Er. Arvind Sah सचिवालय

Er. Arvind Sah सचिवालय Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Er. Arvind Sah सचिवालय, Community Organization, Bara 3, Kalaiya.
(2)

निर्वाचित प्रतिनिधि सभा सदस्य - राष्ट्रिय स्वतन्त्र पार्टी🔔
Software Engineer / MPhil/PhD Scholar
Technocrat, Good Governance, FintechExpert, ICT4RD
Co-founder: Khalti/Sparrow SMS

  16.5KM road tender update:-ℹ️ यो वर्ल्ड बैंकको सहयोगमा हुन् लागेको हो । यसमा प्राविधिक ५०% र वित्तीय ५०% वेटेजमा टेन्ड...
15/05/2026

16.5KM road tender update:
-
ℹ️ यो वर्ल्ड बैंकको सहयोगमा हुन् लागेको हो । यसमा प्राविधिक ५०% र वित्तीय ५०% वेटेजमा टेन्डर प्रक्रिया अगाडी बढ्नु पर्ने शर्त हो ।
ℹ️ वर्ल्ड बैंकको नियम र नेपाल सरकारको खरिद नियमावलीमा फरक पर्ने भएकोले यसको समधान स्वरूप छलफल हुँदैछ ।
😊 टेन्डरको काम आउने हप्ता भित्रमा गर्न सकिने जानकारी आएकोछ ।

नोट: स्थानीय पूर्वाधार विकासले अप्रुभ गरे पछि बारा जिल्लाको पूर्वाधार कार्यालयले टेन्डर नोटिस पब्लिस गर्नु हुनेछ।

✅ धेरै जनाहरुको प्रश्न आए पछि जानकारीको लागि मात्र यो अपडेट गरिएकोछ ।
👌 यो वर्षौ देखी डेडलकमा रहेको टेण्डरलाई स्पिड अप गरेर काम आगाडि बढाउन हरेक दिन मन्त्री ज्यू, सचिव ज्यू, पूर्वाधारको अधिकृत लगायत सबै संग छलफल गर्ने काम मा. Arvind Sah ज्यू ले गर्नु भएको छ । हजुरहरुको जति चिन्तित उँहा पनि हुनुहुन्छ ।
अलि समय लाग्ला तर काम गर्न गराउन सबैको विश्वास र सहयोग ले सम्भव हुन्छ ।

धन्यबाद
सचिवालय

 #कलैया_३किमी_अपडेट---टेन्डर रद्द को नोटिस पश्चात् १५ दिन भित्र नै निर्माण व्यवसायीले अदालतमा मुद्दा गरेको र सो को सुनवा...
15/05/2026

#कलैया_३किमी_अपडेट
---
टेन्डर रद्द को नोटिस पश्चात् १५ दिन भित्र नै निर्माण व्यवसायीले अदालतमा मुद्दा गरेको र सो को सुनवाई हिजो भएकोछ ।
अदालत ले जनताको पक्षमा निर्णय गर्दै स्टे अर्डर खारेजी गर्यो । अबको प्रक्रिया गरेको कामको क्वालिटी, नाप जोख गरेर पुरानो निर्माण व्यवसायीको हिसाब किताब क्लियर गर्नु हो भने लागत अनुमान गरी नयाँ ठेक्का गर्नु पनि हो ।
अदालतको निर्णय हुन न सक्दा रूकेको यी कामहरु अब द्रुत गतिमा अघि बढ्नेछ ।
--
वर्षौ देखी विभिन्न बाहनामा यो रोड बन्न न सक्दा कलैया लगायतको जनजीवन धुलो र हिलोको कारणले प्रभावित बन्दै आएको अवस्था हटी अब चाँडै नै स्वक्क्ष र समृद्ध कलैया बन्नेछ । सबैको साथ, विश्वास र सुझाव रही रहोस् ।

 #जानकारीको_लागि SEE उतिर्ण गर्नु भएको विद्यार्थीहरूको लागि छात्रवृत्तिको अवसर:कूल छात्रवृत्ति कोटा डिप्लोमा तहका लागि ३...
14/05/2026

#जानकारीको_लागि

SEE उतिर्ण गर्नु भएको विद्यार्थीहरूको लागि छात्रवृत्तिको अवसर:

