ममता स्मृति युवा क्लब -Mamata Memorial Youth Club

  • Home
  • Nepal
  • Kailali
  • ममता स्मृति युवा क्लब -Mamata Memorial Youth Club

ममता स्मृति युवा क्लब -Mamata Memorial Youth Club Official page of Mamata Memorial youth club

ममता स्मृति युवा क्लबद्वारा आयोजना गरिएको Grassroots Football Program – 2082 सफलतापूर्वक सुचारु भएको जानकारी गराउन पाउँद...
28/02/2026

ममता स्मृति युवा क्लबद्वारा आयोजना गरिएको Grassroots Football Program – 2082 सफलतापूर्वक सुचारु भएको जानकारी गराउन पाउँदा हामी अत्यन्त हर्षित छौँ।
१४ वर्षभन्दा मुनिका विभिन्न उमेर समूहका बालबालिकाहरूको उत्साहजनक सहभागिताले कार्यक्रम अत्यन्त प्रभावकारी र प्रेरणादायी बनेको थियो। कार्यक्रममा जम्मा ८३ जना खेलाडीहरू सहभागी भएका थिए, जसमा:
👧 छात्रा – २४ जना
👦 छात्र – ५९ जना
बालबालिकाहरूले उच्च मनोबल, अनुशासन र समर्पणका साथ प्रशिक्षण तथा खेल गतिविधिमा सक्रिय सहभागिता जनाएका थिए। यस कार्यक्रमको मुख्य उद्देश्य बालबालिकामा लुकेका फुटबल प्रतिभाहरूको पहिचान गर्नु, आधारभूत फुटबल सीप विकास गर्नु तथा अनुशासन र टिमवर्कको भावना अभिवृद्धि गर्नु रहेको थियो।
कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण अभिभावकज्यू, प्रशिक्षक, स्वयंसेवक तथा खेलप्रेमी महानुभावहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
साथै, कार्यक्रमलाई सहकार्य र मार्गदर्शन प्रदान गर्नुहुने Kailali District Football Association (KDFA) प्रति ममता स्मृति युवा क्लब विशेष कृतज्ञता व्यक्त गर्दछ। उहाँहरूको सहयोग र समर्थनले कार्यक्रमलाई अझ व्यवस्थित र सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।

यो कार्यक्रम प्रत्येक हप्ता २ दिन शुक्रबार र शनिबार हुने जानकारी गराउँदछौं।।

आगामी दिनहरूमा पनि यस्ता खेलकुद कार्यक्रमहरूलाई निरन्तरता दिँदै स्थानीय स्तरमै उत्कृष्ट खेलाडी उत्पादन गर्ने हाम्रो प्रतिबद्धता रहेको छ।
🙏 धन्यवाद

⚽ ममता स्मृति युवा क्लब
📍 कैलाली

हार्दिक आभार तथा धन्यवाद! ⚽🙏ममता स्मृति युथ क्लबद्वारा आयोजित "Grassroots Football Program – 2082" लाई भव्य रूपमा सम्पन्...
22/02/2026

हार्दिक आभार तथा धन्यवाद! ⚽🙏
ममता स्मृति युथ क्लबद्वारा आयोजित "Grassroots Football Program – 2082" लाई भव्य रूपमा सम्पन्न गर्नका लागि खेलकुद सामग्री सहयोग गरिदिनु भएकोमा कैलाली जिल्ला फुटबल संघ (KDFA) प्रति हामी हार्दिक आभार प्रकट गर्दछौँ।
तपाईँहरूको यो सहयोगले ग्रासरुट तहका साना खेलाडीहरूको मनोबल बढाउन र उनीहरूको प्रतिभा निखार्न ठुलो मद्दत पुग्नेछ। आगामी दिनहरूमा पनि यस्तै सहकार्यको अपेक्षा गर्दछौँ।
धन्यवाद!
ममता स्मृति युवा क्लब, कैलाली

