सही अवसर र मार्ग दर्शनसँग जोड्न सकेमा समावेशी, न्यायपूर्ण, समतामूलक र दिगो समाज निर्माण गर्न सकिन्छ ।
यस विशेष अवसरमा सम्पूर्ण युवाहरूलाई आफ्नो ज्ञान, सीप, प्रतिभा र नेतृत्व क्षमतालाई समाज तथा राष्ट्रको सकारात्मक परिवर्तनमा उपयोग गर्न हार्दिक आह्वान गर्दछौँ ।
“सशक्त युवा, समृद्ध समाज र उज्ज्वल भविष्य” निर्माणको यात्रामा हामी सबै हातेमालो गरौँ ।
अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को सम्पूर्ण युवा वर्गमा हार्दिक शुभकामना !
शहरी गरिबी निवारण मञ्च (UPAF)
कलैया, बारा, नेपाल

21/07/2026

17/07/2026
सुरक्षित आवास निर्माण तर्फ अर्को महत्वपूर्ण कदम !कलैया उपमहानगरपालिकाका विभिन्न वडाहरूमा उपमहानगरपालिकाको सहकार्य तथा यस...
17/07/2026

सुरक्षित आवास निर्माण तर्फ अर्को महत्वपूर्ण कदम !

कलैया उपमहानगरपालिकाका विभिन्न वडाहरूमा उपमहानगरपालिकाको सहकार्य तथा यस मञ्चको कार्यान्वयनमा सञ्चालित Climate Resilience Housing for Marginalized-2026 परियोजना अन्तर्गत निर्माणाधीन आवासहरूको कार्य उत्साहजनक रूपमा अगाडि बढि रहेको छ ।

निर्माण कार्य गुणस्तरीय, पारदर्शी र समयमै सम्पन्न होस भन्ने उदेश्यले सम्बन्धित वडाका वडा अध्यक्ष ज्यूहरूले नियमित रूपमा स्थलगत अनुगमन तथा अवलोकन गरि रहनु भएको छ । उहाँहरूको सक्रिय उपस्थिति र निरन्तर चासोले निर्माण कार्यलाई अझ प्रभावकारी, उत्तरदायी र विश्वास योग्य बनाएको छ ।

यो परियोजना केवल घर निर्माणको कार्यक्रम होइन, जोखिममा रहेका विपन्न तथा सीमान्तकृत परिवारहरूको सुरक्षित भविष्य निर्माण गर्ने साझा अभियान हो । स्थानीय सरकार, समुदाय र मञ्च बीचको बलियो सहकार्यले प्रत्येक परिवारको सुरक्षित आवासको सपना साकार पार्ने दिशामा महत्वपूर्ण उपलब्धि हासिल भइरहेको छ ।

हामी यस अभियानमा साथ दिनु हुने कलैया उपमहानगरपालिका, सम्बन्धित वडा अध्यक्ष ज्यूहरू, समुदायका सदस्यहरू तथा सम्पूर्ण सरोकारवाला प्रति हार्दिक आभार व्यक्त गर्दछौं । यही सहकार्य, प्रतिबद्धता र उत्तरदायित्वले दिगो तथा समावेशी विकासको आधार निर्माण गर्ने विश्वास लिएका छौं ।

💐बेहुला–बेहुलीको श्रृङ्गार सामग्री निर्माण सम्बन्धी एक महिने एडभान्स तालिम सम्पन्न ।💐कलैया उपमहानगरपालिका वडा नं. १ स्थि...
10/06/2026

💐बेहुला–बेहुलीको श्रृङ्गार सामग्री निर्माण सम्बन्धी एक महिने एडभान्स तालिम सम्पन्न ।💐
कलैया उपमहानगरपालिका वडा नं. १ स्थित श्री राजदेवी माता मन्दिरको प्राङ्गणमा वडा समितिको सहयोग तथा शहरी गरिबी निवारण मंचको आयोजनामा सञ्चालित बेहुला–बेहुलीको श्रृङ्गार सामग्री निर्माण सम्बन्धी एक महिने एडभान्स तालिम सफलता पूर्वक सम्पन्न भएको छ ।
मिति २०८३ बैशाख २० गते देखि संचालित १ महिने तालिम मिति २०८३ ज्येष्ठ २५ गते समापन गरिएको छ । कार्यक्रममा शहरी गरिबी निवारण मंचका अध्यक्ष सुधाकर यादवको सभापतित्व रहेको थियो भने कलैया उपमहानगरपालिकाकी नगर उप–प्रमुख रौशन परविन प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो । कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष मोहन बहादुर क्षेत्री विशिष्ट अतिथिका रूपमा उपस्थित हुनु हुन्थ्यो ।
समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि रौशन परविनले महिलाहरूको आर्थिक सशक्तिकरणका लागि सीप मूलक तालिम अत्यन्त प्रभावकारी माध्यम भएको बताउँदै तालिमबाट सिकेका सीपलाई व्यवहारमा उतारी आत्म निर्भर बन्न आग्रह गर्नु भयो ।
विशिष्ट अतिथि मोहन बहादुर क्षेत्रीले यस्ता तालिमले महिलाहरूलाई स्वरोजगार तथा उद्यमशीलता तर्फ प्रेरित गर्ने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा लुमन्तीकी लेखापाल नितु कुमारी मण्डल, शहरी गरिबी निवारण मंचका निवर्तमान अध्यक्ष अनिल मण्डल, दिपशिखा महिला सहकारीकी अध्यक्ष मंजु देवी, तालिम प्रशिक्षक सन्जु राणा लगायतको उपस्थिति रहेको थियो ।
एक महिनासम्म सञ्चालन भएको उक्त तालिममा सहभागी महिलाहरूले बेहुला–बेहुली श्रृङ्गार सामग्री निर्माण सम्बन्धी व्यावहारिक ज्ञान तथा सीप हासिल गरेका छन् । तालिमका सहभागीहरूलाई प्रमाण-पत्र प्रदान गरिएको थियो साथै तालिम अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने तीन जना सहभागीहरुलाई विशेष पुरस्कार प्रदान गरी सम्मानित गरिएको थियो । सहभागीहरूले तालिमबाट प्राप्त सीपलाई आयआर्जन र स्वरोजगारसँग जोडेर आफ्नो आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन शहरी गरिबी निवारण मंचका सचिव दिपनारायण प्रसाद साहले गर्नु भएको थियो ।

