31/12/2025
मलामी जानेबारे सूचना ....
मेचीनगर नगरपालिका वडा नं. ७ निवासी किरण बानियाँको अल्पायुमा भएको दुःखद निधनको खबरले सम्पूर्ण बानियाँ परिवार अत्यन्तै मर्माहत र शोकाकुल भएका छौँ। यस गहिरो शोकको घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनलाई यो असह्य पीडा सहन गर्ने शक्ति भगवानले प्रदान गरून् भनी प्रार्थना गर्दछौँ।
दिवंगत स्व. किरण बानियाँ प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, उहाँको अन्तिम संस्कार आज मिति १६ गते बुधबार, दिउँसो १ बजे, मेचीनगर नगरपालिका–धुलाबारीस्थित निन्दा नदीको राम घाटमा हुने परिवारिक स्रोतबाट जानकारी प्राप्त भएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
यस दुःखद घडीमा दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्न तथा शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गर्न सम्पूर्ण बन्धु-बान्धव, छरछिमेक, इष्टमित्र, कुलकुटुम्ब एवं शुभेच्छुकहरूलाई मलामी उपस्थित भई दिनुहुन हार्दिक अनुरोध गर्दछौँ।