साथै मोहन्याल बासी सम्पूर्ण आमा,बुबा,दाजुभाइ तथा दिदीबहिनीहरु के तपाईंको छोरा छोरी भाई बैनी ले फुटबल खेलिरहेका छन् यदि छन् भने २०८२/११/१५ गते २:३० बजे भोटकोट खेलमैदान मा उपस्थित गराउनु होला।।।।

ममता स्मृति युवा क्लबद्वारा आयोजित 'Under-14 Rising Cup' फुटबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल बिनिता स्मृति यु...
18/02/2026

ममता स्मृति युवा क्लबद्वारा आयोजित 'Under-14 Rising Cup' फुटबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल बिनिता स्मृति युवा क्लबलाई हार्दिक बधाई ज्ञापन गर्दछु। साथै द्वितीय स्थान हासिल गर्ने स्टार स्पोर्ट्स युवा क्लब र सहभागी सबै क्लबहरूलाई धन्यवाद!
आगामी दिनमा अझै ठूला सफलताको कामना गर्दछु। खेलकुदको जय होस्! ⚽🇳🇵
यो प्रतियोगिता मा ६ नम्बर वार्ड का ४ र एक ३ बाट सहभागी भएका थिए जसमा १५० जना ले यो प्रतियोगिता खेल्ने,हेर्ने,सिक्ने अवसर प्राप्त गरे निकै खुसी छु आज को दिन ।।।
खेल नकाउट प्रणाली बाट भएको थियो जो एकदिन मै सकिएको छ

यो खेल हारजित मात्र नभई एउटा सिकाई हो अब छिट्टै हामी नयाँ प्रतियोगिता पस्किनेछौं।।।🙏🙏🙏

म अनुरोध गर्दछु हाम्रो लागि त केई गर्न सक्नु भएँन ई मेरा भाई हरुका लागि केई गरिदिनुस् आभारी हुने छु।।।।।

jay football
jay MMYC

17/02/2026

U-14 RISING CUP-2082

१. प्रतियोगिताको मुख्य उद्देश्य र लक्ष्यहरू (Objectives & Goals)
ममता मेमोरियल युथ क्लबले आयोजना गरेको यो प्रतियोगिता केवल एउटा खेल मात्र नभएर यसका पछाडि गहिरा सामाजिक र खेलकुद सम्बन्धी उद्देश्यहरू रहेका छन्:

क. भुइँतह (Grassroots) बाट प्रतिभाको पहिचान:
फुटबलमा भविष्य बनाउन चाहने बालबालिकाहरूका लागि १४ वर्ष मुनिको उमेर 'गोल्डेन एज' मानिन्छ। यस उमेर समूहको प्रतियोगिता गराउनुको मुख्य उद्देश्य वडा नम्बर ६ भित्र रहेका लुकेका प्रतिभाहरूलाई पहिचान गरी उनीहरूलाई जिल्ला वा राष्ट्रिय स्तरको खेलसम्म पुग्ने जग निर्माण गरिदिनु हो।

ख. अनुशासन र टिमवर्कको विकास:
सानै उमेरमा फुटबल खेल्दा बालबालिकाहरूले हार र जीतलाई पचाउन सिक्छन्। टिममा मिलेर खेल्दा उनीहरूमा नेतृत्व क्षमता (Leadership), आपसी सहयोग र अनुशासनको विकास हुन्छ, जुन उनीहरूको व्यक्तिगत जीवनको लागि पनि अमूल्य हुन्छ।

ग. लागूऔषध र दुर्व्यसन विरुद्धको कदम:
आजभोलि सानै उमेरका बालबालिकाहरू मोबाइल गेम वा नराम्रो संगतमा लाग्ने जोखिम बढेको छ। खेलकुदमा व्यस्त गराएर उनीहरूलाई शारीरिक रूपमा स्वस्थ र मानसिक रूपमा सचेत राख्नु यस क्लबको एउटा सामाजिक लक्ष्य हो।

