31/03/2026
आखिर खुला हृदय त रविको नै रहेछ : रवि लामिछाने भोलि चितवन गएर मनका कुरा बोल्छु भन्दैथिए, तर अघिल्लो दिन नै अदालतले उनको धरौटीमा रिहा गर्ने आदेश बदर गरिदियो, त्यसको केही घण्टामै प्रहरी उनको सयन कक्षमा पुग्यो । पक्राउ गर्न गएकासँग पक्राउ पुर्जीसम्म थिएन, तर रविले भने 'अहिले नै लेख्नुस्, केही छैन, म जहाँ भन्यो त्यही जान तयार छु ।'
मध्यरातमा जेल चलन गरिएका रविले म प्रति प्रतिशोध गरियो भने तर मेरा लागि सडकमा टायर बाल भनेनन् । सिंहदरबार घेर्न जाउ भनेनन् । उनले पटक पटक म न्यायलयको सम्मान गर्छु भनिरहे ।
राति उनको प्रेसर अत्याधिक उच्च थियो, तर पनि उनि म अस्पतालको क्याबिन बेडमा बस्छु भनेनन् । उनि जेलकै खाटमा सुते ।
भैरहवाको चर्को गर्मीमा उनलाई जस्ताको छानामुनी राखिएको थियो । जुन कोठामा उनि थिए, त्यहा एउटा झ्याल थियो तर यसैमा पनि बाहिरकाले देख्छन् भनेर प्लाई ठोकिएको थियो । पानि पर्दा रवि सानो चरबाट बाहिर हात निकल्थे र खसेका थोपाहरूलाई अनुभूत गर्थे । र पनि उनि जहिल्यै उर्जाशील रहे, सकारात्मक सोचे । उनको मुस्कान त्यो अध्यारो कोठारीले कहिल्यै खोस्न सकेन ।
आज पनि रवि अदालत धाएका छन् । एउटा मुद्दा फिर्ता गर्ने कि नगर्ने भन्नेसम्मको निचोड यतिका महिनासम्म लम्बिएको छ । तर पनि तारेख धाउन जाँदा रवि उस्तै उर्जा लिएर जान्छन, उस्तै मुस्कान सहित जान्छन ।
हो रहेछ, खुला छाती त रविको नै रहेछ । जहाँ दुख, सुख, अपमान, सम्मान सबै अट्ने रहेछ ।
- केशर भण्डारी 'यात्री'