United Youth Open Scout Crew

United Youth Open Scout Crew Founded in 2016, United Youth Open Scout Crew is open unit for 16+ scout volunteers, later known as Rover (male) and Ranger (female).

Directly affiliated to WOSM and WAGGGS, it's a family of energetic youth ready to serve.

झापा जिल्लाका स्काउट ट्रुपहरूका लागि सुनौलो अवसर 🤩अन्तर-ट्रुप भिडियो प्रतियोगिता २०८३७५औँ नेपाल स्काउट स्थापना दिवस (असा...
07/06/2026

झापा जिल्लाका स्काउट ट्रुपहरूका लागि सुनौलो अवसर 🤩

अन्तर-ट्रुप भिडियो प्रतियोगिता २०८३

७५औँ नेपाल स्काउट स्थापना दिवस (असार ५) को अवसरमा

युनाइटेड युथ ओपन स्काउट क्रु द्वारा ७५औँ नेपाल स्काउट स्थापना दिवस (असार ५) को अवसरमा अन्तर-ट्रुप भिडियो प्रतियोगिता २०८३ आयोजना गरिएको जानकारी गराइन्छ।

झापा जिल्लाभित्रका सम्पूर्ण इच्छुक स्काउट ट्रुपहरूलाई निम्न विषयमा आधारित नाटक (ड्रामा) भिडियो तयार गरी प्रतियोगितामा सहभागी हुन हार्दिक आमन्त्रण गरिन्छ।

विषय

“युवाहरूमा बढ्दो मानसिक स्वास्थ्य समस्या र त्यसका समाधानहरू”

प्रतियोगिताका नियमहरू

* भिडियो नेपाली भाषामा हुनुपर्नेछ।
* भिडियोको अवधि ५ देखि ७ मिनेट हुनुपर्नेछ।
* सहभागी संख्या ६ देखि ८ जना स्काउटहरू मात्र हुनुपर्नेछ।
* भिडियो बुझाउने अन्तिम मिति: २०८३ जेठ ३० गते, शनिबार
* मतदान अवधि: २०८३ जेठ ३१ गतेदेखि असार ४ गतेसम्म
* नतिजा घोषणा: २०८३ असार ४ गते राति १०:०० बजे
* पुरस्कार वितरण क्रुद्वारा आयोजना गरिने आगामी कार्यक्रममा गरिनेछ।

मूल्याङ्कनका आधारहरू

* ५०% – विषयवस्तु, सिर्जनात्मकता तथा अभिनय
* ५०% – भिडियोमा प्राप्त लाइकहरूको संख्या

विजेताहरू माथिका दुवै आधारबाट प्राप्त कुल अङ्कका आधारमा छनोट गरिनेछन्।

पुरस्कार

🥇 प्रथम पुरस्कार: रु. ३,०००/-
🥈 द्वितीय पुरस्कार: रु. २,०००/-
🥉 तृतीय पुरस्कार: रु. १,०००/-

भिडियो पठाउने ठेगाना

आफ्नो भिडियो निम्न WhatsApp नम्बरहरूमा पठाउनुहोस्:

* साकार खड्का: ९७४६८६५६३८
* मेघना राई: ९८२४९७७३४७
* अभिषेक सार्की: ९८२५९५२२५७

युवाहरूमा बढ्दो मानसिक स्वास्थ्य समस्याबारे सचेतना फैलाउन आफ्नो सिर्जनशीलता प्रस्तुत गर्दै प्रतियोगितामा सक्रिय सहभागिता जनाउन सम्पूर्ण झापा जिल्लाका स्काउट ट्रुपहरूलाई हार्दिक अनुरोध गर्दछौँ।

युनाइटेड युथ ओपन स्काउट क्रु

GOLDEN OPPORTUNITY FOR SCOUT TROOPS IN JHAPA🤩

INTER-TROOP VIDEO CONTEST 2083

On the Occasion of the 75th Nepal Scout Establishment Day (Ashar 5)

United Youth Open Scout Crew is pleased to announce the Inter-Troop Video Contest 2083 in celebration of the 75th Nepal Scout Establishment Day (Ashar 5).

All interested Scout Troops from Jhapa District are cordially invited to participate by submitting a drama video based on the following theme:

Theme

“Rising Mental Health Challenges Among Youth and Their Solutions”

Guidelines

* The video must be in the Nepali language.
* Duration: 5–7 minutes
* Number of participants: 6–8 Scouts only
* Submission Deadline: 30th Jestha 2083 (Saturday)
* Voting Period: 31st Jestha to 4th Ashar 2083
* Winner will be announced on 4th Ashar 2083 ( 10 PM)
* The winner’s prize will be distributed on the upcoming program conducted by the Crew

Evaluation Criteria

* 50% – Concept, Creativity, and Acting Performance
* 50% – Number of Likes on the Video

The winners will be selected based on the combined score obtained from the above criteria.

Prize Details

🥇 First Prize: Rs. 3,000/-
🥈 Second Prize: Rs. 2,000/-
🥉 Third Prize: Rs. 1,000/-

Submission

Please send your video entries to the designated WhatsApp numbers provided by the organizers:

* Sakar Khadka: 9746865638
* Meghna Rai: 9824977347
* Abishek Sarki: 9825952257

We encourage all Scout Troops from Jhapa to participate actively and use their creativity to raise awareness about the important issue of youth mental health.