घ. स्थानीय एकता र भ्रातृत्व:
वडा नम्बर ६ का विभिन्न क्लबहरूलाई एकै ठाउँमा ल्याउँदा मोहन्याल, सोल्टा र कैलाली क्षेत्रका बासिन्दाहरूबीच आपसी सद्भाव र एकता बढ्छ। खेलले समाजलाई जोड्ने पुलको काम गर्छ।

यो प्रतियोगिताले मोहन्याल-०६ का ७५ जना उदीयमान खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने प्लेटफर्म दिएको छ। यसले भविष्यमा नेपालको फुटबल क्षेत्रमा कैलालीबाट उत्कृष्ट खेलाडीहरू जन्माउन ठूलो भूमिका खेल्ने निश्चित छ।

प्रत्येक टिमसँग १ जना प्रशिक्षक (Coach) र १ जना टिम व्यवस्थापक (Manager) रहनेछन्।
जम्मा ८५ जना प्रत्यक्ष संलग्न हुनेछन्।

📢 सूचना(Under-14 Rising Cup)ममता स्मृति युवा क्लब, सोल्टाको आयोजनामा वडा नं. ६ भित्र रहेका क्लबहरूका लागि मात्र Under-14...
10/02/2026

📢 सूचना

(Under-14 Rising Cup)

ममता स्मृति युवा क्लब, सोल्टाको आयोजनामा वडा नं. ६ भित्र रहेका क्लबहरूका लागि मात्र Under-14 Rising Cup फुटबल प्रतियोगिता आयोजना हुन लागेको हुँदा सम्बन्धित सबै क्लबहरूलाई जानकारी गराइन्छ। इच्छुक क्लबहरूले तोकिएको समयभित्र दर्ता गराउनुहुन अनुरोध छ।

प्रतियोगिताको विवरण:

⚽ प्रतियोगिता: Under-14 Rising Cup

👦 उमेर समूह: 14 वर्ष मुनिका खेलाडी

📅 मिति: फागुन ३ गतेदेखि

सम्पूर्ण मा अनुरोध गर्दछौं
६ नम्बर का प्रत्येक क्लव तथा टोल बाट १ ओटा टोली सहभागी भईदिनु होला🙏🙏🙏🙏
बाँकी अर्को सूचना प्रकाशन गरिने छ..

📍 स्थान: भोटेकोट खेलमैदान

🏆 आयोजक: ममता स्मृति युवा क्लब

📝 दर्ता अन्तिम समय: फागुन २गते साँझ ४ बजे सम्म

📞 सम्पर्क व्यक्ति: कुमार शाही

खेलाडीको उमेर प्रमाणका लागि जन्मदर्ता वा विद्यालय परिचयपत्र अनिवार्य हुनेछ। प्रतियोगिता तोकिएका नियमअनुसार सञ्चालन गरिनेछ।

सम्बन्धित सबै क्लबहरूलाई सहभागिताका लागि हार्दिक अनुरोध छ।

आयोजक
ममता स्मृति युवा क्लब
मोहन्याल गाउँपालिका वडा नं. ६

Our yong star ✨...✌️jay footballtraining time 💪.5pmसाँझ पख ।।।
07/02/2026

Our yong star ✨...✌️
jay football
training time 💪.5pm
साँझ पख ।।।

हार्दिक बधाई तथा धन्यवाद!!हाम्रो यस श्री ममता स्मृति युवा क्लव ले सहिद दिवस को अवसर आयोजना गरेको कार्यक्रममा सहभागी भई प...
31/01/2026

