20/08/2026
आज यस कार्यालयमा इको म्युजियमका पदाधिकारीहरूसँग एक अत्यन्त फलदायी छलफल तथा बैठक सम्पन्न भयो। उक्त बैठकमा म्युजियमका विद्यमान समस्याहरू, सम्भावनाहरू र आगामी दिनका कार्ययोजनाबारे गहन विचार-विमर्श गरिएको छ।
विगत दुई दशकभन्दा बढी समयदेखि यो इको म्युजियमले हिमाली क्षेत्रको संस्कृति, प्रकृति, र बहुमूल्य सूचनाहरूको प्रवर्द्धन तथा संरक्षण गर्दै आएको छ। बहुआयामिक ज्ञानको भण्डारको रूपमा रहेको यो सङ्ग्रहालयले स्थानीय तथा बाह्य पर्यटकका लागि एक खुला विश्वविद्यालयको रूपमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।
NTNC-ACAP को सहयोगमा स्थापना भई हाल स्थानीय समुदायलाई सञ्चालनको जिम्मेवारी हस्तान्तरण गरिएको यस म्युजियमलाई अझ प्रभावकारी र व्यवस्थित बनाएर अगाडि बढाउन हामी प्रतिबद्ध छौँ।