United Youth Open Scout Crew

यस नेपाल स्काउट अन्तर्गत युनाइटेड युथ ओपन स्काउट क्रियुकी सक्रिय रेञ्जर  नाशिका राजवंशीले Denmark Nepal Partnership Proj...
16/05/2026

यस नेपाल स्काउट अन्तर्गत युनाइटेड युथ ओपन स्काउट क्रियुकी सक्रिय रेञ्जर नाशिका राजवंशीले Denmark Nepal Partnership Project अन्तर्गत Activity Weekend Program मा सहभागी भई आफ्नो उत्कृष्ट सहभागिता, नेतृत्व क्षमता र स्काउटिङ भावना प्रस्तुत गर्नुभएकोमा हार्दिक बधाई तथा प्रशंसा व्यक्त गर्दछौं।

काकानीमा सम्पन्न यस कार्यक्रममा उहाँले देखाउनुभएको उत्साह, अनुशासन र सक्रियताले सम्पूर्ण टोलीलाई गर्व महसुस गराएको छ। आगामी दिनहरूमा पनि यस्तै ऊर्जा र समर्पणका साथ अझ धेरै सफलता हासिल गर्न शुभकामना। 🌿⚜️

#नेपाल_स्काउट

कोशी प्रदेश स्काउट कार्यालय, विराटनगरमा आयोजित 'लागुपदार्थ दुर्व्यसन विरुद्ध सचेतना कार्यक्रम' अन्तर्गतको  प्रशिक्षक प्र...
03/05/2026

कोशी प्रदेश स्काउट कार्यालय, विराटनगरमा आयोजित 'लागुपदार्थ दुर्व्यसन विरुद्ध सचेतना कार्यक्रम' अन्तर्गतको प्रशिक्षक प्रशिक्षण तालिम (TOT) सफलतापुर्वक सम्पन्न गर्नुभएकोमा हाम्रो क्रियुकी रेन्जर Bikisha Kadel लाई धेरै धेरै बधाई! समाजमा सकारात्मक परिवर्तन ल्याउने तपाईंको यो यात्रा अझै सफल रहोस्।

उभौली पर्व तथा बुद्ध जयन्तीको हार्दिक मंगलमय शुभकामना!प्रकृतिसँगको समन्वय, शान्ति, करुणा र सद्भावले तपाईंको जीवन सधैं उज...
01/05/2026

उभौली पर्व तथा बुद्ध जयन्तीको हार्दिक मंगलमय शुभकामना!
प्रकृतिसँगको समन्वय, शान्ति, करुणा र सद्भावले तपाईंको जीवन सधैं उज्यालो बनाइरहोस्। 🌿🙏

माता तीर्थ औँसीको पावन अवसरमा सम्पूर्ण आमाहरूलाई सुस्वास्थ्य, दीर्घायु र खुशीको कामना 💐                                 ...
17/04/2026

माता तीर्थ औँसीको पावन अवसरमा सम्पूर्ण आमाहरूलाई सुस्वास्थ्य, दीर्घायु र खुशीको कामना 💐

युनाइटेड युथ ओपन स्काउट क्रिउकी पूर्व रेञ्जर तथा स्काउटर मेघना राईलाई नेपाल स्काउटद्वारा  आयोजित बर्दघाट, लुम्बिनी प्रदे...
14/04/2026

युनाइटेड युथ ओपन स्काउट क्रिउकी पूर्व रेञ्जर तथा स्काउटर मेघना राईलाई नेपाल स्काउटद्वारा आयोजित बर्दघाट, लुम्बिनी प्रदेशमा मिति २०८२/१२/२५ देखि २०८२/१२/३० सम्म आयोजित छैठौँ विपद् व्यवस्थापन तालिम सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं।
उहाँको योगदान र समर्पणले समाजमा सकारात्मक परिवर्तन ल्याओस् भन्ने कामना गर्दछौं।

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना!यो नयाँ वर्षले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलता ल्याओस्।नयाँ उमंग, ...
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना!
यो नयाँ वर्षले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलता ल्याओस्।
नयाँ उमंग, नयाँ आशा र सकारात्मक ऊर्जासँग हरेक दिन उज्यालो बनोस्। 🙏🌸

युनाइटेड युथ ओपन स्काउट क्रियूकी रेन्जर Puja Adhikari लाई Pax Lodge मा स्वयंसेवकको रूपमा United Kingdom 🇬🇧 जान लाग्नु भए...
31/03/2026

युनाइटेड युथ ओपन स्काउट क्रियूकी रेन्जर Puja Adhikari लाई Pax Lodge मा स्वयंसेवकको रूपमा United Kingdom 🇬🇧 जान लाग्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना।
तपाईंको यात्रा सफल, सुरक्षित र प्रेरणादायी रहोस्।

नारी शक्ति, सम्मान र समानताको प्रतीक हो। सबै महिलाहरूलाई अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना।                         ...
08/03/2026

नारी शक्ति, सम्मान र समानताको प्रतीक हो। सबै महिलाहरूलाई अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना।
’sday

आज मिति २०८२/११/१० गते आइतबारका दिन यस युनाइटेड युथ ओपन स्काउट क्रयु द्वारा Founder  Day/World Thinking Day को अवसरमा मे...
22/02/2026

आज मिति २०८२/११/१० गते आइतबारका दिन यस युनाइटेड युथ ओपन स्काउट क्रयु द्वारा Founder Day/World Thinking Day को अवसरमा मेचिनगर नगरपालिका वडा नं १० मा अवस्थित निन्दा करिडोर क्षेत्रमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्णलाई क्रयुको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।






Address

Jhapa
Jhapa
57207

Telephone

+9779814017215

Website

Alerts

Be the first to know and let us send you an email when United Youth Open Scout Crew posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to United Youth Open Scout Crew:

Share