Janaki RM 4 Kanchanpur

Janaki RM 4 Kanchanpur Janaki Rural Municipality 4 Kanchanpur, Kailali Nepal, Seti 10902

16/04/2026

Black Market Awareness ‼️

चाहे १ रुपैयाँ होस चाहे ५ रुपैयाँ, कुनै पसले ले MRP तोकेको भन्दा बढी रुपैयाँ लिन्छ भने तपाईं सिधै Nagarik App, हेल्लो सरकार website, मार्फत तुरुन्तै उजुरी दिनुहोस्, सरकार ले चादै Action लिदै छ । तपाईको पसिनाले कमाएको १ रुपैयाँ पनि waste हुनु भएन । तेही १ रुपैयाँ भोली गएर १ करोड बन्छ . Thank You

Sudur aba Dur Chhaina: Kp Khanal
07/04/2026

Sudur aba Dur Chhaina: Kp Khanal

07/04/2026

धानको प्रवर्द्धन कार्यक्रम (५० प्रतिशत अनुदानमा) सहभागी हुन इच्छापत्र पेश गर्ने बारेको सूचना ।

06/04/2026

गहुँको छवाली/भुसा जलाउन नहुने सम्बन्धी जनहितमा जारी सन्देश ।

06/04/2026
MP Harka Sampang ले लेख्नु भयो, "प्रिय सुदन गुरुङ ज्यु, तपाइँ देशको गृह मन्त्री बन्नु भएकोमा मैले बधाइ दिएको छैन ! मलाई ...
06/04/2026

MP Harka Sampang ले लेख्नु भयो, "प्रिय सुदन गुरुङ ज्यु, तपाइँ देशको गृह मन्त्री बन्नु भएकोमा मैले बधाइ दिएको छैन ! मलाई "हर्क दाइ" भन्नु हुन्छ ! त्यो साइनोले "भाइ हो तपाइँ मेरो" मलाई "हर्क जी" भन्नु हुन्छ ! त्यो अर्थमा "साथी हो तपाइँ मेरो" तर यो देशको विधि र संविधानलाई मान्दा तपाइँ "माननीय गृह मन्त्री ज्यु" हुनुहुन्छ ! With respect मैले त्यो भन्नै पर्छ ! एउटा प्रतिपक्ष दलको नेता भएको कारण तपाइँको टिकाटिप्प्णी गर्नै पर्छ मैले ! प्रश्न सोध्नै पर्छ मैले ! मेरा प्रश्नहरु व्यक्तिगत नभएर नितान्त पदीय जिम्मेवारीले भरिएका प्रश्न हुन् ! nothing personal, everything professional and legal ! तपाइँले gen z आन्दोलनको २३ गतेको घटनाका दोषीहरुलाई पक्रनु भो ! धन्यवाद सबैले दिएकाछन् ! गलत काम गर्नेहरुको लिस्ट बनाएर कारवाही गर्दै हुनुहुन्छ ! धन्यवाद छ ! I like that and appreciate that. अझै अघि बढ्नुहोस् शुभकामना छ ! तर मैले सदनमा उठाएका दुइटा मुद्दा नबिर्सनु होला १. gen z आन्दोलनको २४ गतेको घटनाको दोषीलाई कारवाही २. जीबी राईलाई पक्रेर रवी दाईलाई न्याय दिने ! काम गर्ने मान्छेको खुट्टा तान्छन् ! अपजस पाइन्छ नै काम गर्ने क्रममा तर पोखराको फेवातालमा २० रोपनी जग्गा तपाइँको नाममा छ रे भन्ने खबरले सामाजिक संजाल तातिंदा नमज्जा लागेको छ ! खास कुरा के हो पत्रकार सम्मेलन राखिहाल्नुस् ! नैतिकताको सवाल खडा भयो ! अब यो सवालको जवाफ नदिने हो भने जनताले कुरा काट्छन् र विश्वास गर्दैनन् ! तपाइँलाई मान्दैनन् ! प्रहरीले पनि टेर्न छाड्छन् ! मलाई आशा छ तपाइँले एउटा दाजुले दिएको सल्लाह सम्झेर भनेको मान्नु हुनेछ ! एक दिन म तपाइँलाई हृदय देखि नै बधाइ दिनेछु ! त्यो दिन चाँडै आवोस् ! जय देश !"