कूल छात्रवृत्ति कोटा डिप्लोमा तहका लागि ३४१७ र प्रि-डिप्लोमाका लागि १०६५ छुट्याइएको छ । सरकारी वा सामुदायिक विद्यालयबाट एसएलसी वा एसईई उत्तीर्ण गरेका र परिषद्का आङ्गिक शिक्षालयहरूबाट प्रि-डिप्लोमा तह उत्तीर्ण गरेका योग्य नेपाली विद्यार्थीहरू यस निःशुल्क छात्रवृत्ति कोटामा प्रतिस्पर्धा गर्न सक्नेछन्
-
https://itms.ctevt.org.np:5580/uploads/notices/Pre-diploma%20Level%20Scholarship%20Selection%20Notice__2083-01-29.pdf

कलैया प्रादेशिक अस्पताल सबैको साँझा अस्पताल बनाउने उद्देश्यका साथ अस्पताल, नगरपालिका, प्रदेश सरकार, संघ सरकार र मा. Arvi...
13/05/2026

कलैया प्रादेशिक अस्पताल सबैको साँझा अस्पताल बनाउने उद्देश्यका साथ अस्पताल, नगरपालिका, प्रदेश सरकार, संघ सरकार र मा. Arvind Sah ज्यूको स्वस्थ्य विज्ञका सचिवालय सदस्यसँग सहकार्य गर्दछौं ।
वर्षौ देखी कर्मचारी न भएर अस्पतालको सेवा जनताले पाउन न सक्दा समस्या भोग्नु परेको अवस्थालाई मध्यनजर गर्दै दरबन्दी अनुसारको सूचना आज निकाल्न सफल भयौं ।

ध्यान दिनु पर्ने कुरा:
❌ कोही कसैको लागि यो जागिर दिलाउने थलो न बनोस्
❌ कसैले स्वस्थ्य क्षेत्रमा १०० कमाउने चक्करमा जनताको ज्यान गुमाउने अवस्था सृजना न होस्
✅ योग्यहरुले हाम्रो प्रादेशिक अस्पताललाई सबैको साँझा बनाओस् ।

हामी स्वस्थ्य क्षेत्रमा सुधारको लागि चाँडै नै निजी अस्पातल तथा डाक्टरहरुको समस्या, जिम्मेवारी र अहिलेको अवस्था बारे बुझ्न आवश्यक छलफल गर्नेछौं ।

प्रदेश स्वास्थ्य मन्त्रालयको सचिव डा प्रमोद यादव ज्यूलाई विशेष धन्यबाद , कलैया अस्पतालको मेसु डा अजय गुप्ता र सचिवालयको तर्फबाट डा कृष्णा गुप्ता टिम लगायत व्यवस्थापन समितिका सदस्यहरूलाई विशेष धन्यबाद ।

धन्यबाद
माननिय अरविन्द साह
सचिवालय
Rastriya Swatantra Party - RSP PMO Nepal Ministry of Health and Population-Nepal

कार्यालयले आफ्नो जिम्मेवारी पूर्ण रूपले परिपालना गरोस् । जनताले ढुक्क साथ सरकारी कार्यालयको सेवा प्रति विश्वस्त रहोस् । ...
13/05/2026

कार्यालयले आफ्नो जिम्मेवारी पूर्ण रूपले परिपालना गरोस् । जनताले ढुक्क साथ सरकारी कार्यालयको सेवा प्रति विश्वस्त रहोस् । काम भएन भनेर जनताले नेता या माननिय खोज्नु न परोस् । विधिको शासनको परिकल्पना गरेको र त्यही अनुरुप सबै सरकारी निकाय तथा स्थानीय लाई अगाडी बढ्न अनुरोध गर्दछु ।
--
विद्युत प्राधिकरणले मटिअर्वा मा अवरोध विद्युतको समस्या समाधान गर्न ट्रान्सफर्मर जडान गर्दै ।
--
सेवा अवरुद्ध भए पनि समयमा समधान न हुँदा हामीलाई ध्यानकर्षण गर्न बाध्य हुनु पर्यो । अहिलेको लागि ट्रान्सफर लगाएको समाधान होईन, सरकारी सेवा जिम्मेवारी पूर्वक समयमा प्रदान गर्ने वातावरण निर्माण गर्नु दिगो समाधान हो ।

11/05/2026

No Line; Online
--
✅ SMS (offline), QR (Online) - Registration
✅ Interaction: Quiz
✅ Gift: Randomizer 🎁
-
SMALL acts BIG Impacts

10/05/2026

संगठन विस्तार तथा अधिवेशनको लागि Arvind Sah ज्यूको अनुरोध ।
--
संगठन विस्तार बारे थप छलफलको लागि कृपया whatsapp: 9764808080
भोली सम्म वार्ड र पालिकाको सहयोगी मित्रहरूको नाम र नम्बर पोस्ट गर्नेछौं ।