हार्दिक बधाई तथा धन्यवाद!!
हाम्रो यस श्री ममता स्मृति युवा क्लव ले सहिद दिवस को अवसर आयोजना गरेको कार्यक्रममा सहभागी भई प्रथम,द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएको मा धेरै धेरै बधाई।।।
सहभागी सम्पूर्ण विद्यालय हरुलाई धेरै धेरै धन्यवाद ।
यस कार्यक्रम को प्रमुख अतिथि मोहन्याल गाउँपालिका का अध्यक्ष आदरणीय व्यक्तित्त्व श्री Him Shikhar ज्यू ले गर्नु भएको थियो जसमा थुप्रै समाज सेवि हरु हुनुहुन्थ्यो उहाँ हरु लाई हाम्रो निम्तो लाई स्वीकारेर यहाँ सम्म आइदीनु भएको मा धेरै धेरै धन्यबाद व्यक्त गर्दछू।

प्रथम स्थान:श्री त्रिवेणी मा वि बडिगाऊ
द्वितीय स्थान: श्री राष्ट्रिय माध्यमिक विद्यालय सोल्टा
तृतीय:सनपाल एजुकेसन होम पूर्ब सोल्टा
सबैलाई हार्दिक बधाई
तथा यो कार्यक्रम सफल पार्न का निमित्त सहयोग गर्ने सम्पूर्ण मा धेरै धेरै धन्यवाद ||

सम्पूर्ण मा हार्दिक निमन्त्रणा 🙏
28/01/2026

सम्पूर्ण मा हार्दिक निमन्त्रणा 🙏

सहिद दिवस को अवसर मा मोहन्याल गाउँपालिका अन्तर विद्यालय आधारभूत तह हाजिरी जवाफ प्रतियोगिता!!!!!सम्पूर्ण विद्यालय हरुलाई ...
22/01/2026

सहिद दिवस को अवसर मा मोहन्याल गाउँपालिका अन्तर विद्यालय आधारभूत तह हाजिरी जवाफ प्रतियोगिता!!!!!
सम्पूर्ण विद्यालय हरुलाई समयमै दर्ता गराई दिन अनुरोध गर्दछौं।
🙏🙏🙏
जति धेरै दर्ता भए त्यति नई यो क्लव परिवार कार्यक्रम मा उत्साहित हुनेछ🙏

हार्दिक निमन्त्रणा हाम्रो यस श्री ममता स्मृति युवा क्लव ले सहिद दिवस को अवसर मा मोहन्याल गाउँपालिका आधारभुत तह बिध्यालय ...
19/01/2026

हार्दिक निमन्त्रणा
हाम्रो यस श्री ममता स्मृति युवा क्लव ले सहिद दिवस को अवसर मा मोहन्याल गाउँपालिका आधारभुत तह बिध्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्न लागेकाले सम्पूर्ण मोहन्याल मा भएका विद्यालय,विद्यार्थी र प्र ज्यू हरुलाई तम्तयार बस्न अनुरोध तथा सम्पूर्ण विद्यालय को उपस्थिति का लागि निमन्त्रणा गर्दछौँ।
तपसिल
स्थान: श्री राष्ट्रिय माध्यमिक विद्यालय सोल्टा को प्राङ्गण
मिति:२०८२/१०/१६
समय:१० बजे बाट सुरु

15/01/2026

माघी विशेष कार्यक्रममा प्रस्तुत गरिएको उत्कृष्ट नृत्य❤️

बिनीता स्मृति युवा क्लबले आयोजना गरेको माघी विशेष सांस्कृतिक कार्यक्रममा आफ्नो उत्कृष्ट नृत्य प्रस्तुत गरी प्रथम स्थान ह...
15/01/2026

बिनीता स्मृति युवा क्लबले आयोजना गरेको माघी विशेष सांस्कृतिक कार्यक्रममा आफ्नो उत्कृष्ट नृत्य प्रस्तुत गरी प्रथम स्थान हासिल गर्न सफल ममता स्मृति युवा क्लबका सदस्यहरूलाई हार्दिक बधाई तथा शुभकामना।

Address

Mohanyal
Kailali

Website

Alerts

Be the first to know and let us send you an email when ममता स्मृति युवा क्लब -Mamata Memorial Youth Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to ममता स्मृति युवा क्लब -Mamata Memorial Youth Club:

Share