Chaplusi ra Chakari garne haru Nepali Virus Hun (mahabir pun le eso bhanchhan)
06/04/2026

Chaplusi ra Chakari garne haru Nepali Virus Hun (mahabir pun le eso bhanchhan)

06/04/2026

PM B***n Shah को घोषणा: आजबाट सरकारी कार्यालय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म खुल्नेछन्।

Anyone to explain this ??
16/01/2024

Anyone to explain this ??

25/11/2023

महिलाको हत्या गरी सुनका गरगहना लुटपाट तथा किनबेचमा संलग्न ६ जना पक्राउ
कञ्चनपुर,
शुक्लाफाँटा नगरपालिका-७ शान्तिपुर बस्ने ६५ वर्षीया नारुदेवी जोशीको हत्या गरी मृतकको सुनका गरगहना लुटपाट तथा लुटिएका गहना किनबेचमा संलग्न रहेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा शुक्लाफाँटा नगरपालिका-७ झण्डाभोज बस्ने २८ वर्षीय महेश डगौरा, कैलाली धनगढी उपमहानगरपालिका-१३ कैलाली गाउँ बस्ने ३५ वर्षीय लक्ष्मण चौधरी, ३२ वर्षीय निरज भट्ट, धनगढी उपमहानगरपालिका-१ बस्ने २८ वर्षीय ईन्द्र बराल सुनार, ४३ वर्षीय खगेन्द्र बहादुर सोव र सोही उपमहानगरपालिका-४ बस्ने ४० वर्षीय दिपेन्द्र सिजापती रहेका छन् । उनीहरूमध्ये महेश डगौराले हत्या गरी सुनका गहना लुटेको, लक्ष्मण चौधरी र निरज भट्ट सुनका गहना बिक्री गर्ने तथा न्यू बर्दादेवी सुनचाँदी पसलका संचालक ईन्द्र बराल सुनार, न्यू दिया सुनचाँदी पसलका संचालक खगेन्द्र बहादुर सोव र सुजल सुनचाँदी पसलका संचालक दिपेन्द्र सिजापतीले उक्त सुनका गहना खरिद गरेको खुल्न आएको छ ।

नारुदेवी जोशी कात्तिक १९ गते दिउँसो घास काट्न भनि आफ्नो घर नजिक मध्यवर्ती सामुदायिक वनतर्फ गएकोमा घरमा फर्कि नआएछि खोजी गर्ने क्रममा कात्तिक २० गते उक्त वनमा शव फेला परेको थियो । घटनाको अनुसन्धानको क्रममा महेश डगौरालाई झलारी बजारबाट मंसिर १ गते प्रहरीले पक्राउ गरेको थियो ।

महेशले मध्यवर्ती सामुदायिक वनको गेटबाट भित्रतर्फ गइरहेको अवस्थामा नारूदेवीसँग घाँस काटिदिन्छु भनि हँसिया मागी सो हँसिया केहि टाढा फाली उनकै चुन्नी जस्तो कपडाले घाँटि कसी हत्या गरेको र मृतकको दुवै कानमा रहेका मुन्द्रा, नाकमा लगाएको फुली लुटेको अनुसन्धानको क्रममा खुल्न आएको छ । साथै लुटिएका सुनका गहना समेत तीन वटै पसलबाट प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

श्रोत : नेपाल प्रहरी

Address

Kailali
10902

Website

Alerts

Be the first to know and let us send you an email when Janaki RM 4 Kanchanpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share