06/09/2026
ग्रिन सोसाइटी नेपालको बार्षिक साधारण सभा
रत्ननगर । रत्ननगर वडा नं ७ स्थित ग्रिन सोसाइटी नेपालको १९औ बार्षिक साधरण सभा आइतबार गरिएको छ ।
संस्थाका अध्यक्ष कृष्ण सापकोटाको अध्यक्षतामा भएको कार्यक्रम वडा नं ७ का वडाध्यक्ष सजन महतोले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै महासचिव शिरलाल परियारले संस्थाले मानवीय तथा सामाजिक कार्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै पहाडी क्षेत्रमा बसोबास गर्ने बासिन्दाको शिक्षा र स्वास्थ्यमा काम गरिरहेको बताउनुभयो ।
आर्थिक अभावका कारण शिक्षाबाट बन्चित भएका र उपचार गर्न नसकेका समुदायका लागि सहयोग गर्दै आएको उहाँले बताउनुभयो । समस्यामा परेका सबैलाई सहयोग गर्ने गरिएको उहाँको भनाइ छ ।
संस्थाले गरेको मानवीय सेवा कार्यमा सहयोग गरेको भन्दै हाेटल पार्क साइडका सञ्चालक शिरलाल परियार र ग्रिन सोसाइटी पब्लिक स्कुलका प्राचार्य गोपिलाल श्रेष्ठलाई सम्मान गरिएको छ ।
कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष किरण महतो, पूर्व वडाध्यक्ष केशब आचार्य, बाघमारा वनका अध्यक्ष विपी चौधरी, वर्ड एजुकेशन सोसाइटीका उपाध्यक्ष जंगिलाल चौधरी, गैंडा पर्यटन सहकारी संस्थाका अध्यक्ष सन्चबहादुर तामाङ, नेचर गाइड एसाेसियसनका अध्यक्ष अनिल गुरुङ लगायतले मन्तब्य राख्नु भएको थियो।
संस्थाका सचिव बासु विडारीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम सदस्य गौतम गिरीले सञ्चालन गर्नु भएको थियो ।