अनुगमन सम्पन्न ।शहरी गरिबी निवारण मञ्चको आयोजना तथा कलैया उपमहानगरपालिका वडा नं. १ को आर्थिक सहयोगमा सञ्चालित बेहुला–बेह...
04/06/2026

अनुगमन सम्पन्न ।
शहरी गरिबी निवारण मञ्चको आयोजना तथा कलैया उपमहानगरपालिका वडा नं. १ को आर्थिक सहयोगमा सञ्चालित बेहुला–बेहुली सृङ्गार सामग्री (Advanced Bridal Makeup) तालिमको अनुगमन कलैया उपमहानगरपालिका की नगर उपप्रमुख आदरणीय रोशन प्रवीण ज्यू बाट सम्पन्न भएको छ ।
अनुगमनका क्रममा नगर उपप्रमुख ज्यूले तालिमको सञ्चालन, सहभागीहरूको सिकाइ उपलब्धि तथा प्रशिक्षण प्रक्रिया बारे जानकारी लिनुका साथै तालिम उद्देश्य अनुरूप प्रभावकारी रूपमा सञ्चालन भइरहेकोमा सन्तुष्टि व्यक्त गर्नु भयो। उहाँले यस्ता सीपमूलक तालिमहरूले महिलाहरूको क्षमता अभिवृद्धि, आत्मनिर्भरता तथा स्वरोजगार प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नु भयो ।
उक्त अवसरमा मंचका निवर्तमान अध्यक्ष अनिल मण्डल, सचिव दिपनारायण प्रसाद साह तथा कोषाध्यक्ष रानी कुमारी साह ज्यूको विशेष उपस्थिति रहेको थियो।
शहरी गरिबी निवारण मञ्च समुदायका सदस्यहरूको सीप विकास, आयआर्जन तथा सशक्तीकरणका लागि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दछ।

🇳🇵गणतन्त्र दिवस २०८३ को हार्दिक शुभकामना🇳🇵नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरण गर्दै गण...
29/05/2026

🇳🇵गणतन्त्र दिवस २०८३ को हार्दिक शुभकामना🇳🇵

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरण गर्दै गणतन्त्र दिवस २०८३ को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शहरी गरिबी निवारण मंच, कलैया बाराको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

यस गौरवमय दिवसले लोकतन्त्र, समावेशिता, सामाजिक न्याय, समान अवसर र नागरिक अधिकारको संरक्षण गर्दै समृद्ध, समतामूलक तथा आत्मनिर्भर नेपाल निर्माणका लागि हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछौं।

राष्ट्रको विकास, गरिबी न्यूनीकरण, सामाजिक सद्भाव र नागरिक सशक्तीकरणमार्फत समुन्नत नेपालको निर्माणमा सबैको साझा सहभागिता रहोस ।
🇳🇵समावेशी समाज, सशक्त नागरिक र समृद्ध राष्ट्र निर्माणमा गणतन्त्रको भावना सधैं बलियो रहोस ।🇳🇵

जय गणतन्त्र !
जय नेपाल !

शहरी गरिबी निवारण मंच
कलैया, बारा

🌙 ईद अल-अदहा २०८३ को हार्दिक शुभकामना 🌙पवित्र पर्व ईद अल-अदहाको सुखद अवसरमा सम्पूर्ण मुस्लिम दाजुभाइ, दिदीबहिनी तथा आम स...
28/05/2026

🌙 ईद अल-अदहा २०८३ को हार्दिक शुभकामना 🌙
पवित्र पर्व ईद अल-अदहाको सुखद अवसरमा सम्पूर्ण मुस्लिम दाजुभाइ, दिदीबहिनी तथा आम समुदायमा शहरी गरिबी निवारण मंच परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।
त्याग, समर्पण, सहिष्णुता, मानवता र आपसी सद्भावको सन्देश बोकेको यस महान पर्वले सबैमा शान्ति, सुख, समृद्धि तथा सामाजिक एकताको भावना अभिवृद्धि गरोस् भन्ने कामना गर्दछौं।
सबै नागरिकबीच आपसी सम्मान, सहयोग र भाइचाराको सम्बन्ध अझ सुदृढ हुँदै समतामूलक, समावेशी र समृद्ध समाज निर्माणमा प्रेरणा मिलोस्।
ईद मुबारक!
शहरी गरिबी निवारण मंच
कलैया-६, बारा

Address

Kalaiya, Bara(Nepal)
Kalaiya

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779845853275

Alerts

Be the first to know and let us send you an email when Urban Poverty Alleviation Forum - U-PAF posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Urban Poverty Alleviation Forum - U-PAF:

Shortcuts

Share