10/05/2026

सरसफाई सप्ताह सञ्चालन सम्बन्धी जरुरी सूचना ।
-
सम्पूर्ण सरकारी तथा शैक्षिक संस्थाहरूले वैशाख २८ गते देखि जेठ १ गते सम्म तल कमेन्टमा रहेको मार्गदर्शन अनुसार आफ्नो कार्यालय पुरानो फोहोरहरु सफाई गरी अब उप्रान्त हरेक दिन सफाई राखी स्वक्ष र सफा राख्नलाई हार्दिक अनुरोध गर्दछु ।
-
साथै हाम्रा सहयोगी साथीहरूले यसमा आवश्यक साथ सहयोग गर्नेछ ।

धन्यबाद
मा. अरबिन्द साह
सचिवालय

 #बजेट_निर्माण संघीय बजेटको मर्म अनुसार ठूला प्रोजेक्टहरु जस्तै कमसेकम ५ करोड बराबरको विकासको काम या राष्ट्रिय महत्वको क...
10/05/2026

#बजेट_निर्माण
संघीय बजेटको मर्म अनुसार ठूला प्रोजेक्टहरु जस्तै कमसेकम ५ करोड बराबरको विकासको काम या राष्ट्रिय महत्वको कामहरु हुने गर्छ भने प्रदेश तथा स्थानीयको त्यही अनुसार भित्री शहर / गाँउ आदिको विकासको लागि हुने गर्छ ।
-
प्राय: हामीले खोजेको विकास निर्माणको बजेट प्रदेश तथा स्थानीय सरकारबाट हुने भएकोले कृपया वार्डमा सहभागिता भई या मेयरसँग छलफल गरी आ - आफ्नो वार्ड/नगरपालिकाबाट निवेदन सहित यी कुरा राखेर ईमेल गर्नुहोला: [email protected]

1. Project को नाम
२. स्पेसिफिकेसन
३. लोकेशन
४. DPR भए न भएको
५. बजेट रकम ।

नोट: सीमित स्रोत साधन सरकारसँग हुने हुँदा र आवश्यकता धेरै हुँदा प्रथमिकता अनुसारको बजेट मात्र सम्भव हुने गर्छ । तर पनि तपाईंको योगदानको कदर गरिनेछ ।

कृषि, सिंचाई, खानेपानी, शिक्षा, स्वस्थ्य, न्यायलय, मालपोत, यातायात, नापी, स्थानीय निकाय आदिको बारेमा एक दम गुनासो र प्रम...
09/05/2026

कृषि, सिंचाई, खानेपानी, शिक्षा, स्वस्थ्य, न्यायलय, मालपोत, यातायात, नापी, स्थानीय निकाय आदिको बारेमा एक दम गुनासो र प्रमाण सहित विभिन्न भ्रष्टचार सम्बन्धि कम्प्लेनहरु आउने गरेकोछ । हामी सुक्ष्म तरिकाले सबै डेटा लिएर अध्यन गर्दैछौं ।
❌ कोही अनुदान दिने भनेर ब्रम्हलुट गरेकोछ भने
❌ कोही ट्रेनिङ दिएर
❌ कोही भौतिक पूर्वाधारमा गरेको छ भने
❌ कोही मुद्दा मामिला मिलाउने भनेर
❌ कोही सेवामा झन्झट गरी बार्गेनिङ गर्दैछ भने
❌ कोही सप्लाएरसँग मिलेर पचाएकोछ
❌ कोही त मिडियामा चरित्रहत्या गर्छु भनेर ठग्दैछ

हामी हेर्दै छौं, कसरी घुमाई घुमाई भ्रष्टचार गरी बाराका जनताहरुलाई दुःख दिइएकोछ । समाजसेवाको नाममा, ठूला व्यापारीको नाममा, धनीको धाक देखाउने बिचौलियाको नाममा जनतालाई दुःख दिने काम कदापी स्वीकार्य हुँदैन ।

आज बिहान ११ बजे देखि साँझको ५ बजे सम्म  #रास्वपा को प्रशिक्षण विभागले गरेको प्रशिक्षण कार्यक्रम - "सक्षम सांसद, सशक्त सं...
09/05/2026

आज बिहान ११ बजे देखि साँझको ५ बजे सम्म #रास्वपा को प्रशिक्षण विभागले गरेको प्रशिक्षण कार्यक्रम - "सक्षम सांसद, सशक्त संसद" कार्यक्रमको पहिलो दिन ।

Address

Bara 3
Kalaiya
44600

Alerts

Be the first to know and let us send you an email when Er. Arvind Sah सचिवालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share